Monday 17 Jestha, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

होटलमा युवती बन्धक बनाउने तीन पक्राउ

(0 votes)

सुरुङ्गा (झापा)-मानव बेचबिखन तथा शरीर बन्धक बनाउने कार्यमा संलग्न तीनजनालाई प्रहरीले झापाको शनिअर्जुन नगरपालिकाबाट पक्राउ गरेको छ।

nepali-patro-may
पक्राउ पर्नेमा इटहरी नगरपालिका–३ निवासी १८ वर्षीय मनिष कार्की, मोरङको ववियाविर्ता – ९ निवासी २३ वर्षीय दीपक ऋषिदेव र ललितपुर उपमहानगरपालिका– १४ निवासी २३ वर्षीय दीपक कार्की रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

शनिअर्जुन नगरपालिका – ९ स्थित ओसिम होटल एण्ड लजको १०२ नं कोठामा एक युवतीलाई बन्धक बनाई राखेको गोप्य सूचनाको आधारमा छापा मारी युवतीको उद्धार गरेको प्रहरीले जनाएको छ।

युवतीलाई बन्धक बनाउने कार्यक्रममा संलग्न होटल सञ्चालकसमेत रहेका मनिष र सोही होटलमा काम गर्ने अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको इप्रका, बिर्तामोडका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए।

पक्राउ परेका तीनैजनालाई मानव बेचबिखन तथा शरीर बन्धकसम्बन्धी मुद्दामा म्याद थप गरी कारबाही अघि बढाएको बताइएको छ।

बन्धक बनाइएकी युवतीको प्रहरीले दुई दिनअघि उद्धार गरेको जनाइएको छ। युवतीको शरीर बन्धक बनाउन संलग्न सबैलाई पक्राउ गरेपछि मात्र उनीहरुलाई आज प्रहरीले सार्वजनिक गरेको छ। रासस

प्रतिक्रिया

सजिलै छक्किन्छ त्रिभुवन विमानस्थल

सजिलै छक्किन्छ त्रिभुवन विमानस्थल

काठमाडौं- एउटी महिला अस्वाभाविक देखिने गरी माछा मार्न प्रयोग हुने नाइलनको डोरी लिएर दक्षिण अमेरिकी देश हुँदै नेपाल आइन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कसैले शंका गरेन। लागुऔषध नियन्त्रण ब्युरोले जेठ...

जरिबाना बढेपछि सवारीचालक अनुशासित

जरिबाना बढेपछि सवारीचालक अनुशासित

काठमाडौं- गएको वैशाख ३१ गते काठमाडौं उपत्यकामा नियमविपरीत सवारी चलाउने १ हजार ६ सय १७ चालक ट्राफिक प्रहरीको कारबाहीमा परे। तर त्यसको ठिक एक दिनपछि जेठ १ गते उपत्यकाभर जम्मा...

काठमाडौं जिविसद्वारा छात्रवृत्ति

काठमाडौं- काठमाडौं जिल्ला विकास समितिले जिल्लाका १५ वटा सामुदायिक क्याम्पसमा अध्ययनरत १ सय ८९ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। कक्षा ११ तर्फ १ सय १७ र स्नातक प्रथम वर्षमा अध्ययनरत...

४१ हजार परिवारसँग अनुदान सम्झौता

काठमाडौं- भूकम्पबाट घर क्षति भई अनुदान पाउनयोग्य भूकम्पपीडितमध्ये ४१ हजार ४ सय ७१ परिवारसँग अनुदान सम्झौता भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना इकाइका अनुसार आइतबारसम्म ४१...

अपहरण दुबे समूहबाट

काठमाडौं- नेपाल–भारत दुवै देशका प्रहरीले व्यापारी सुरेश केडिया फिरौती नबुझाई अपहरणमुक्त भएको दाबी गरेका छन्। बिहारमा राजनीतिक संरक्षणमा संगठित अपराध गर्दै आएको समूह केडिया अपहरणमा संलग्न रहेको भारतीय पक्षले खुलाएको...

यसरी अपहरणमुक्त भए केडिया

यसरी अपहरणमुक्त भए केडिया

वीरगन्ज- गत बिहीबार बारा, बरियारपुरबाट अपहरण गरी भारत पुर्याहइएका वीरगन्जका उद्योगी सुरेश केडिया चार दिनपछि घर फर्किएका छन्। भारतीय प्रहरीले आइतबार केडियालाई परिवारको जिम्मा लगाएको छ।

केयुमा अख्तियार 'कब्जा'

काठमाडौं- गत शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुरक्षाकर्मीसहित ५० जनाको टोली काठमाडौं युनिभर्सिटीको स्कुल अफ मेडिकल साइन्सेज पुग्यो। टोलीका केही व्यक्ति सरासर परीक्षा हलतिर छिरे। त्यस दिन त्यहाँ मेडिकल साइन्सेजको...

क्याम्पसको रकम दुरुपयोग आरोपमा मुद्दा दायर

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बडीमालिका क्याम्पस कलदेवमाडौँका क्याम्पस प्रमुख नवराज जैसी र लेखापाल लालबहादुर रावलले रु ३७ लाख ७१ हजार ९४१ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।