Sunday 20 Ashad, 2072 |
Menu

समाज

ist-cc

७७ वर्षे वृद्ध रेलबाट ज्युँदै फालिए

  • मङ्गलबार ४ भाद्र, २०७०
  • बेनुपराज भट्टराई
  • DISQUS_COMMENTS
(0 votes)
Click to enlarge image train-incident-1.jpg

रेलबाट फ्याँकिएका कृष्णबहादुर थापाका छोराछोरी फिक्कलको याङस्थित घरमा किरिया बस्दै।

फिक्कल (इलाम) - 'हुनु हार दैव नटार' भन्ने उखान ७७ वर्षीय कृष्णबहादुर थापाको जीवनमा ठ्याक्कै मेल खायो। खेतीपातीबाट जीवन गुजारा गर्ने उनी १० दिनअघि बिहानसम्म फिक्कल–९ को याङस्थित घरमा थिए। मुटुको दुइवटै भल्व बिग्रिएर बिरामी भएकी छोरी तुलसालाई उपचार गराउन भारत जाने योजना बन्यो। 'ढिलोमा १५ दिनमा आइपुग्छु होला,' हिँड्ने बेला उनले परिवारलाई भनेका थिए, 'चिन्ता नगरी बस्नू, सब ठीक हुन्छ।'

सधैँ चिताएको पुग्दैन र बुनेका सपना साकार हुँदैनन्। सिलिगुडीबाट छोरीसहित रेल चढेका कृष्णबहादुर अरु बेलाजस्तै सामान्य गरी बेंग्लौर पुगे। तर, घर फर्किएनन्। सदाका लागि उनी उतै अस्ताए।
रेलमा प्रवेश गरेका लुटेराले छोरीमाथि हातपात गर्दै लुटपाट गर्न थालेपछि प्रतिकारमा उत्रिए उनी। छोरीलाई बचाउन गएका बाबुलाई ती लुटेराले फिल्मी शैलीमा कठालोमा समाते र रेलको ढोकाबाट फाल्दिए। थापाको प्राणपखेरु त्यहीँ उड्यो। परिवारजन अहिले शोकले व्याकुल छन्। 
साउन २७ गते घर छाडेका कृष्णबहादुर बेंग्लौरस्थित साइबाबाको ह्वाइट फिल्ड अस्पतालमा छोरी लिएर पुगेका थिए। त्यहाँ बिरामीको घुइँचो थियो। डाक्टरले १५ दिनपछि आउन सल्लाह दिए। त्यसपछि बिरामी छोरी लिएर दिल्लीमा बस्ने छोरा, छोरी र ज्वाइँ भेट्न उतै जाने सोच बनाए। बेंग्लौर–दिल्ली चल्ने रेलमा दुवै चढे। राजस्थानको ढोलपुर पुग्दा नसोचेको घटना भयो। जसले अहिले परिवारलाई काँडा भएर घोच्दैछ। 
'नुवाइधुवाइ गरी 'फ्रेस' भएर रेल चढेकी बहिनीलाई लुटेराले हातपात गर्दै पर्स खोसेछन्,' तुलसाबाट घटना सुनेका दाजु रामराजले सुनाए, 'बुवाले त्यसको प्रतिकार गर्दा कुटपिट गर्दै ढोकाबाट बाहिर धकेलेछन्।' फिल्म जस्तो घटना आँखैअघि देखेपछि अतालिएकी तुलसाले त्यसपछि लठ्ठा तानेर रेल रोकिछन्। फर्केर घटनास्थल पुग्दा वृद्ध बुबा कृष्णबहादुरको धुकधुकी मात्रै रहेछ। लिकको फलामले काटेर घुच्चुक र खुट्टामा चोट लागेको रहेछ। 
'बहिनीले लगत्तै ढोलपुर अस्पताल पुर्या उँदा बुबा बितिसक्नु भएछ,' कोरा बसेका रामराजले आँखाभरि आँसु पार्दै सुनाए, 'म त्यत्ति बेला गुडगाउँमा थिएँ। बहिनीले फोन गर्दा अतालिँदै ढोलपुर आइपुगेँ। हामीसँग रुनु र बिलौना गर्नुबाहेक केही विकल्प थिएन।' 
पैसा भएको पर्स, नागरिकता, विराम पुर्जी र दुइटा ठूला झोला लुटेराले कब्जा गरिसकेका थिए। त्यसबेला भारतीय प्रहरीले सहयोग गर्न खोजे पनि केही नभनेको रामराजले बताए। 
एकातिर बिरामी बहिनी अर्कोतिर बुबाको रगताम्मे लास। त्यतिबेला रामराज झन्डै अचेत भएका थिए। 'जसोतसो आफूलाई सम्हालेर बुबाको त्यहीँ मुक्तिधाममा अन्त्येष्टि गर्नतिर लाग्यौं,' उनी आज भन्दैथिए, 'बहिनी, म, दिदी र भिनाजु भएर बुवालाई सदाका लागि रुँदैरुँदै बिदा गर्यौं ।' 
१० वर्षदेखि दिल्लीमा साउण्ड सिस्टम चलाउँदै आएका रामराज बहिनीलाई दिल्लीमैं बस्ने दिदी भिनाजुसँग छाडेर घरमा बुवाको किरिया बस्दैछन्। 
ह्वाइट फिल्डका डाक्टरले मुटुको भल्व फेर्न मंगलबार (२१ अगस्टदेखि) अस्पताल भर्ना गरी २८ अगस्टमा अपरेसन गर्ने समय दिएका थिए। 'पहिले भएका उपचार र बिरामको सबै कागजात लुटिएकाले अब बहिनीको उपचार नैं हुन्छ कि हुँदैन भन्ने अन्योल छ,' रामराजले समस्या सुनाए, 'बहिनीको अवस्था जटिल छ, सहयोगी हातको खोजीमा छौं।' बुबाको ज्यान गएपछि रामराज अब दिल्लीका सबै सामान ल्याएर घर बस्ने बताउँछन्। 
सम्पत्तिका नाममा थोरै जग्गाजमिन र सानो घर भएका कृष्णबहादुरका दुई छोरा र पाँच छोरी छन्। एकजना छोरा मोहनराज कतारमा छन्। ७१ वर्षीया श्रीमती हरिप्रिया आँखाभरि आँसु टिल्पिलाउँदै किरियामा बसेकी छन्। 'हाम्रो घरको मियो नैं भाँचियो, बिरामी छोरीको चिन्ता त छँदैछ,' उनी बिलौना गर्दै थिइन्, 'यस्तो आपत भोग्नुपर्छ भन्ने कल्पेकोसम्म थिइनँ।' भेट्न आउने शुभचिन्तकलाई घटना सुनाउँदैमा छोरा रामराजको ओठमुख सुकेको छ। 
'बिरानो ठाउँमा यस्तो घटना भयो, कतै उजुरी गर्ने साहस नैं गरिएन,' ३८ वर्षीय रामराजले भने, 'अब बहिनीको उपचारको चिन्ताले बढी सताएको छ।' २००७ सालको क्रान्तिदेखि नैं कांग्रेस राजनीतिमा लागेका कृष्णबहादुर फिक्कलका सभापतिसम्म भएका थिए। 'उहाँको दुःखद मृत्युले पार्टी स्तब्ध भएको छ,' क्षेत्र नम्बर १ का कांग्रेस सभापति भीष्म प्रधानले परिवारलाई सान्तवना दिंदै भने, 'उहाँको योगदानको सधैं कदर गरिनेछ।'

