Tuesday 21 Baishak, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

नयाँ शक्ति गएका पासाङ र चैतन्यसहित ८ जना पार्टीबाट निस्कासित

(0 votes)
काठमाडौं–बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अभियानमा लागेका पासाङ शेर्पा, चैतन्य सुब्बासहितका आठ जना अध्यक्ष मण्डलका सदस्यहरुलाई सामाजिक लोकतान्त्रिक पार्टीले निष्कासन गरेको छ।
nepalipatr-april
पार्टीले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर त्यस्तो जानकारी दिएको हो । पार्टीबाट निस्कासित हुने अन्यहरुमा कमला हेमचुरी, दलमर्दन कामी, ज्योति दनुवार, विशन राई, मनप्रसाद सुनुवार र टिका प्रसाद गौचन रहेका छन्। उनीहरुलेपार्टीको मर्यादा र प्रतिष्ठामा आँच पुर्याउने गंभिर काम गरेको भन्दै पार्टी विधानको धारा ३८ को २ बमोजिम साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको हो।

अध्यक्ष मण्डलका सदस्य कुमार राईले शेर्पासहित सम्पूर्ण पार्टी नयाँ शक्तिमा समाहित भएको भन्ने समाचारको खण्डन गर्दै सिंगो पार्टी नभई केही व्यक्तिहरुमात्र नयाँ शक्तिमा गएकोले पार्टी आफ्नो उद्देश्यमा विचलित नभई अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।

पत्रकार सम्मेलन भइरहँदा नयाँ शक्तिमा गएकाहरुका समर्थकले भने पार्टीको निर्णय अनुसार नै नेताहरुलाई नयाँ शक्तिमा गएको भन्दै निर्णय पुस्तिकाको फोटोकपी वितरण गरेका थिए। सो विषयलाई लिएर केही समय विवाद भएको थियो ।

आफूहरुको पत्रकारसम्मेलनमा घुसपैठ गरेर भाड्न खोजेको भन्दै पार्टीका निमा ग्याल्जेङ शेर्पाले यसरी नै अरुको धारणा सार्वजनिक गर्न नदिने नीति लिने हो भने नयाँ शक्ति लोकतान्त्रिक नभई पञ्चायत जस्तै निरकुंश पार्टी बन्ने आरोप लगाए ।

प्रतिक्रिया

नेपालबारे नकारात्मक लेख्ने क्यानडेली नागरिक पक्राउ

काठमाडौं– नेपालका विषयमा सामाजिक सञ्जालमार्फत अनावश्यक टिप्पणी गर्ने एक क्यानडेली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

ब्लड क्यान्सरका बिरामीलाई आर्थिक सहयोग

ब्लड क्यान्सरका बिरामीलाई आर्थिक सहयोग

काठमाडौं- ब्लड क्यान्सरका बिरामी कविता तामाङको उपचारका लागि हङकङमा सकंलन गरिएको ५ लाख ११ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। सिभिल हस्पिटलमा उपचार भइरहेको तामाङलाई सोमबार हङकङका प्रतिनिधिहरुले सो रकम हस्तान्तरण...

नियमिततर्फका विद्यार्थीलाई आंशिकतर्फको प्रश्नपत्र परेपछि...

जाजरकोट- कक्षा १२ को परीक्षाअन्तर्गत जाजरकोटको एक परीक्षा केन्द्रमा २९ गते हुने परीक्षाको प्रश्नपत्र विद्यार्थीलाई बाँडिएको छ। नारायणी उच्च मावि कार्कीगाउ परीक्षा केन्द्रमा नियमिततर्फका विद्यार्थीहरुको अनिवार्य अंग्रेजी विषयको परीक्षा भएपनि...

बहिनी बलात्कार गर्ने पक्राउ

कोहलपुर- वर्षौदेखि आफ्नै बहिनी नाता पर्ने दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्दै आएका २२ वर्षीय युवकलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ। सुर्खेत भेरीगंगा-५ घर भई बाँके नौवस्तामा आफ्नै अंकलको घरमा...

तुँवालोले दिउँसै अध्यारो

तुँवालोले दिउँसै अध्यारो

डोटी– सिलगढीका तारा सिँह सोब (७६) हिजोआज अचम्म छन्। बैशाखको महिनामा पनि बिहान देखी साँझसम्म एकनाशको तुँवालो लागेको देख्दा उनी अचम्ममा परेका छन्। 'हिउँदमा त, बिहान र साँझ यसरी सधैं...

क्यानाडाको भिसा लगाइदिन्छु भन्ने कन्सल्टेन्सी सञ्चालक प्रहरी फन्दामा

क्यानाडाको भिसा लगाइदिन्छु भन्ने कन्सल्टेन्सी सञ्चालक प्रहरी फन्दामा

काठमाडौं– क्यानाडाको नक्कली भिसा लगाएर पैसा असुल्ने कन्सलटेन्सी सञ्चालक पक्राउ परेका छन्। बसुन्धारास्थित प्रवल एजुकेशन कन्सल्टेन्सीका सञ्चालक डेन्जीन लामालाई प्रहरीले पक्रेको हो। लामाले क्यानाडाको भिजिड भिसा लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट...

खोटाङबासीले एक महिनासम्म दिउँसो बिजुली नपाउने

खोटाङ– गाईघाट–बुईपा ११ केभी प्रशारणलाइनलाई ३३ केभी क्षमताको बनाउने काम सुरु भएसँगै खोटाङमा महिना दिनका लागि प्रत्येक दिन दिउँसो विद्युत कटौती गर्न थालिएको छ।

विद्यालय गएका तीन विद्यार्थी बेपत्ता

रत्ननगर (चितवन)—पूर्वी चितवनका तीन जना विद्यार्थी तीन दिनदेखि बेपत्ता भएका छन्। कालिका नगरपालिका–६, खोलेसिमलका अस्विन धमला, कालिका–६, गुराउचौरका थोमस लामिछाने र कालिका–८, लंकालाईनका राजु गुरुङ बेपत्ता भएको परिवारले जनाएका हुन्।