Friday 17 Baishak, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

भूकम्पले भिरायो बैसाखी

(0 votes)
भूकम्पले भिरायो बैसाखी
मुच्चोक (गोरखा)-भाँच्चिएको खुट्टा पिँढीमा तेर्साएर खाना खाँदै थिइन् सुफला अधिकारी। औंलाले सिता च्याप्दै सकीनसकी मुखसम्म पुर्याउँथिन्। खान खाइसकेपछि सासू आमाले उनको हातबाट थाल लिइन्। धोईपखाली आटामा सुकाइन्। सुफला बैसाखी समातेर धर्मराउँदै उठिन्। एक पाइला सार्न पनि कठिन भइरहेथ्यो उनलाई। वैशाख १२ को भूकम्पले उनलाई अब बैसाखीकै भरमा पूरै जीवन गुजार्न बाध्य पारेको छ।


nepalipatr-april
'पाइला सरे पो, हिँड्थी ! बिचरी,' टहरामा अड्याएको भकारीबाट धान झिक्दै गरेका ७९ वर्षे वृद्धले मलीन स्वरमा भने, 'न अब बुहारीको हातगोडा लाग्ला न त घर ठडिएला !' उनी हुन् भीमदत्त । सुफलाका ससुरा । 'कान्छो छोराको सहारामा बसेको थिएँ, भूकम्पले लग्यो, कान्छी बुहारीको पनि यो हालत छ,' उनले भने, 'सहारा लिनुपर्ने बेलामा आफैं सहारा दिएर बँचाइरहेको छु,' उनले भने ।

मुच्चोक–६ कुसुन्डेका अधिकारीको घरमा ८ महिनायता सन्नाटा छाएको छ । भीमदत्त र उनकी पत्नी ७० वर्षीया मधुमाया कान्छो छोराको सहारामा बस्थे । तर, भूकम्पमा पुरिँदा छोरा हरिको मृत्यु भयो । बुहारी पनि च्यापिएर थला परेकी छन् । बुढेसकालमा अधिकारी दम्पतीको कन्तबिजोग छ । भीमदत्त बिहानै उठीओरी घरधन्दा सम्हाल्न लाग्छन् । भकारो फाल्छन्, भैँसी दुहुन्छन् । मधुमाया चिया, खाना, खाजा जोरजामतिर लाग्छिन् । सुफलाका छोरा प्रसून ७ वर्ष लागे । छोरी प्राप्ति ११ पुगिन् । दुवै जना घरनजिकैको विद्यालयमा पढ्छन् ।

हरि विद्यालयमा पढाउँथे । सुफला पनि शिक्षिका हुन् । वैशाख १२ गते मुच्चोककै चतुर्माला उच्च माविमा स्रोतकेन्द्रभित्रका विद्यालयका शिक्षकलाई तालिम चलिरहेको थियो । दम्पती त्यही तालिममा थिए । विद्यालय भवन भत्किएर हरिको मृत्यु भयो । सुफला गम्भीर घाइते भइन् । सात महिनासम्म त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार गराएर फर्केको महिनादिन मात्रै भयो । टाउको, शरीर र खुट्टामा चोट छ । घाउ अझै निको भएको छैन । उनी अहिले बैसाखीकै सहारामा घरनजिकैको ताराचन्द्र मावि पुग्छिन् । १५ मिनेटको बाटो पार गर्न उनलाई कम्तीमा एक घन्टा लाग्छ । उनी टुसुक्क बस्न सक्दिनन् । खुट्टा सर्न मान्दैन । बैसाखीकै भरमा पूरै कक्षा उभिएर पढाउनुपर्छ । 'विद्यार्थीको सहयोगले कक्षाकोठामा ओहोरदोहोर गर्छु,' उनी भन्छिन्, 'शौचालय जान–आउन मिसहरूले सहयोग गर्नुहुन्छ, लालाबालाको मुख हेरेर सकीनसकी जागिर खानै प¥यो ।'

घाइते भएपछि शिक्षा कार्यालयले उनलाई काजमा नजिकैको विद्यालय सरुवा गरिदिएको हो । पहिले एक घन्टा हिँड्दा पनि असहज नमान्ने उनलाई अहिले नजिकैको विद्यालय पनि कयौं कोस हिँडेभन्दा बोझिलो छ । त्यसमाथि हिउँदको चिसो टहरामा काट्नुपर्दा उत्तिकै सकस छ । 'खुट्टा नलाग्ने भो, घर भए पनि सरकारले छिट्टै बनाइदिए बस्न सजिलो हुन्थ्यो,' उनी आग्रह गर्छिन् ।

