Thursday 23 Baishak, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

आगलागीबाट बाबु र छोरीको मृत्यु

(0 votes)
मलेखु (धादिङ)—उत्तरी धादिङको गुम्दी गाउँ विकास समिति–५ मा गएराति घरमा आगलागी हुँदा बाबुछोरीको जलेर मृत्यु भएको छ।
nepalipatr-april
गुम्दी गाविस–५ का ४८ वर्षीय शेरबहादुर गुरुङ र उनकी छोरी १५ वर्षीय धनमाया गुरुङको घरभित्रै जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक सविन प्रधानले जानकारी दिए।

भूकम्पले भत्किएको घरमा न्यानो कपडा नभएपछि उनीहरु आगो बालेर घरभित्र सुतेको र अँगेनाबाट सल्केको आगोले उनीहरु जलेको प्रहरीले जनाएको छ।

घरमा आगो लागेपछि बाहिर भागेका शेरबहादुर छोरीलाई लिन भित्र पसेपछि छोरीसँगै उनको पनि जलेर मृत्यु भएको थियो। शेरबहादुरकी श्रीमती भने घरबाट भागेर ज्यान जोगाउन सफल भएको गाउँवासीले जानकारी दिएका छन्। रासस

प्रतिक्रिया

इमाडोलबाट आठ जुवाडे र लुभुबाट कालोबजारीया पक्राउ

ललितपुर– ललितपुरको इमाडोलमा व्यवसायिक रुपमा जुवा खेलाई रहेको घरबाट आठजना जुवाडेसहित घरधनी पक्राउ परेका छन्। ललितपुर प्रहरीले बुधबार साँझ इमाडोलमा रहेको रामशरण कार्कीको घरमा छापा मारेर नगद ६० हजारसहित जुवाडेलाई...

जाँतोले थिचेर श्रीमान्को हत्या

भैरहवा–रुपन्देहीमा एक महिलाले जाँतोले थिचेर श्रीमान्को हत्या गरेकी छन्। रुपन्देहीको पडसरी गाविस ८ कटैयाकी १९ वर्षीया अश्मिता थापाले आफ्नै श्रीमान २१ वर्षीय विजय थापाको जाँतोले थिचेर हत्या गरेकी हुन्।

द्वन्द्वपीडितले भने– 'असुरक्षाले उजुरी दिएनौं'

दैलेख–दैलेखका द्वन्द्वपीडितले पीडककै असुरक्षाका कारण उजुरी नदिएको बताएका छन्। आफूलाई पीडा दिने यही समाजमा भएकाले उजुरीपछि असुरक्षित हुने डरले न्यायका लागि अघि नबढेको खुलासा गरेका हुन्।

खाेटाङकाे मंगलटारस्थित वनमा पुरूषकाे बेवारिसे शव

खोटाङ– खोटाङको मङ्गलटार–३ स्थित लक्ष्मीदेवी सामुदायिक वनको सल्लाघारीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ।

गैंडाकोटमा सुरु भयो कर नतिरे एनसेल बहिस्कार गर्ने अभियान

चितवन–राजश्व तिर्न आनाकानी गरेको भन्ने विवादमा मुछिकएको निजी क्षेत्रको मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेललाई राजश्व तिर्न दबाब दिने उद्देश्यले नवलपरासी गैंडाकोटका युवाहरुले बिहीबार बिहानदेखि मोबाइल फोन सेटबाट एनसेलको सीम...

सिण्डिकेट पक्षधरद्वारा गोरखामा भाडाका यातायात बन्द

गोरखा–यातायातमा सिण्डिकेट लगाउँदै आएको यातायात व्यावसायी समितिले समिति गोरखाले बिहीबारदेखि गोरखामा अनिश्चितकालीन यातायात बन्दको घोषण गर्दै सवारी आउजाउ ठप्प बनाएको छ।

५० लाखसहित लागुऔषध तस्कर पक्राउ

५० लाखसहित लागुऔषध तस्कर पक्राउ

काठमाडौं- लागुऔषध तस्करीको अन्तर्राष्ट्रिय सञ्जाल सञ्चालन गर्दै आएका नेपाली नाइके धर्मबहादुर तामाङ पाखि्रनका भाइ पूर्णबहादुर पाखि्रन पक्राउ परेका छन्। लागुऔषध कारोबारमा संलग्न भएर फरार धादिङ सत्यदेवी–८ का पूर्णबहादुरलाई प्रहरीले ५०...

निजी स्कुलमा दोहोरो अनुगमन

काठमाडौं- निजी विद्यालयले शुल्कमा गरिरहेको ब्रह्मलुटको नियमन तथा अनुगमन गर्न शिक्षा विभाग र विद्यार्थी संगठनहरु छुट्टाछुट्टै टोली बनाएर अनुगमनमा निस्केका छन्। शिक्षा नियमावली र नीति नियमलाई उल्लंघन गर्दै विद्यार्थीले निजी...