25 Baishak, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

माथिल्लो तामाकोसीमा समस्यै समस्या

(0 votes)
काठमाडौं- सरकारकै बेवास्ताले चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम अस्तव्यस्त छ। 'राष्ट्रिय गौरव आयोजना' को सूचीमा राखेर आवश्यक सहजीकरण तथा सहयोग नगर्दा निर्माण अघि बढ्न सकेको छैन।

nepalipatr-april
विनाशकारी भूकम्पले ध्वस्त भएको पहुँचमार्ग लगायत संरचनाको सामान्य काम सुरु भए पनि भारतको नाकाबन्दीले पुनः अस्तव्यस्त भएको छ। राष्ट्रिय गौरवको आयोजनाका लागि अत्यावश्यक निर्णय गरी इन्धन, निर्माण सामग्री उपलब्ध गराउनुपर्नेमा यसमा सरकारले बेवास्ता गरेको आयोजनाका उच्च अधिकारीको आरोप छ।

'नाकाबन्दीका कारण उत्पन्न समस्या कहिलेसम्म रहन्छ भन्ने आधारमा आयोजना पूरा हुने समय निर्धारण हुन्छ,' अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडका अध्यक्षसमेत रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने, 'सरकारले २४ सै घन्टा काम गर्ने वातावरण बनाइदिनुपर्यो्, अहिलेका लागि यही नै ठूलो कुरा हो।'

एक वर्षभित्र लोडसेडिङ हटाउने भाषण गर्दै हिँडेका प्रधानमन्त्री केपी ओलीले निर्माणाधीन आयोजना सहजीकरणतर्फ चासो देखाएका छैनन्। काम भइरहेका आयोजना छिटो सक्न सहजीकरण गर्नु साटो उनले ६ महिनामा २ सय मेगावाट सोलार प्लान्ट जडान गर्ने अव्यावहारिक गफ दोहोर्या इरहेका छन्।

सोलार प्लान्ट ल्याएर एमाले निकट केही व्यक्तिलाई मोटो कमिसन दिनमात्र ओलीले एक वर्षमा लोडसेडिङ हटाउने भाषण गरेको कम्पनी अधिकारीको दाबी छ। सरकारले निर्माणमा दबाब दिएर सहयोग गरे २०७४ जेठमा आयोजनाबाट बिजुली उत्पादन हुन्छ। तर, यसतर्फ भने सरकारले चसो नदिएको आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले बताए।

ठेक्का सम्झौताअनुसार इन्धन, मजदुर लगायत शान्तिसुरक्षा सुनिश्चित नहुँदासम्म काम अघि बढ्न नसक्ने उनले बताए। कम्पनी अहिले भूकम्पबाट भत्केको १२ किलोमिटर पहुँचमार्ग खोल्ने प्रक्रियामा छ।

पहुँचमार्ग खोल्न सुरु भए पनि डिजेल नहुँदा लक्ष्यअनुसार काम हुन सकेको छैन। निरन्तर काम गर्न तामाकोसी कम्पनीले हप्ताको १२ हजार लिटर डिजेल मागेको छ। तर, नेपाल आयल निगमले आधामात्र दिने निर्णय गरेको छ। त्यही पनि समयमा उपलब्ध नगराएको कम्पनीका अधिकारी बताउँछन्।

मन्त्रिपरिषदले विशेष निर्णय गरेर अत्यावश्यक सामग्री उपलब्ध गराएमात्र थपिने एक वर्षमा आयोजना पूरा हुने श्रेष्ठले नागरिकलाई बताए। 'भूकम्पका कारण घर गएका कामदार फर्केका छैनन्। सिमेन्ट, छडको उस्तै समस्या छ,' उनले भने, 'कर्मचारीले मात्र जोखिम लिएर काम गर्न सक्दैनन्।'