चिसोले घाउमा चस्का हान्छ । उनी टिन र त्रिपालको ओसमा दिन कटाइरहेकी छिन् । 'बिहान उठ्ने, सरसफाइ गरेर खाना खाने, विद्यालय जाने,' सुफलाले दैनिकी सुनाइन्, 'विद्यालयबाट फर्कंदा साँझ पर्छ, खाना खाने, सुत्ने मात्रै हो ।' घरधन्दा चाहेर पनि गर्न सक्दिनन् । वृद्ध सासू–ससुरालाई सघाउन नपाउँदा उनलाई पीडा हुन्छ । भीमदत्त राम्ररी आँखा देख्दैनन् । अघिल्लो बुधबार दिउँसो उनी टहराबाट धान झिकेर डालामा राख्दै मिलमा ओसारिरहेका थिए । छिमेकी दाजुभाइ उनलाई सहयोग गरिरहेका थिए । बस्तुभाउ, खेतबारी, बुहारीको हेरचाह, नातिनातिनाको स्याहार सबै जिम्मा वृद्ध दम्पतीको काँधमा थुपरिएको छ ।

भीमदत्तले छोरा मात्र होइन, नाति पनि भूकम्पमा गुमाए । जेठो छोराको छोरो । १० कक्षा पढ्दै गरेका विश्व अधिकारी घरैमा च्यापिए । सगोलको परिवार रमाइलो थियो । छिनभरमै भूकम्पले खुसी खोसेर लग्यो । दुईवटा कटेरा बनाएर अधिकारी परिवार भत्केको घरछेउमै बसेका छन् । चिसो भुइँमा गुन्द्री बिछ्याएर सुत्छन् । 'चिसोको पीडाभन्दा छोरानातिको यादले सताउँछ,' भीमदत्त भन्छन्, 'हामी पनि थला परेपछि बिचरी बुहारी र नातिनातिनालाई कसले हेरिदेला ?'

प्रतिक्रिया

पानी माग्दै देवताको भाकल

जुम्ला-लामो खडेरीका कारण जमिन सुकेपछि स्थानीयले देवताको भाकल गरेर पानीको माग्न थालेका छन्। जुम्ला चन्दननाथ नगरपालिका ३ भण्डारीगाउँ महिला पुरुष खडेरीले वालीनाली सुकेको भन्दै वर्षा गराईदिन माग गर्दै चन्दननाथ मन्दिरमा...

नितम्ब प्रत्यारोपण गराउनेहरु अधिकांश गाउँले

काठमाडौं- घुँडाको जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुटकारा पाउन गरिने प्रत्यारोपण उपचार नेपालमा लोकप्रिय हुँदै गएको छ। यस्तै नितम्बको प्रत्यारोपण गराउनेको सङ्ख्या पनि उत्तिकै बढेको छ।

घरबाट हराएका बच्चा मृत फेला

रौतहट- घरबाट हराएका एक बालकको शव गाउँ नजिकैको पोखरीमा फेला परेको छ। रौतहटको मौलापुर-६ का सियाराम ठाकुरको ५ वर्षे छोरा ललन ठाकुरको शव फेला परेको हो।

घट्टेकुलोमा शौचालयभित्र शव भेटियो

काठमाडौं— काठमाडौं महानगरपालिका–३२ घट्टेकुलोस्थित खाली जग्गामा रहेको शौचालयभित्र शव भेटिएको छ।

२० गुणासम्म बढ्यो ट्राफिक जरिवाना

२० गुणासम्म बढ्यो ट्राफिक जरिवाना

काठमाडौं— सरकारले सडकमा ट्राफिक नियमविपरित सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने चालकसँग असुल गर्ने जरिवानाको रकम २० गुणासम्म बढाएको छ। नियम विपरित सवारी चलाउनेलाई न्यून जरिवाना हुँदा दुर्घटना बढ्नुका...

ठमेलमा इटालियनको हत्या गर्ने पक्राउ

काठमाडौं— ठमेलमा इटालियन नागरिकको हत्या गर्ने समूहका दुई जनालाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ। २०५२ साल असोज २७ गते काठमाडौंको ठमेलस्थित रेगी पवमा इटालियन नागरिक २१ बर्षीय डेभिड क्यारारोको...

घाट पुर्याएको शव प्रहरीले उठाएर परीक्षण गर्न लग्यो

दमक—झापाको गौरादहमा दाहसंस्कारका लागि घाट लगिएको लास प्रहरीले फर्काएर शवपरीक्षण गराएको छ। गौरादह नगरपालिका–२ स्थित बजारमा भाँडा पसल चलाएर बसेका ५४ वर्षे केशव थापाको शव प्रहरीले विहिबार घाटबाट उठाएर शवपरीक्षणपछि...

रङ्गीलादेवीका कारण जनकपुर बन्द

जनकपुरधाम—निलम्बित सांसद सञ्जयकुमार साहकी श्रीमती रङ्गीला देवीलाई प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै आज जनकपुर बन्द गरिएको छ।