4 Ashwin, 2071 |
Menu

समाज

बलात्कारपछि महिलाको हत्या

(0 votes)
ताप्लेजुङ - पाँचथर थर्पु-६ घरभई हाल बेलायतमा बसोवास गर्दै आएकी कृष्णमाया माबोको हत्या भएको छ। बलात्कारपछि हत्या गरिएको त्यहाँको प्रहरीले जनाएको छ। बेलायतस्थित रेलिग शहर नजिक आवर फिल्डमा बसोबास गर्दै आएकी उनको घरबाट दुई माइलको दुरीमा रहेको गहुँबारीमा हत्या गरी फालिएको अवस्था शव फेला परेको कृष्णमायाका आफन्त विश्वास पाख्रिनले जानकारी दिएका छन्।
घरबाट घुम्नका लागि निस्किएकी उनलाई जबरजस्ती लगिएको त्यहाँको प्रहरीले अनुमान लगाएको पनि पाख्रिनले बताए। राति अबेरसम्म घर नफर्किएपछि श्रीमान ठालुमान माबोले प्रहरीमा खबर गरेका थिए। कुकुरको सहयोगमा प्रहरीले तुरुन्तै खोजी थालेपनि एकदिन पछि मात्रै शव फेला पारेको थियो। हत्या अभियोगमा ३० वर्षीय युवक गलेनजोनलाई पक्राउ गरेको जनाइएको छ।

काठमाडौं मल अगाडि ४ पकेटमार पक्राउ

काठमाडौं— धेरै सर्वसाधारणको भिड हुने सुन्धाराको काठमाडौं मल क्षेत्रबाट प्रहरीले ४ जना पकेटमारालाई पक्राउ गरेको छ। दशैँमा हुनसक्ने चोरीका घटना नियन्त्रण गर्न खटिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भदौ २...

चट्याङ लागेरे २ को मृत्यु

सोलुखुम्बु-चट्याङ लागेर सोलुखुम्बुका छुट्टा-छुट्टै स्थानमा २ जनाको मृत्यु भएको छ। बिहीबार राती साढे ८ बजे परेको चट्याङ लागेर तिंला-७ तिङनासाका रामबहादुर बस्नेत र सल्यान-६ २६ वर्षीया फुर्वा कुइसाङ शेर्पाको सल...

मादकपदार्थ सेवन गरेर श्रीमतीको हत्या

इलाम-इलाम माईपोखरीका एक युवकले आफ्नै श्रीमतीलाई गएराति कुटपिट गरी हत्या गरेका छन्।

गर्मीका कारण महिलाको मृत्यु

गौशाला-विगत तीन/चार दिनदेखि बढेको असहनीय गर्मीका कारण महोत्तरीको सुगा भवानीपट्टी गाविसमा बिहीबार एक महिलाको मृत्यु भएको छ।

मोटरसाइकल जुध्दा एकको मृत्यु

रत्ननगर (चितवन)-जिल्लाको दारेचोकमा दुई मोटरसाइकल एकआपसमा जुध्दा एकजनाको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन्।

गाडीबाटै १८ लाख गायब

सर्लाही- सागरनाथ वन विकास परियोजनाका कर्मचारीको तलबका लागि निकालिएको पैसा गाडीबाटै चोरी भएको छ। परियोजनाको हात्तीलेड शाखाका कर्मचारीलाई तलब दिन लालबन्दीस्थित राष्ट्रिय वाणिज्य बैंकबाट निकालिएको १७ लाख ९९ हजार ४...

वायुयान संग्रहालय खुल्यो

वायुयान संग्रहालय खुल्यो

धनगढी- विश्वमा हालसम्म बनेका सबै मोडेलका हवाई जहाजबारे जानकारी उपलब्ध गराउने गरी धनगढीको हसनपुरमा वायुयान संग्रहालय सञ्चालनमा आएको छ। बिहीबार आयोजित कार्यक्रमबीच पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संग्रहालय उद्‍घाटन गरेका हुन्।

८७ करोडको आयोजना सुस्त

बनेपा- चिनिया कम्पनीसँग ठेक्का सम्झौता भएको दुई वर्षभित्र निर्माण सक्ने भनिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माणमा सुस्त भएको छ। आधाभन्दा बढी रकम खर्च भइसके पनि सम्झौता अवधि ९ महिना...