Sunday 19 Baishak, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

प्रधामन्त्रीलाई महेन्द्र राय यादवको प्रश्न–नाकाबन्दी कसले गरेको हो?

(0 votes)
काठमाडौं–तराई मधेस सद्भावना पार्टीका अध्यक्ष एवं मधेसी मोर्चाका नेता महेन्द्र राय यादवले नाकाबन्दी मोर्चा गरेको की भारत गरेको हो भन्दै प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन्।
nepalipatr-april
'मोर्चाका नेतासँगको भेटमा प्रधानमन्त्रीले नाकाबन्दी खोल्दिनु पर्यो भन्नुहुन्छ,' उनले भने,' फेरि भारतले नाकाबन्दी नखोलेसम्म भारत जान्न भन्नुहुन्छ। नाकाबन्दी कसले गरेको हो ?' उनले मुलुलभित्रको समस्या समाधान नगरी प्रधानमन्त्री भारत भ्रमणमा जानु ठिक नभएको भन्दै वार्ताको माध्यमार्फत समस्या समाधान गर्नुपर्ने बताए।

उनले मोर्चाका कार्यकर्ताले नाकामा अबरोध गरेको भन्दै भारतले नाकाबन्दी लगाएको भनेर देशभित्रको समस्या समाधान गर्नबाट प्रधामन्त्री भागेको आरोप लगाए। उनले शुक्रबार बस्ने मोर्चाको बैठकले नाकाबन्दीलगायत समग्र विषयमा छलफल गर्ने भन्दै आन्दोलनको स्वरुप परिवर्तन गर्ने विषयमासमेत बैठकमा छलफल हुने बताए।

नयाँ संविधान र सीमाकंनप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चा साउन ३० देखि आन्दोलनमा रहेको छ। मोर्चाको विरोधकाबीच असोज ३ गते संविधान जारी भएपछि संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले असोज ४ देखि अघोषित नाकाबन्दी लगाउँदै आएको छ।

प्रतिक्रिया

रुखले किच्दा मोटरसाइकल चालकको मृत्यु

इलाम– राजमार्गछेउमा काट्दै गरेको रुख ढलेर मोटरसाइकलमा सवार एक जनाको शनिबार मृत्यु भएको छ । इलाम नगरपालिका–४ मा ढलेको रुखले किचेर सुनसरी बक्लौरी–६ का ३७ वर्षे विवेश परियारको मृत्यु भएको...

बझाङमा भूकम्पको झड्का

काठमाडौं– शनिबार बजाङमा भूकम्पको धक्का महशुस गरिएको छ। शनिबार मध्यान्ह १२ बजेर २६ मिनेट जाँदा बझाङमा ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको...

असईमाथि अन्धाधुन्ध खुकुरी प्रहार

इलाम–समालबुङस्थित प्रहरी चौकीका असई इन्चनाथ प्रधानलाई स्थानीय एक युवकले खुकुरी प्रहार गरेका छन्। खुकुरी प्रहारबाट गम्भीर प्रधानको झापा बिर्तामोडस्थित बि एन्ड सी अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ।

गुडिरहेको बसमा आगलागी

नेपालगन्ज–बाँकेमा शनिबार गुडिरहेको बसमा आगलागी भएको छ। नेपालगन्जबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ६९५ नम्बरको बसमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको खासकुश्मा–४ सौरी गाउँ नजिक बिहान ११ बजेतिर आगलागी...

पाँच वर्षीया बालिकामाथि बलात्कार प्रयास

जुम्ला–जुम्लामा एक बालिकामाथि बलात्कार प्रयास भएको छ। रारालिही गाविस २ का ७२ वर्षीय नर सार्कीले वडा नम्वर २ वस्ने पाँच वर्षीया वर्षिया बालिकालाई बलात्कार प्रयास गरेका हुन्।

पिउने पानीका लागि भेरी नदीमा भीड

जाजरकोट– भेरीमालिका नगरपालिका– १३ कुदुकी ६७ वर्षीया कमला आचार्यलाई आज भोलि खान बनाउने र अन्य कुराको भन्दा एक गाग्रो पानी कसरी जोहो गर्ने भन्ने चिन्ताले सताउने गरेको छ।

चुरेदोहनको प्रभावः  राजमार्ग दक्षिणपनि सुक्दैछ पानीको मुहान

चुरेदोहनको प्रभावः राजमार्ग दक्षिणपनि सुक्दैछ पानीको मुहान

लहान–पूर्व–पश्चिम राजमार्ग जोडिएको गाउँ हो लालपुर। तरकारी खेतीका लागि कहलिएको यो गाउँ हाल गोलबजार नगरपालिमा गाभिएको छ। गाउँ नगरपालिकाको स्वरुप धारण गरेपनि यहाँका बासिन्दाको बेहाल जिन्दगीमा कुनै परिवर्तन आएको छैन।

बूढापाका लुट्ने गिरोह पक्राउ

बूढापाका लुट्ने गिरोह पक्राउ

ललितपुर- काठमाडौं उपत्यकामा भएका पचासभन्दा बढी एकैप्रकारको लुटको घटनामा संलग्न तीन जना पक्राउ परेका छन्। एकआपसमा संकेत र एउटा फलामको टुक्राका भरमा काठमाडौं उपत्यकामा तीन वर्षदेखि लुटमा संलग्न तीन जनासहित...