भूकम्पअघि करिब चार सय चिनियाँसहित १ हजार २ सय कामदारले काम गरिरहेका थिए। अहिले जम्मा २ सय कामदारले काम गरिरहेको श्रेष्ठले जानकारी दिए। 'राष्ट्रिय गौरवको आयोजनाको मापदण्ड के हो, कसरी काम हुनुपर्ने हो भन्नेमै सरकारको ध्यान गएको छैन,' उनले भने, 'सरकारबाट सहयोग नहुने भए हुन्न भन्नुपर्योह।'

२०६७ भदौमा काम सुरु हुँदा आयोजनाको लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो। भूकम्प र नाकाबन्दीका कारण निर्माण अवधि थपिने भएपछि लागत संशोधन गरेर ४२ अर्ब पुर्याँइएको छ। अहिलेसम्म साढे २८ अर्ब रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ। संशोधित लागतमा आयोजना नबन्ने र सम्पूर्ण काम सकिँदासम्म करिब ५० अर्ब रुपैयाँ पुग्ने प्राधिकरणका एक अधिकारीको दाबी छ।

पटकपटक मजदुरले गर्ने बन्द, हडताल र उचित सुरक्षाको व्यवस्था नहुँदा पनि आयोजनाको लागत थपिँदै गएको छ। सिभिल ठेकेदार सिनो हाइड्रो कर्पोरेसनतर्फ काम गर्ने मजदुरले फागुनमा प्रतिव्यक्ति ५ सय कित्ता सेयर पाउनुपर्ने भन्दै आन्दोलन गर्दा झन्डै १६ दिन आयोजनाको काम रोकिएको थियो।

विदेशी विनिमय सटहीमा राष्ट्र बैंकले समेत महिनौं झुलाउँदा पनि काम प्रभावित हुँदै आएको कम्पनीका एक उच्च अधिकारीले बताए। 'सरकारी निकायले समेत यसरी झुलाउँदा तोकिएको समयमा काम भएको छैन,' उनले भने, 'यी समस्या हल गर्न समेत सरकारले चासो देखाउँदैन।' कम्पनीले गत भदौ ११ गते सटही स्वीकृतिका लागि राष्ट्र बैंकमा दिएको आवेदनको अहिलेसम्म कुनै जवाफ आएको छैन।

ठेक्का सम्झौता हुँदा १ अमेरिकी डलरको मूल्य ८० रुपैयाँ रहेको र हाल १ डलरबराबर १ सय रुपैयाँ हाराहारी पुग्दा लागत बढ्न गएको हो। अन्तर्राष्ट्रिय मुद्रामा आउने उतारचढाव नेपालले रोक्न नसके पनि सरकारको लापरबाही र आन्तरिक समस्याले मात्रै ५० प्रतिशत लागत थपिएको ऊर्जा मन्त्रालयकै अधिकारी बताउँछन्।

प्राविधिकका अनुसार एक दिन आयोजनाको काम रोकिँदा साढे २ करोड रुपैयाँ घाटा हुन्छ। त्यही हिसाबले मजदुर आन्दोलनका कारण अहिलेसम्म झन्डै ५० करोड रुपैयाँ व्ययभार थपिएको छ। आन्दोलनका कारण अवधि लम्बिँदा औसत १० प्रतिशत बैंक ब्याजसमेत जोडिन्छ।

हालसम्म निर्माण भएका र निर्माणाधीन आयोजनामध्ये तामाकोसीको बिजुली सबैभन्दा सस्तो हो। तर, यसरी लागत थपिँदा बिजुली मूल्य निजी उत्पादकले उत्पादन गरेसरह हुने देखिएको छ। विद्युत खरिद सम्झौता (पिपिए) हुँदा आधार वर्ष २०६७/०६८ मानेर औसत प्रतियुनिट मूल्य साढे ३ रुपैयाँ तोकिएको थियो।

