8 Kartik, 2071 |
Menu

समाज

कैदी भागेपछि तीन सुरक्षाकर्मी निलम्वित

(0 votes)
पोखरा- बलात्कार अभियोगमा थुनामा रहेका सैमराङ गाविसका २५ वर्षे हेमबहादुर तामाङ कास्की कारागारबाट शुक्रबार बिहान फरार भएका छन्। बिहान पौने ८ बजे फोहोर फाल्ने निहुँमा कारागार हाताभित्रै निस्केका बेला तारजाली नाघेर तामाङ भागेको जेलर सुनील अधिकारीले जानकारी दिए।
घटनाको छानबिनका लागि कास्की प्रहरीले कारागार सुरक्षार्थ खटिएका हवल्दार मानबहादुर सलामी, जवानद्वय सन्तोष राई र खड्कबहादुर शाहीलाई निलम्बन गरेको छ। प्रहरी नायब निरीक्षक (सई) नरहरि अधिकारीलाई निलम्वन गर्न सिफारिस गरिएको जिल्ला प्रहरी प्रमुख केदार रिजालले जानकारी दिए। 'अनुसन्धानमा सजिलो होस् भनेर निलम्वन गरिएको हो,' रिजालले भने। 
६ कक्षामा पढ्ने बालिकालाई बलात्कार प्रयास गरेको मुद्दामा तामाङ २०६९ चैत २० देखि पुर्पक्षका लागि कारागारमा थिए। बलात्कारलगत्तै पनि फरार रहेका उनलाई केही समयपछि प्रहरीले पक्रेर मुद्दा चलाएको थियो। 
कारागार व्यवस्थापनका अनुसार अर्का बन्दी सन्तोष सुनारसँग मिलेर फोहोरको ड्रम उचाल्दै बाहिर निस्केका तामाङ साथैका सुनारलाई समेत छलेर भाग्न सफल भएका थिए। कारागार हाताको पूर्वदक्षिण कुनामा रहेको फोहोर थुपार्ने ठाउँबाट रुखको छेल परेर तामाङ भागेको हुनसक्ने अनुमान छ। अर्का बन्दी सुनारले गेटमा ड्युटी बसेका प्रहरीलाई डाक्दाडाक्दै तामाङ ताराजाली नाघेर टाढा पुगिसकेको कारागार प्रशासनले बताएको छ। अभियुक्त तामाङ भागेलगत्तै कास्की प्रहरीले उनको खोजी तीब्र पारेको छ। शुक्रबार अबेरसम्म पनि उनी फेला परेका थिएनन्।

जिप दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची-खिल्जीमा गए राति जिप दुर्घटना हुँदा त्यसका चालक खिल्जी–१ का भोजबहादुर बस्नेतको मृत्यु भएको छ।

आज भाइटीका, साइत ११ बजेर ३५ मिनेटमा

काठमाडौँ–यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाइँदैछ। भाइटीकाको उत्तम साइत...

युवा जोडीद्वारा एउटै डोरीमा झुन्डिएर 'आत्महत्या'

सोलुखुम्बु– वाकु–४ सिबुचे सोलुखुम्बुस्थित जङ्गलको रुखमा एउटै डोरीको गाँठो पारी झुन्डिएको अवस्थामा दुईजनाको शवको अवशेष प्राप्त भएको छ।

बियरको बोतलले हानेर सशस्त्र प्रहरी जवानको हत्या

सुर्खेत— बीरेन्द्रनगर नगरपालिका–११ चनौटे घर भई सशस्त्र प्रहरी गण मुख्य कार्यालय सुर्खेतमा कार्यरत प्रहरी जवान ईन्द्र बहादुर बुढाको कुटपिटबाट मृत्यु भएको छ।

डाँकाले हानेको गोली खुट्टामा लाग्यो, दुई पक्राउ

धनुषा—लवटोली–९ बस्ने बद्री अधिकारी र हेम कुँवरको घरमा डकैत गर्न आज शुक्रबार आएका डाँकाहरुले घर भित्र प्रबेश गरी डकैत गर्न खोज्दा स्थानीय बासिन्दाले प्रतिकार गरेपछि झडप भएको छ। झडपका क्रममा...

जुवा खालमा पेस्तोल राख्ने सहित १६ जना पक्राउ

स्याङजा—अवैध जुवातास खेलिरहेको स्थानबाट प्रहरीले कटुवा पेस्तोल १ थान, सोमा लाग्ने टोटा १ थान सहित १ जनालाई पक्राउ गरेको छ। साथै जुवा खेलिरहेका अन्य १५ जना पनि पक्राउ परेका छन्।...

तास खेल्नेहरु दुई सय रुपैयाँ जरिवाना तिरेर छुटे

उदयपुर— चारदिनअघि ताल र नगदसहित पक्राउ परेका यहाँका आधादर्जन स्थानीयलाई जरिवाना तिराएर प्रहरीले छाडेको छ। सदरमुकाम गाईघाटकै एक घरमा तास खेल्दै गरेका त्रियुगा नगरपालिका जिल्लाको दक्षिणभेगको गाविस सुन्दरपुर ५ का...

दिपावली गर्ने क्रममा आगलागी हुँदा घर जल्यो

उदयपुर— तिहारमा दिपावली गर्ने क्रममा आगलागी भएर यहाँको एक घर बिहीबार राति जलेर नष्ट भएको छ। जिल्लाको पूर्वी गाविस रामपुर ठोक्सिला ८ स्थित धोदन सदाको घर जलेर नष्ट भएको प्रहरीले...