Wednesday 7 Shrawn, 2071 |
Menu

समाज

भाडाका अपराधी प्रयोग गरी पतिको हत्या

  • बुधबार १६ श्रावण, २०७०
  • मिथिलेश यादव
  • DISQUS_COMMENTS
(0 votes)
सिरहा - सिरहा मिर्चैया-२ का व्यापारी गुरुशरण साहको हत्या उनकै पत्नीले गराएको खुलेको छ। पत्नी चन्द्रिका साहले भाडाका अपराधी ल्याएर पतिको हत्या गराएको प्रहरीले अनुसन्धानले पुष्टि भएको हो। हत्या भएको झन्डै १३ दिनपछि प्रहरीले साहको हत्या पत्नीको योजनामा भएको जानकारी दियो।

क्षेत्रीय प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त अनुसन्धान टोलीको अनुसन्धानबाट वास्तविकता  खुलाएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रमेश तामाङले बताए।

केहीबेरमा जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलनमार्फत घटनाको विस्तृत जानकारी गराउँदैछ। साहको ३ गते राति मिर्चैया-२ स्थित निवासमै घाटी र शरीरको विभिन्न भाग काटी हत्या गरिएको थियो।

कोलकातामा भानु जयन्ती

कोलकाता (पश्चिम बङ्गाल)- आदिकवि भानुभक्त आचार्यको दुईसयौँ जन्मशताब्दी समारोह आइतबार कवितावाचन, सांस्कृतिक कार्यक्रमका साथ मनाइयो।

विवाह गर्न गएकी युवतीको कंकाल भेटियो

दाङ— विवाह गर्न भनेर घरबाट भागेर निस्केकी दाङ देउखुरीकी एक युवतीको २ महिनापछि कंकाल भेटिएको छ। २ महिना अघि विवाह गर्न भनेर घरबाट निस्किएकी सतवरीया ५ की २२ बर्षिया हेमा...

सत्र वर्षदेखि फरार महिला जेल चलान

गौशाला-जारी मुद्दाअन्तर्गत १७ वर्षदेखि फरार रहेकी एक महिला अभियुक्तलाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ। जिल्लाको धीरापुर गाविस–८ की ४२ वर्षीया तेतरी भन्ने मोमिन खातुनलाई जिल्ला अदालत महोत्तरीले जारी...

काबुल विमानस्थलमा आत्मघाती आक्रमण, एक नेपालीको मृत्यु, दुई घाइते

काबुल—अफगानिस्तानको राजधानी काबुलको विमानस्थल बाहिर मंगलबार भएको आत्मघाती आक्रमणमा परी धरानका गंगा लिम्बु सहित ६ जनाको मृत्यु भएको छ। अन्य दुई नेपाली अनिल गुरुङ र मेघ गुरुङ घाइते छन्।

बाघको छालासहित समातिएकालाई पाँच वर्ष कैद

चितवन- बाघको छालासहित समातिएका एकजना व्यक्तिलाई चितवन राष्ट्रिय निकुञ्जले पाँच वर्ष कैद सुनाएको छ। २०६९ साल साउन १२ मा समातिएका मकवानपुर काँकडा गाविस वडा नं. ४ स्थायी घर भइ मकवानपुर...

विश्व 'हेन्डराइटिङ' प्रतियोगितामा नेपालकी स्वर्णीमा शाक्य प्रथम

विश्व 'हेन्डराइटिङ' प्रतियोगितामा नेपालकी स्वर्णीमा शाक्य प्रथम

काठमाडौं– अमेरिकाको न्युयोर्कमा भएको विश्व 'हेन्डराइटिङ' प्रतियोगिता २०१४ मा काठमाडौं ओमबाहलकी १२ वर्षीय स्वर्णीमा शाक्य प्रथम भएकी छिन्।

प्रहरी जवान जोशीको रहस्यमय ढङ्गबाट मृत्यु

चितवन-सीमा सुरक्षाबल कञ्चनपुरमा कार्यरत सशस्त्र प्रहरी जवान गणेश जोशीको रहस्यमय ढङ्गबाट आज बिहान यहाँ मृत्यु भएको छ।

छातीमा खुकुरी खोपिएर बालकको ज्यान गयो

खोटाङ– धार लगाउँदै गरेको खुकुरी छातीमा घोपिएर खोटाङमा एक बालकको ज्यान गएको छ। घरको पिँढीमा बसेर खुकुरीमा धार लगाउनेक्रममा पल्टिँदा छातीमा खुकुरी रोपिएर राजापानी–७ का ११ वर्षीय प्रदिप राईको ज्यान...