व्यापारिक उत्पादन भएको वर्ष प्रतियुनिट ४.०६ रुपैयाँ र त्यसपछि ९ वर्षसम्म वार्षिक ३ प्रतिशतले वृद्धि भई आयोजना सञ्चालन अवधिभर प्रतियुनिट ५ रुपैयाँ ३० पैसा पुग्नेछ। उक्त बिजुलीको मूल्य हालसम्म निजी उत्पादकसँग गरिएको पिपिएको तुलनामा सस्तो हो। तर, आयोजनाको लागत बढ्दै जाँदा बिजुलीसमेत महँगो हुने देखिएको छ।

आयोजनामा प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानको २/२ प्रतिशत सेयर स्वामित्व छ। आयोजनामा कर्मचारी सञ्चय कोषले १०, टेलिकमले ६, लगानी कोष र बिमा संस्थानले २/२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्।

प्रतिक्रिया

नक्कली सवारी चालक अनुमति पत्र बनाउने फरार दाेषी पक्राउ

नक्कली सवारी चालक अनुमति पत्र बनाउने फरार दाेषी पक्राउ

काठमाडौं– अर्काको सवारी चालक अनुमति पत्रमा आफ्नो नामको सवारी चालक अनुमति पत्रको नम्बर राखेर नक्कली सवारीचालक अनुमति पत्र प्रयोग गर्ने कार्यमा दोषी प्रमाणित भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ...

ढुङ्गाले लागेर किशोरीको मृत्यु

बाजुरा-ढुङ्गाले च्यापिएर बाँधुमा शुक्रबार एक बालिकाको ज्यान गएको छ। ज्यान गुमाउनेमा कोल्टी ९ नुरीकी १६ बर्षीय सरना रोकाया रहेकी छन्। बाँधु ९ पीपलडाली स्थित मित बुबाको घरमा बस्दै आएकी रोकायाको...

१२ दिनदेखि बालिकाको शव अस्पतालमै

रुकुम - मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित रुकुमको चौरजहारी अस्पतालमा मृत्यु भएकी एक बालिकाको शव १० दिनदेखि उठ्न सकेको छैन। बायाँ हात भाँच्चिएको उपचार गर्न उक्त अस्पतालमा भर्ना भएकी भेरीमालिका–११,...

२२ लाखकाे औषधि जमीनमुनि गाडियाे

नवलपरासी– जिल्लामा कार्यालयको लापरबाहीका कारण जिल्ला जनस्वास्थ्य कार्यालय परिसरमा रु. २२ लाख बरारबरको औषधि जमीनमुनि गाडिएको छ।

पोखरीमा डुबेर बालिकाको मृत्यु

गौशाला– महोत्तरीको धमौरा गाविसमा शुक्रबार पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

सवारी ज्यान अंगभंग मुद्दाका फरार दोषी पक्राउ

सवारी ज्यान अंगभंग मुद्दाका फरार दोषी पक्राउ

काठमाडौं– सवारी ज्यान अंगभंग मुद्दामा २ वर्षको जेल सजाय तथा २ हजार रुपैयाँ जरिवाना तोकिएका फरार दोषी पक्राउ परेका छन्।

ढुंगाले लागेर दुई जनाको मृत्यु

काठमाडौं-जेसिविले सडक खन्ने क्रममा खसेको ढुंगा लागेर सल्यान गर्पा–२ बस्ने ७५ बर्षीय जगतबहादुर घर्तीको मृत्यु भएको छ । गर्पा–२ स्थित झाग्री बनेरामा धनथाना गर्पा गाविस भवन जोड्ने सडक निर्माणाधिन छ।

पति-पत्नी दुबैको रहस्यमय मृत्यु

बारा-गढीमाई नगरपालिका–१४ डुमरवाना बस्ने ४८ बर्षीय शम्भुप्रसाद रिजाल झुन्डिएर तथा उनकी ४५ बर्षीया श्रीमती दुर्गादेवी रिजाल शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।