Monday 12 Magh, 2071 |
Menu

समाज

HUB

ब्राउन सुगरको बिगबिगी

  • मङ्गलबार २२ श्रावण, २०७०
  • निर्मल घिमिरे
  • DISQUS_COMMENTS
(0 votes)
बर्दिया - नेपाल र भारतको सीमा क्षेत्रमा र गुलरिया नगरका पसलबाट लागूऔषध भेटिन थालेपछि स्थानीय अभिभावक आतंकित भएका छन्। नेपाल र भारतको सीमा क्षेत्रका गाविस जमुनि, कालिका, सानोश्री र गुलरिया नगरपालिकामा प्रहरीले खानतलासी गर्दा लागूऔषध ब्राउन सुगर फेला पार्न थालेपछि स्थानीय अभिभावक आतंकित  भएका हुन्।

लागूऔषधबारे स्थानीयले प्रहरी पटकपटक नियन्त्रण गर्न दबाब दिएपछि परिचालित प्रहरीले लागूऔषध ब्राउन सुगर धमाधम समाउन थालेको छ।
गत शुक्रबार गुलरिया–८ स्थित विशाल टेलरबाट बिक्री गर्न राखेको अवस्थामा १५ वटा पोका बनाएर राखेको १५ ग्राम लागूऔषध ब्राउन सुगर प्रहरीले बरामद गरेको छ।
सादा पोसाकमा गएका प्रहरीलाई टेलर मालिक २७ वर्षे अब्दुल मल्लिक दर्जीले प्रहरीलाई बिक्री गर्न थाल्दा प्रहरीले पक्रेको थियो। दर्जीले १ ग्रामको १ पोका ५ हजारसम्ममा बेच्ने गरेका प्रारम्भिक बयानबाट खुलेको प्रहरी भनाइ छ।
यसअघि गत चैतमा भारतमा बस्ने रियाज अन्सारीलाई इलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले जमुनीबाट ८० ग्राम ५१ मिलिग्रामसहित पक्रेको थियो।
 यसैगरी नेपाल भारतको सीमा क्षेत्र कालिकामा भारतबाट ल्याउँदै गरेको अवस्थामा ३ ग्राम ६० मिलिग्राम भारतीय नागरिक रामकान्त चौधरीसहित २ जना र सानोश्री बस्ने २ जनालाई प्रहरीले पक्रेको थियो।
 सीमा क्षेत्रबाटै पटकपटक गरी २० केजीभन्दा बढी चरेस प्रहरीले बरामद गरेको छ।
दर्जीलाई प्रहरी प्रशासनले हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय नजिकै अवैध रुपमा बिक्रीवितरण हँुदा र सेवनकर्ता बढ्दै गए पनि प्रहरीले बेवास्ता गरिरहेको स्थानीय अभिभावको आरोप छ।
यसअघि ब्राउन सुगर ओसारपसार गर्ने व्यक्ति वा सामान बरामद नभए पनि केही महिनादेखि प्रहरीको सक्रियताले गुलरिया नगर र सीमा क्षेत्रबाट लागूऔषध धमाधम बरामद हुन थालेको हो।
लागूऔषध सेवन गरेकै कारण बजार क्षेत्रमा धेरै युवा मानसिक तनावमा रहने गरेको स्थानीय अभिभावक बताउँछन्। एक अभिभावकले भने, ‘प्रहरीले शंकास्पद ठाउँमा निगरानी गरी त्यस्तो गतिविधिलाई निस्तेज पार्नुपर्छ।’
‘बजारमा किनेपछि सजिलै पाइने हुनाले सेवनकर्ता बढेका हुन्, व्यवसाय गर्ने पनि धेरै छन्,’ उनले भने।
एक महिनाभित्रै पटकपटक नशालु औषधी, चरेश र ब्राउन सुगर प्रहरीले बरामद गर्दा स्थानीय अभिभावक त्रसित भएको उद्योग वाणिज्यका अध्यक्ष अमरबहादुर खड्काले बताए। ‘प्रहरी सक्रियताले छोटो समयमै यति धेरै मात्रामा लागूऔषध बरामद भयो,’ उनले भने, ‘लागूऔषध ओसारपसार गर्ने गराउने गिरोह प्रहरीले पक्राउ गरे अभिभावक भयभीत हुने अवस्था छैन।’
प्रहरीको विशेष कारबाही योजना सुरु भएपछि लागूऔषध बरामद हुन थालेको हो। यसअघि प्रहरीले सुरक्षा रणनीति अनुसार गतिविधि सञ्चालन नगर्दा आपराधिक गिरोह प्रहरीले पक्रन सकेको थिएन।
अभिभावकका अनुसार सन्तोषी टोल, नगरका चियापसल, खैरापुर लगायत ठाउँमा युवा  समूह बनाएर सेवन गर्छन्। भारतको महिपुरुवा, नानपारा लगायत ठाउँबाट ब्राउन सुगर नेपाल भित्र्याउने समूह सक्रिय रहेको प्रहरीले दाबी गरेको छ।
अहिलेसम्म पक्राउ परेका व्यक्तिबाट भारतबाट लागूऔषध नेपाल भित्र्याउने गरेको खुलेको इलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरीक्षक सागरविक्रम राणाले बताए। ‘खुला सीमाको फाइदा उठाई आपराधिक क्रियाकलाप गर्न थालेका छन्,’ उनले भने, ‘आपराधिक गतिविधि रोक्न सीमाक्षेत्रमा प्रहरीले विशेष निगरानी गरिरहेको छ।’
प्रहरी जाँच तीव्र
विशेष सुरक्षा कारबाही योजना अन्तर्गत प्रहरीले जिल्लाका विभिन्न ठाउँमा जाँच तीव्र पारेको छ।
प्रहरीले सोमबार सुरु गरेको जाँचले निरन्तरता पाउने प्रहरी प्रमुख सुरेशबिक्रम शाहले बताए।
उनका अनुसार सीमा क्षेत्र र राजमार्गमा प्रहरी परिचालित भएका छन्।
‘सुरक्षा चाँज तीव्र पारेपछि सुरक्षा सुधारका लागि धेरै उपलब्धि मिलेको छ,’ उनले भने, ‘सहज रुपमा आपराधिक गतिविधि सञ्चालन गर्ने गिरोहले सजिलै घटना घटाउन सक्दैनन्।’
उनका अनुसार अञ्चल प्रहरी कार्यालयबाट थप बल मगाएर प्रहरीले जाँच तीव्र पारेको छ।

