Thursday 28 Magh, 2072 |
Menu

समाज

istl

कार्यदलको संयुक्त बैठक नै बसेन

(0 votes)
काठमाडौं–आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध र संविधान निमार्ण नेतृत्वकर्ता प्रमुख तीन दलकोबीचको संयुक्त कार्यदलको संयुक्त बैठक सोमबार साँझसम्म पनि बस्न सकेको छैन्।
nepalipatro-nagarik

प्रमुख तीन दलले खबर गरे पछि बस्ने भनिए पनि जानकारी नआएकाले सोमबार बैठक बस्न नसकेको संघीय समाजवादी फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । 'हिजोको सहमति अनुसार उहाँ (तीन दल)हरुले १ बजे देखि ३ बजेको समय भित्र बैठक बस्ने भनिएको थियो तर अहिलेसम्म  खबर आएको छैन,' कार्यदलका सदस्यसमेत रहेका श्रेष्ठले भने, 'अब आज बैठक बस्दैन् ।'

प्रमुख तीन दलका कार्यदलको खबर आउने प्रतिक्षामा मोर्चाका कार्यदल बसेको उनको भनाइ छ। राजनीतिक समिति गठन गरी सीमाङकन टुंग्याउने तीन दलको प्रस्तावमा पछिल्लो समय मोर्चा सकारात्मक भए पनि त्यसको ग्यारेन्टीको माग गरेको छ । तराई–मधेसमा दुई प्रदेश बनाउनु पर्ने बिषयमा प्रमुख दल सहमत भए राजनीतिक समिति स्विकार्य भएको मोर्चाले जनाउँदै आएको छ । तर, प्रमुख तीन दलले दुई प्रदेशको प्रत्याभूति दिन नसक्ने जनाउँदै आएको छ।

प्रतिक्रिया

ताप्लेजुङमा 'बहुदले किरा' आतंक

ताप्लेजुङ–हिउँद याममा बर्षेनी झुसिलकिराको प्रकोप खेप्दै आएका ताप्लेजुङको कालिखोला, सादेवा र पाँचथरको फलैंचाका बासिन्दाले यो वर्षपनि त्यो पीडाबाट मुक्ती पाएनन्।

आगोले बिक परिवारको उठिबास

खोटाङ–खोटाङ सदरमुकाम दिक्तेलस्थित लफ्याङ्मा भएको आगलागीमा ११ लाख बढीको धनमाल नष्ट भएको छ।

हत्या अभियोगमा एक किशोरी पक्राउ

सुरुङ्गा (झापा)-झापाको कनकाई नगरपालिका–३ निवासी ५० वर्षीय मनोरथ पाठकको हत्या आरोपमा प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ।

बुधबार राति भूकम्पको धक्का

काठमाडौं–बुधबार राति सिन्धुपाल्चोक केन्द्रविन्दु भएको भूकम्पको धक्का महशुस गरिएको छ।

मधेस आन्दोलनताका अपहरण र असुलीमा संलग्न पक्राउ

बारा–प्रहरीले व्यापारीको अपहरण,रिलायन्स चिनी मिलको चिनी लोड गरेको ट्रकमा गरेको आगजनी र मोटरसाईकल चोरी अभियोगमा बुधबार उमेश यादवलाई पक्राउ गरेको छ।

वर्ष बित्यो तर मिटर आएन, अँध्यारोमै बस्न बाध्य

कपिलवस्तु– आवेदनसहित शुल्क बुझाएको एक वर्ष बित्दा पनि जिल्लाका सर्वसाधारणहरुको घरमा अझै मिटर जडान भएको छैन।

झापामा तीन सातादेखि खोप सेवा ठप्प

झापा– बालबालिका तथा गर्भवतीलाई अनिवार्य गरिएको खोप सेवा झापामा तीन सातादेखि ठप्प भएको छ।

सात वर्षीय बालकको घाँटी रेटी हत्या

कोहलपुर– चारदिन अघिदेखि बेपत्ता रहेका सात वर्षीय बालकको कोहलपुरमा हत्या गरिएको अवस्थामा शव फेला परेको छ।