Wednesday 7 Shrawn, 2071 |
Menu

समाज

प्रहरीले चक्कु हान्दा एकजना गम्भीर घाइते

  • आइतबार ३० असार, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
अछाम— जिल्लाको जनाली बण्डाली गाविस– ४ का छत्रबहादुर थ्यायत चक्कु प्रहारबाट गम्भीर घाइते भएका छन्। नेपाल प्रहरीमा कार्यरत सोही वडाका हिमबहादुर शाहीको चक्कु प्रहारबाट थ्यायत गम्भीर घाइते भएका हुन्।
गएराति गाविसकै ठूलासैन बजारमा पसलमा बसिरहेको बेला थ्यायतमाथि शाहीले एक्कासि चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहारबाट थ्यायतको बायाँ गाला र छातीमा चोट लागेको आफन्तले बताएका छन्।

चक्कु प्रहार गर्ने शाहीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। चक्कु लागेका भन्दा चक्कु चलाउने बढी घाइते भएकाले दुवैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक श्यामप्रसाद पौडेलले जानकारी दिए।

चक्कु प्रहार गर्नुपर्नाका कारणबारे प्राप्त समाचारमा केही जनाइएको छैन।

कोलकातामा भानु जयन्ती

कोलकाता (पश्चिम बङ्गाल)- आदिकवि भानुभक्त आचार्यको दुईसयौँ जन्मशताब्दी समारोह आइतबार कवितावाचन, सांस्कृतिक कार्यक्रमका साथ मनाइयो।

विवाह गर्न गएकी युवतीको कंकाल भेटियो

दाङ— विवाह गर्न भनेर घरबाट भागेर निस्केकी दाङ देउखुरीकी एक युवतीको २ महिनापछि कंकाल भेटिएको छ। २ महिना अघि विवाह गर्न भनेर घरबाट निस्किएकी सतवरीया ५ की २२ बर्षिया हेमा...

सत्र वर्षदेखि फरार महिला जेल चलान

गौशाला-जारी मुद्दाअन्तर्गत १७ वर्षदेखि फरार रहेकी एक महिला अभियुक्तलाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ। जिल्लाको धीरापुर गाविस–८ की ४२ वर्षीया तेतरी भन्ने मोमिन खातुनलाई जिल्ला अदालत महोत्तरीले जारी...

काबुल विमानस्थलमा आत्मघाती आक्रमण, एक नेपालीको मृत्यु, दुई घाइते

काबुल—अफगानिस्तानको राजधानी काबुलको विमानस्थल बाहिर मंगलबार भएको आत्मघाती आक्रमणमा परी धरानका गंगा लिम्बु सहित ६ जनाको मृत्यु भएको छ। अन्य दुई नेपाली अनिल गुरुङ र मेघ गुरुङ घाइते छन्।

बाघको छालासहित समातिएकालाई पाँच वर्ष कैद

चितवन- बाघको छालासहित समातिएका एकजना व्यक्तिलाई चितवन राष्ट्रिय निकुञ्जले पाँच वर्ष कैद सुनाएको छ। २०६९ साल साउन १२ मा समातिएका मकवानपुर काँकडा गाविस वडा नं. ४ स्थायी घर भइ मकवानपुर...

विश्व 'हेन्डराइटिङ' प्रतियोगितामा नेपालकी स्वर्णीमा शाक्य प्रथम

विश्व 'हेन्डराइटिङ' प्रतियोगितामा नेपालकी स्वर्णीमा शाक्य प्रथम

काठमाडौं– अमेरिकाको न्युयोर्कमा भएको विश्व 'हेन्डराइटिङ' प्रतियोगिता २०१४ मा काठमाडौं ओमबाहलकी १२ वर्षीय स्वर्णीमा शाक्य प्रथम भएकी छिन्।

प्रहरी जवान जोशीको रहस्यमय ढङ्गबाट मृत्यु

चितवन-सीमा सुरक्षाबल कञ्चनपुरमा कार्यरत सशस्त्र प्रहरी जवान गणेश जोशीको रहस्यमय ढङ्गबाट आज बिहान यहाँ मृत्यु भएको छ।

छातीमा खुकुरी खोपिएर बालकको ज्यान गयो

खोटाङ– धार लगाउँदै गरेको खुकुरी छातीमा घोपिएर खोटाङमा एक बालकको ज्यान गएको छ। घरको पिँढीमा बसेर खुकुरीमा धार लगाउनेक्रममा पल्टिँदा छातीमा खुकुरी रोपिएर राजापानी–७ का ११ वर्षीय प्रदिप राईको ज्यान...