मिलेमतोमा प्रशासनबाटै नागरिकता

विराटनगर-अर्कै व्यक्तिको नागरिकतामा आफ्नो फोटो टाँसी बैंककस्थित नेपाली दूतावासबाट एमआरपी लिएका व्यक्तिले त्यसअघि जिल्ला प्रशासन कार्यालय मोरङबाटै नागरिकताको प्रतिलिपि झिकेको भेटिएको छ। झुर्किया गाविसको सिफारिसमा डिल्लीराम धितालका नाममा ती व्यक्तिले...

फास्ट ट्र्याक बनाउन दाता खोज्दै

फास्ट ट्र्याक बनाउन दाता खोज्दै

पोखरा-चालीस वर्षअघि लेखनाथ नगरपालिका गठन भएकै थिएन, तर बेगनास तालदेखि पृथ्वी राजमार्गको तालचोकसम्म जोड्ने सडक ६ लेनको बनाउने योजना ऊबेलै तयार भयो। सहरमा बढेको जनघनत्व र सवारी चाप थेग्न फराक...

पढाइ सकिनेबित्तिकै विद्यार्थीलाई वर्कपर्मिट

पढाइ सकिनेबित्तिकै विद्यार्थीलाई वर्कपर्मिट

काठमाडौं-यस वर्ष काठमाडौंको सान इन्स्टिच्युटबाट बिएस्सी नर्सिङ पूरा गरेकी बालाजुकी एलिजा मानन्धर डिग्री पढ्न अस्ट्रेलिया जाने तयारीमा छिन्। ‘स्नातकोत्तर गरेपछि आफ्नो क्षेत्रमा काम गर्न अस्ट्रेलियन सरकारले नै दुई वर्षका लागि वर्क...

थारु युवाहरु सम्मानित

थारु युवाहरु सम्मानित

काठमाडौं- थारु कम्युनिटीले थारु युवाहरुलाई सम्मान गरेको छ। उसको पाँचौं वार्षिकोत्सवको अवसरमा विद्यार्थी राजनीतिज्ञ सीतारम चौधरी, युवा अभियन्ता तथा पत्रकार मदन चौधरी, युवा अभियन्ता गीता चौधरी, लेखक तथा कवि जागृति...

बालिका बलात्कार अभियोगमा बृद्ध पक्राउ

पाल्पा-पाल्पा प्रहरीले बालिका बलात्कार गरेको अभियोगमा एक वृद्धलाई हिरासतमा लिएको छ। जिल्लाको पश्चिम छहरा गाविसका ६० वर्षीय वृद्धलाई प्रहरीले नियन्त्रण गरी अनुसन्धान थालेको हो।

युनेस्कोको चेतावनी कोषले टेरेन

युनेस्कोको चेतावनी कोषले टेरेन

काठमाडौं- युनेस्कोले तेस्रो पटक बाटो बन्द गर्न चेतावनी दिए पनि पशुपति विश्व सम्पदा क्षेत्र हुँदै गुह्येश्वरी जाने बाटो चालु नै छ। विश्व सम्पदा क्षेत्र मासेर बाटो बनाएको भन्दै युनेस्कोले बन्द...

नाम फेरेर टेस्ट परीक्षा

काठमाडौं- सरकारले एसएलसी परीक्षाअगाडि लिइने टेस्ट परीक्षामा रोक लगाए पनि निजी शिक्षण संस्थाले नाम फेरेर टेस्ट परीक्षा लिएका छन्। शिक्षा विभागको निर्देशनविपरीत निजी विद्यालयले माघ ४ देखि नाम फेरेर एसएलसी...

कात्तिक र पुसमा धेरै अपराध

काठमाडौं- प्रहरीको अपराध अनुसन्धान विभागको विश्लेषणअनुसार १२ महिनामध्ये कात्तिक र पुस महिनामा सबैभन्दा धेरै अपराध हुने गरेको देखिएको छ। विभागले तीन वर्ष मुलुकभर भएका अपराध संख्या र महिनाको विश्लेषणका आधारमा...