सबै तस्बिरहरु: बेनुपराज भट्टराई

 

प्रतिवेदन कार्यान्वयन रोक्न लबिङ

काठमाडौ-स्वास्थ्य शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन सार्वजनिक नुहँदै निजी मेडिकल कलेजका सञ्चालकहरू यसलाई कार्यान्वयन नै हुन नदिन लागिपरेका छन्।

भूकम्पन जाँच्न स्टेसन

भूकम्पन जाँच्न स्टेसन

काठमाडौ-ओरेगन स्टेट विश्वविद्यालय अमेरिकाका प्राध्यापक जोन नेबेलेक शनिबार बिहानै बूढानीलकण्ठ नगरपालिकाको हात्तीगौंडास्थित खुला चौरमा खाल्डो खन्दै थिए। भूकम्प र त्यसपछिको अनुकम्पनका ज्ञाता उनले हात्तीगौंडामा 'एक्सिलरोमेटि्रक' स्टेसन स्थापना गर्ने उनको उद्देश्य...

मठमन्दिरमा छिट्टै मूर्ति स्थापना गरिने

मठमन्दिरमा छिट्टै मूर्ति स्थापना गरिने

काठमाडौं-घरबाट आधा मिनेटमात्र परको काष्ठमण्डपको नियमित दर्शन गर्ने बसन्तपुरकी ८८ वर्षिया नानीदेवी ताम्राकार वैशाख १२ मा भूकम्पले मन्दिर ढालेपछि घरैबाट दुई हात जोड्न थालेकी छन्।

पक्की फुटपाथ भत्काइए, बनेनन्

पक्की फुटपाथ भत्काइए, बनेनन्

काठमाडौं-भत्काइएका भौतिक संरचना समयमै नबनिरहेका बेला काठमाडौं महानगरले चालु रहेका पक्की सडकपेटी भत्काएको छ। सार्क शिखर सम्मेलनअघि मात्र स्तरोन्नति गरिएका सडकपेटी एसियाली विकास बैंक (एडिबी) को परियोजना कार्यान्वयन गर्न भन्दै...

गौर नगरका कार्यकारी अधिकृतमाथि दुर्व्यवहार, आइतबारबाट कामकाज ठप्प

रौतहट– सद्भावना पार्टीका जिल्ला अध्यक्षसहितका केही व्यक्तिले गौर नगरपालिकाका कार्यकारी अधिकृत सुनिल यादवमाथि दुर्व्यवहार  गरेका छन्।

चर्पी नहुने घरका विद्युत लाइन कटाइयो

कोहलपुर–घरमा चर्पी नबनाएको भन्दै शमशेरगन्ज गाविस कार्यालयले चर्पी नहुने सेवाग्राहीको विद्युत लाईन काट्न सुरु गरेको छ। असार २६ सम्म गाविसलाई खुल्ला दिशामुक्त घोषणाको तयारी गरेको गाविसले चर्पी नबनाएको भन्दै शमशेरगन्ज–२...

जोखिमपूर्ण टावर यूटीएलले हटाएन

जोखिमपूर्ण टावर यूटीएलले हटाएन

तेह्रथुम– आफ्नो घरको छतमा युनाइटेड टेलिकम लिमिटेड(यूटीएल) कम्पनीले राखेको टावर हटाउन पटकपटक आग्रह गर्दा पनि कम्पनीले टावर नहटाएको घरधनीले गुनासो गरेका छन्।

सडक निर्माण सुस्त भएकामा प्रधानमन्त्री कार्यालयको आपत्ति, तत्काल निर्माण पूरा गर्न निर्देशन

काठमाडौँ-प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राजधानीका विभिन्न स्थानमा मर्मतको नाममा सडक खनेर पुनःनिर्माण नगरिएकामा आपत्ति प्रकट गर्दै तत्काल पुनःनिर्माण गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ।