Friday 5 Baishak, 2071 |
Menu

समाज

अश्लिल भिडियो बनाउँदै गर्दा दुई पक्राउ

  • बुधबार १८ बैशाख, २०७०
  • उपेन्द्र यादव
  • DISQUS_COMMENTS
(2 votes)
बारा - जिल्ला प्रहरी कार्यालय बाराले अश्लिल भिडियो बनाउँदै गर्दा दुई जनालाई मंगलबार बेलुका कलैयाबाट पक्राउ गरेको छ। कलैया नगरपालिका ८ बस्ने मदन साहले मोबाइलबाट नुहाइरहेका महिलाको अश्लिल भिडियो तानेर पिपडाढी ६ का महाकान्त पडितको कलैया बरगाछीनजिकैको कप्यूटरमा मिक्सिङ्ग गर्न खोज्दा दुबै जनालाई प्रहरीले सुराकीको आधारमा पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रामनाथ घिमिरेले अश्लिल भिडियो तानेको आरोपमा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए। उनले नियन्त्रणमा लिएकाहरु आफू निर्दोष भएको कुरा बताए पनि अनुसन्धानबाट थप प्रष्ट हुने बताए। प्रहरीले महाकान्त पडितको कम्प्यूटर पसलबाट ल्यापटप समेत अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।
बारामा धेरै जनाको अश्लिल भिडियोहरु सार्वजनिक हुनेक्रम बढेको छ। आरोपीहरुलाई प्रहरीले नियन्त्रणमा लिए पनि कानून अभावमा  सार्वजनिक मुद्दा मात्र चलाउने गरेकोले यसको नियन्त्रण चुनौती बन्दै गएको कुरा प्रहरीहरुले बताउँछन।

अवैध विदेशी मुद्रा सहित ४ पक्राउ

नेपालगन्ज- ठूलो परिणामको अवैध विदेशी मुद्रा सहित चार जना भारतीय पक्राउ परेका छन्। अञ्चल प्रहरी कार्यालय भेरीबाट खटिएको विमानस्थल सुरक्षा गार्ड राँझाको टोलीले विशेष सुराकीको आधारमा उनिहरुलाई पक्राउ गरेको हो।...

शुक्लाफाँटाको सौन्दर्य (फोटो फिचर)

शुक्लाफाँटाको सौन्दर्य (फोटो फिचर)

नयाँ वर्षको सुरुवात सँगै कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु अरक्षण क्षेत्र पस्दा मौसम सफा थियो। घाम झुल्किंदै गर्दा ५४ वर्ग किलोमिटर क्षेत्रफल भएको घाँसे मैदानमा वाह्रसिङ्गा र चित्तल एक साथ आहारको खोजीमा...

हिमपहिरोमा मर्नेको संख्या १३ पुग्यो, ८ जनाको सनाखत

सोलुखुम्बु- विश्वको सर्वोच्च शिखर सगरमाथामा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। तीमध्ये ८ जनाको सनाखत भएको छ। मृत्यु हुनेहरुमा सोलुखुम्बुकै नाम्चे गाविस थामेका आङछिरिङ शेर्पा, दोर्जी शेर्पा,...

सगरमाथामा हिमपहिरो, ६ जनाको मृत्यु

सोलुखुम्बु- विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने क्रममा आज बिहान हिम पहिरोमा परी ६ जनाको मृत्यु भएको छ। सगरमाथाको आधार शिबिरबाट क्याम्प १ तर्फ जाँदै गरेका १५ जनामध्ये ६ जनाको मृत्यु...

गोरखाबाट छुट्ने भाडाका सवारी बन्द

गोरखा- मृतकको परिवारले अनावश्यकरुपमा क्षतिपूर्ति मागेको भन्दै गोरखाबाट चल्ने भाडाका सवारी बन्द गरिएको छ। स्वयम्भुमा बा१ज ९५९८ नम्बरको माइक्रोबसले बा५२प ५२७६ नम्बरको मोटसाइकललाई ठक्कर दिँदा रसुवा घर भइ बङ्गलामुखी पेट्रोलपम्पमा...

पैसा नपुग्दा छपाइ बन्द

काठमाडौं-निजी प्रकाशन गृहहरुले अन्तिम समयमा आएर ‘पैसा अपुग भयो' भन्दै विद्यालय स्तरको पुस्तक छाप्ने काम बिहीबारदेखि बन्द गरेका छन् । शैक्षिक सत्र सुरु भएको तीन दिन भइसकेको छ। अहिलेसम्म सबै...

अधिकारी हत्याका अभियुक्त रिहा

चितवन-गोरखा फुजेलका कृष्ण अधिकारीको हत्या अभियोगमा मुद्दा चलाइएका १३ मध्ये पक्राउ परेका दुईजनालाई बिहीबार चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ।

दुर्लुङकोट महायज्ञमा डेढकरोड संकलन

पर्वत-पश्चिमाञ्चलका आधा दर्जन जिल्लाको अवलोकन गर्न सकिने पर्वतको दुर्लुङकोटको विकासका लागि आयोजित महायज्ञमा डेढ करोड रुपैयाँ संकलन भएको छ।