Sunday 6 Poush, 2071 |
Menu

समाज

शिशु जन्मार फाल्ने काका–भतिजी पक्राउ

  • शुक्रबार ११ श्रावण, २०७०
  • बिक्रम गिरी
  • DISQUS_COMMENTS
(0 votes)

महेन्द्रनगर — आफ्नै भतिजीलाई गर्भवती बनाई उनीबाट जन्मिएको नवजात शिशुलाई खोलामा फाल्ने काकालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले शिशु जन्माउने उनकी भतिजीलाई समेत पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुडा गाविस ९ का सुरज विष्ट तथा उनकी भतिजी तुलसी विष्टलाई पक्राउ गरेको हो।

 

उनीहरुले अवैध शिशु जन्माई बुधवार गाउँ नजिकैको खोलामा फालेको प्रहरीले जनाएको छ। सुडा–९ स्थित खोलामा प्रहरीले बेवारिसे नवजात शिशु भेटाएको थियो। प्रहरीले बेवारिसे शिशु महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्‍याएको थियो।

अनुसन्धानका क्रममा सुरज र उनकी भतिजी तुलसीले शिशु जन्माएको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक बिर्ख बहादुर रावलले बताए। 'युवतीले डरले शिशु खोलामा फालेको बयान दिएकी छन्, डिएसपी रावलले भने। थप छानविन गरी कारबाही प्रक्रिया अघि बढाउने उनले बताए।

अञ्चल अस्पतालको पोषण पुर्नस्थापना केन्द्रमा स्याहारका लागि राखिएकी नवजात शिशु (छोरी) लाई त्यही कार्यरत कर्मचारी पुष्पा महत्तराले आफ्नो् जिम्मामा लिएकी छन्। प्रहरीका अनुसार पुष्पाले जिल्ला प्रशासन कार्यालयमा शिशु हुर्काउन पाउँ भनि निवेदन दिएकी छन्।

मन्त्री खड्कासँग १८ तोला सुन

काठमडौं– सहरी विकासमन्त्री नारायण खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २०७०/७१ को सम्पत्ति विवरण पेस गरेका छन्। मन्त्री खड्काको काठमाडौं खड्का भद्रकालीमा घरजग्गा र गृह जिल्ला उदयपुरमा १५ कट्ठा जग्गा रहेको...

तस्करलाई सघाएको आरोपमा दुई वन कर्मचारी निलम्बित

डडेल्धुरा– चुरे क्षेत्रमा भइरहेको वन तस्करीलाई सघाएको भन्दै जिल्ला वन कार्यालय डडेल्धुराले दुई सहायक वन अधिकृतलाई निलम्बन गरेको छ। सेक्टर वन कार्यालय जोगबुढामा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसी र...

चिट्ठा परेको भन्दै ठग्ने समूहका तीन पक्राउ

काठमाडौं– चिट्ठामा कार र नगद पुरस्कार परेको भन्दै ठगी गर्ने समूहका तीन जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ। विराटनगर १५ का पिंकु भन्ने तारिक अली, १३ का सुनील...

चिसोले कठ्यांग्रिएर ६ जनाको मृत्यु

चिसोले कठ्यांग्रिएर ६ जनाको मृत्यु

रौतहट- चिसोले कठ्यांग्रिएर रौतहट र पाल्पामा गरी ६ जनाको मृत्यु भएको छ। रौतहटमा शुक्रबार राति संग्रामपुर-९, का ४५ वर्षीय रामनाथ पासवान, वडा-७ का ५५ वर्षीय अनती भगत राउत र वडा-१...

माघी महोत्सवको उद्‍घाटन प्रधानमन्त्रीले गर्ने

माघी महोत्सवको उद्‍घाटन प्रधानमन्त्रीले गर्ने

काठमाडौं- राजधानीमा हुने माघी महोत्सवको उद्‍घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्ने भएका छन्। थारु कल्याणकारिणी सभा (उपत्यका समिति)ले माघ १ गते टुँडिखेलमा १३औं माघी महोत्सव आयोजना गर्दैछ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा...

वाग्मती सफाइमा सत्यार्थी

वाग्मती सफाइमा सत्यार्थी

ललितपुर-नोबेल शान्ति पुरस्कार विजेता भारतका प्रसिद्ध बालअधिकारकर्मी कैलाश सत्यार्थी आज वाग्मती सफाइ महाअभियानमा सहभागी भएका छन्। महाअभियानको ८४ शृङ्खलाअन्तर्गत टेकु पुल अगाडिदेखि सानेपा पुलसम्मको क्षेत्रमा भएको सरसफाइ कार्यक्रममा सहभागी सत्यार्थीले वाग्मती...

गन्तव्य नपुर्‍याई झारिन्छन् यात्रु

गन्तव्य नपुर्‍याई झारिन्छन् यात्रु

जुम्ला-बसले गन्तव्य नपुर्या्ई बीच बाटोमै छाडिदिँदा कर्णाली राजमार्गका यात्रुले सास्ती बेहोर्नुपरेको छ। सुर्खेत, नेपालगन्जबाट आएका बस खर्चै नउठ्ने भन्दै उपल्लो भेग जाने यात्रुलाई बाटोमै ओह्रालेर सिजाक्षेत्र तथा मुगुबाट झरेका यात्रु...

जाजरकोट बस दुर्घटना: राहतका लागि प्रधानमन्त्रीलाई ज्ञापन

जाजरकोट-जाजरकोट बस दुर्घटनाका पीडित परिवारले महिना दिन बितिसक्दा पनि राहत नपाएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन्। पाँच दिनभित्र माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी पनि उनीहरुले दिएका छन्।