Monday 8 Baishak, 2071 |
Menu

समाज

फलेबासका प्रधानसम्पादकलाई धम्की

  • मङ्गलबार २२ श्रावण, २०७०
  • छविलाल तिवारी
  • DISQUS_COMMENTS
(0 votes)
पर्वत - यहाँबाट प्रकाशित हुने फलेबास साप्ताहिकका प्रधान सम्पादक हरि न्यौपानेलाई सोमबार धम्की दिइएको छ। सोमबार प्रकाशित समाचारमा जनसम्पर्क अधिकृत सुरेन्द्र बेलबासेले अनावश्यक रुपमा स्थानीयलाई दुख दिएको समाचार प्रकाशित गरेको भन्दै तल्लो मोदीखोला जलविद्युत आयोजनाको ०६७–६९०५६८ नम्बरको टेलिफोनबाट अपरिचित ब्यक्तिले धम्की दिएको न्यौपानेले बताए।

'हाम्रा जनसम्पर्क अधिकृतको विषयमा समाचार लेखिछस्, तैले समयमै होस पुर्‍याउनुपर्थ्यो पुर्‍याइनस्,' धम्की दिने ब्यक्तिको भनाई उदृत गर्दै न्यौपानेले भने–'अब जे पनि हुनसक्छ।' न्यौपानेले सोमबार राती विज्ञप्ती प्रकाशित गरी स्वतन्त्र रुपमा समाचार सम्प्रेषण गर्न र आफ्नो जिउ ज्यानको सुरक्षाको माग गरेका छन्।


न्यौपाने प्रधानसम्पादक रहेको फलेबास साप्ताहिकको सोमबारको अंकमा स्थानीयले सहयोग गर्दागर्दै पनि तल्लो मोदीखोला जलविद्युत आयोजनाका जनसम्पर्क अधिकृतले स्थानीयलाई फसाउने काम सुरु गर्दा स्थानीय त्रासमा रहेको समाचार प्रकाशित भएको थियो। स्थानीय रेडियो शालिग्रामका अध्यक्ष समेत रहेका न्यौपानेले समाचार लेखेकै भरमा धम्की पाएको भन्दै सुरक्षा दिन पर्वत प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीलाई सोमबार राती नै मौखिक उजुरी गरेको बताए।

सुदूरपश्चिममा १३ लाख पुस्तक अभाव

डडेल्धुरा- नयाँ शैक्षिक सत्र सुरु भइसके पनि सुदूरपश्चिमका विद्यार्थीका हातमा अझै पुस्तक पुगेको छैन। सबै जिल्लामा गरी अझै १३ लाख पाठ्यपुस्तक अभाव रहेको पाइएको छ। 

'महिला बेचिनुको कारण असमानता'

काठमाडौं- लैंगिक तथा सामाजिक असमानता र गरिबीले महिला बेचबेखिन हुने गरेको आइतबार सार्वजनिक एक प्रतिवेदनले बताएको छ। युनिभर्सिटी अफ सेफिल्डका प्राध्यापक पाउल विसेल, सोही युनिभर्सिटीकै प्रोफेसर डा. पदम सिम्खडा र...

आधा दर्जन क्रसर बन्द

आधा दर्जन क्रसर बन्द

महोत्तरी- स्थानीय प्रशासनको दबाबपछि चुरेक्षेत्र आसपास र रातो खोलामुनि मापदण्डविपरीत सञ्चालनमा रहेका आधा दर्जनभन्दा बढी क्रसर उद्योग बन्द भएका छन्। 

उजाड बन्यो अर्मलाको सिमसार

पोखरा- एक समय यस्तो थियो, अर्मलाको ठूलीबेसी फाँटमा धान रोप्दा शान्ति कार्कीलाई हिलोले तनाब दिन्थ्यो। घुँडामाथिसम्म गाडिन्थ्यो खुट्टा। त्यही मलिलो हिलोका कारण मनग्गे अन्न उत्पादन हुनुको खुसीले पछि सबै तनाब...

२० विद्यालयको अनुमतिपत्र फर्जी

वीरगन्ज- वीरगन्ज उपमहानगरपालिका र ग्रामीण क्षेत्रमा यसै वर्ष खोलिएका २० संस्थागत (निजी) विद्यालयको अनुमतिपत्र फर्जी रहेको खुलासा भएको छ। शिक्षाविभागको निर्देशनमा जिल्ला शिक्षा कार्यालयको टोलीले गरेको अनुगमनमा जिल्ला शिक्षा अधिकारीको...

देशकै पहिलो खुल्ला कारागार बाँकेमा

कोहलपुर- देशकै पहिलो खुल्ला कारगार बाँके जिल्लामा बन्ने भएको छ। कारागार व्यवस्था विभागले गनापुरमा रहेको कृषि फार्मको छ विगाह जमिनमा पहिलोपटक खुल्ला कारागार बनाउन थालेको हो। कारागारका लागि नाप, नक्सा,...

सार्वजनिक सम्पत्ति संरक्षण गर्न माग गर्दै गाविसमा ताला

धादिङ- व्यक्तिले सार्वजनिक जग्गा मिच्ने क्रम बढेपछि स्थानीय बासिन्दाले तत्काल समाधान खोज्न भन्दै आइतबार धादिङको थाक्रे गाविस कार्यालयमा अनिश्चितकालीन ताला लगाएका छन्। 

असहाय बन्यजन्तुको हचुवामा उपचार

चितवन— चितवन निकुञ्ज सहित संरक्षित क्षेत्रहरुमा बर्षेनी दर्जनबढी असहाय बन्यजन्तु फेला पर्छन्। नेपालका अधिकांश संरक्षित क्षेत्रबाट चितवन निकुञ्ज ल्याइने गरिएका ती वन्यजन्तुको हकमा उपचार भने हचुवाको भरमा हुने गरेको छ।