Sunday 24 Magh, 2072 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

भारतीय रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

(0 votes)
विराटनगर - बिहीबार साँझ बुद्ध एयरबाट काठमाडौं उड्न लागेका एक भारतीय नागरिकको साथबाट मोरङ प्रहरीले हजार र पाँचसय दरका भारतीय रुपैयाँ बरामद गरेको छ। नेपालमा हजार र पाँचसय दरको भारतीय रुपैयाँ बोक्न प्रतिबन्ध छ।
nepalipatro-nagarik
भारत विहारको पटना महेशनगर रोडमा बस्ने जिवन प्रकाशको साथबाट प्रहरीले एक हजार दरका एकसय थान र पाँचसय दरका एकसय २४ थान गरी एकलाख ६२ हजार भारतीय रुपैयाँ बरामद गरेको छ। प्रहरीले जिवन प्रकाशसहित पैसा नियन्त्रणमा लिएको मोरङ प्रहरीका इन्सपेक्टर राजन कार्कीले जनाकारी दिए। 
‘के परियोजनका लागि उनले यतिधेरै भारतीय रुपैयाँ काठमाडौं लैजान लागेको खुल्न सकेको छैन,’ इन्सपेक्टर कार्कीले भने,‘जिवन प्रकाशले काठमाडौं घुमफिरमा खर्च गर्न उक्त पैसा बोकेको बताउँछन्।’ विराटनगर विमानस्थलमा चेकजाँचको क्रममा प्रतिबन्धित भारूसहित उनलाई प्रहरीले पक्राउ गरेको हो। 
आवश्यक कारबाहीको लागि आज उक्त नगद र जिवन प्रकाशलाई राजस्व अनुसन्धान विभाग बबरमहल काठमाडौं पठाउने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पाटन दरबार क्षेत्रमा मानव अतिक्रमण

ललितपुर- शनिबार ,विहान ११ बजेदेखि बेलुका पाँच बजेसम्म पाटन दरबार क्षेत्रमा विभिन्न बिद्यालयका विद्यार्थीले आफ्ना प्रतिभा देखाए। कार्यक्रम ललितपुर उपमहानगरपालिकाले आयोजना गरेको थियो। उत्साहीत विद्यार्थीले कविता सुनाए, गित,नृत्य, बाद्यबादन देखि...

गाउँकै चेलीलाई मुम्बईमा बिक्री गर्ने अख्तर पक्राउ

रौतहट-मानव बेचविखन तथा ओसार पसार मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। २०६९ सालमा आफ्नै गाउँको चेलीलाई भारतको मुम्बईमा बिक्री गरी फरार रहेका रौतहटको राजपुर तुलसी गाविस...

जाजरकोट अस्पताललाई सोलार

जाजरकोट- सधै विद्युत अभाव भइरहने जाजरकोट अस्पताललाई चीनमा बस्ने एक नेपालीले सोलार पावर सहयोग गरेका छन्। 'मैन बत्तिमा उपचार' भन्ने समाचार नागरिक दैनिकमा छापिएपछि नेपाली काँग्रेस जनसम्पर्क समिति चीनका सभापति...

रोमीको गहिरो कुकुर प्रेम

रोमीको गहिरो कुकुर प्रेम

काठमाडौं- उनको जीवनमा कुकुरले जति साथ दिए, त्यतिको साथ मान्छे जातिले कहिल्यै दिएनन्। त्यसैले हुनु पर्छ उनको मनमा कुकुरप्रति गहिरो पे्रम छ। कुकुर सुखी हुँदा उनी सुखी हुन्छिन्, कुकुर दुःखी...

सिरहा सप्तरीमा यातायात सञ्चालन

सिरहा सप्तरीमा यातायात सञ्चालन

लहान–शुक्रबारबाट वीरगञ्ज नाका खुलेसँगै सिरहा र सप्तरीमा सार्वजनिक यातायात आइतबारबाट पूर्ण रुपमा सञ्चालनमा आएको छ । सगरमाथा यातायात व्यवसायी संघ सिरहाले औपचारिक निर्णय गर्दै सगरमाथा अञ्चलभर सार्वजनिक बस सञ्चालन गरेको...

उदयपुरमा 'महिनावारी शिक्षा' चलाइने

उदयपुर- विद्यालयमा छात्राको अनुपस्थिति शून्य गराउन 'महिनावारी शिक्षा' सञ्चालन गरिने भएको छ। महिनावारीको समस्यालाई ध्यानमा राखेर किशोरी लक्ष्ति कार्यक्रम सञ्चालन गर्न लागिएको हो। कार्यक्रमको लागि जिल्लाका दुईवटा गाविस छनौट गरिएको...

चितुवा पीडितलाई सोलार

चितुवा पीडितलाई सोलार

बैतडी- चितुवाको आक्रमणबाट घाइते परिवारलाई जिल्ला वन कार्यालयले सोलार वितरण गरेको छ। जिल्लाको विशालपुर, उदयदेव, रोडिदेवल र गुजर गाबिसका ८ जना घाइते परिवारलाई ३० वाट क्षमताको सोलार वितरण गरेको हो।

स्कुलको छतबाट खसेर एक बालिकाको मृत्यु

महोत्तरी- रामगोपालपुर-१ स्थित ग्लोरी सेकेन्डरी बोर्डिङ स्कुलको छतबाट खस्दा एक बालिकाको मृत्यु भएको छ। हतिसर्वा देनपट्टीटोल बस्ने शम्भु चौधरीको १० वर्षीया छोरी समिक्षा चौधरीको विद्यालयकै छतबाट खस्दा मृत्यु भएको जिल्ला...