Friday 18 Bhadra, 2072 |
Menu

समाज

republica-header

ist-cc

अपराधमा विदेशी खेलाडी

(0 votes)
काठमाडौं - फुटबल खेलाउन ल्याइएका विदेशी खेलाडी आपराधिक गतिविधिमा संलग्न भएको तथ्य खुलेको छ। जावलाखेल युथ क्लबले गत वर्षको डिभिजन लिग खेलाउन ल्याएको जोन डाइक पक्राउपछि सो तथ्य खुलेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले इन्डोनेसियाको समूहसँग मिलेर चिट्ठा परेको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा उनका सहयोगी सिरियाली नागरिक अर्नेस्ट पि कामरा र नेपाली सहयोगी सम्झना परियारलाई शुक्रबार पक्राउ गरेको हो।  
ब्युरोका डिआइजी केशबहादुर शाहीका अनुसार ए डिभिजन लिग खेल्न आएका अर्नेस्टलाई कुनै क्लबले नलिएपछि उनी विभिन्न गिर्जाघरमा पास्टरको आवरणमा लुक्दै बसेका थिए। जोन जावलाखेल युथ क्लबबाट लिग खेलिसकेपछि उनी गैरकानुनी रुपमा बस्दै आएका थिए।
अनुसन्धान अधिकारीका अनुसार उनीहरुले इन्डोनेसियाको जकार्तामा सक्रिय समूहसँग मिलेर पेप्सी अन्तर्राष्ट्रिय मोबाइल चिट्ठा जितेको वेब एसएमएस पठाएर ठगेका थिए। ब्युरोमा सम्पर्कका लागि आएकाको आधारमा उनीहरुले दुईजना नेपालीबाट करिब १२ लाख रुपैयाँ ठगेको खुले पनि ठगिनेको संख्या बढी हुन सक्ने प्रहरी आशंका छ। डिआइजी शाहीका अनुसार उनीहरुले पाँच लाख पाउन्ड जितेको एसएमएससँगै उक्त रकम लिनुअघिका प्रक्रिया पूरा गर्न शुल्क लाग्ने भन्दै प्रतिव्यक्ति १० हजार अमेरिकी डलरसम्म असुलेका थिए।
'एसएमएसमा इमेल ठेगाना दिएर सम्पर्क गर्न लगाई विभिन्न शुल्कको बहानामा रकम असुलेर ठग्ने गरेको देखियो,' शाहीले नागरिकसँग भने, 'उनीहरुले नेपालकै बैंकमा रहेको खातामा रकम जम्मा गराएर ठगी गरेका थिए।'
शाहीका अनुसार उनीहरुले कानुनी शुल्क, प्रक्रिया अगाडि बढाउने शुल्क, चिट्ठा कर, बिमालगायत शीर्षकमा नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा पैसा जम्मा गराएका थिए। उनीहरुले ठगी प्रक्रियालाई विश्वसनीय बनाउन पेप्सी, कानुनी परामर्शदाता, विदेशी बैंकलगायतको नक्कली इमेल आइडी बनाएर प्रयोग गरेका थिए।
ठगीमा प्रयोग भएको बैंक खाता परियारको नाममा भए पनि कारोबार अर्नेस्टले गर्थे। भनेको शुल्क बैंकमा जम्मा भएपछि उनीहरु सम्पर्कविहीन हुन्थे।
ब्युरोमा रुपेश प्रजापतीले आफू वेब एसएमएसबाट ठगीएको निवेदन दिए पनि प्रहरी अनुसन्धान सफल हुन सकेको थिएन। नेपाल इन्भेस्टमेन्ट बैंकको एक खाताको कारोबार शंकास्पद लागेपछि बैंक आफैंले प्रहरीलाई जानकारी गराएको थियो।
सो जानकारीको आधारमा खातावालको खोजी गर्दा परियार पक्राउ परिन्। उनले चर्चमा भेटिएका विदेशी नागरिकले विदेशबाट आफ्ना लागि आउने पैसा झिक्न भन्दै आफ्नो खाता प्रयोग गरेको बयान दिएपछि प्रहरीले कपनबाट बिहीबार बाँकी दुईजनालाई पक्राउ गरेको थियो।
अर्नेस्टले ठगेको रकम परियारलाई पनि दिन्थे। प्रहरीले उनीहरुको डेरामा चार लाख १७ हजार रुपैयाँ, ल्यापटप, विदेशी सिमकार्डलगायत सामग्री भेटेको छ।
उनीहरुले एभरेष्ट बैंकको खाताबाट समेत दुई लाख रुपैयाँ निकालेको देखिएको जानकारी दिँदै शाहीले उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर ठगीमा संलग्न समूहको खोजीमा अनुसन्धान जारी रहेको बताए।

प्रतिक्रिया

हिन्दु अगुवाले भने– ‘कमल नयनाचार्य सामन्त हो’ (भिडियो)

काठमाडाैं– हिन्दु धर्मका अभियान्ताले नै स्वामी कमलनयनाचार्यलाई 'सामन्त' भन्दै चर्को बिरोध गरेका छन्। बुधबार नयाँ बानेश्वरमा हिन्दुहरूको प्रदर्शन भइरहँदा कमल नयनाचार्यविरूद्ध चर्को नाराबाजी भयो। ‘हामीले पानीको फोहोरा र लाठी खाने,...

पहिरोले खोटाङमा ५३ घर बिस्थापित, टेलिफोन अवरुद्ध हुँदा ढिलो जानकारी

खोटाङ– भीषण वर्षाका कारण गएको पहिरोले खोटाङमा ५३ घर बिस्थापित भएका छन्।

डेनमार्कको भिषा ग्यारेन्टी लगाइदिन्छु भन्ने कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं—पुतलीसडकस्थित अथेन्टिक एजुकेसन इन्स्टिच्युटका सञ्चालक मोहन ढकाललाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।

सार्वजनिक सवारीसाधनको भाडा घटाउन निर्देशन

सार्वजनिक सवारीसाधनको भाडा घटाउन निर्देशन

काठमाडौं—सरकारले पेट्रोलियम पदार्थमा आएको गिरावटको आधारमा सार्वजनिक सवारीसाधनको भाडा घटाउन निर्देशन दिएकको छ।

छोरी भेट्न हिडेका वृद्धको शव चमेलियामा फेला

बैतडी– चमेलिया नदीमा एक वृद्धको शव भेटिएको छ। बुधबार करिव २ बजेतिर नदीमा बग्दै गरेको अवस्थामा रुद्रेश्वर–७ का ६० वर्र्षीय नरबहादुर भण्डारीको शव फेला परेको हो।

क्यानडाको प्रलोभनमा १ लाख ७७ हजार ठग्ने पक्राउ

काठमाडौं– ग्रिनकार्ड योजनाअन्तर्गत क्यानडा पठाइदिने भन्दै १ लाख ७७ हजार रुपैयाँ ठगी गर्ने पुतलिसडकस्थित अथेन्टिक एजुकेसन इन्स्टीच्युटका संचालक ४६ वर्षीय मोहन ढकाललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ।

भारतमा पढ्न पठाइदिने भन्दै ५ लाख ९१ हजार ठग्ने पक्राउ

काठमाडौं– भारतमा अध्ययनको लागि पठाइदिने भुटो आश देखाएर ५ लाख ९१ हजार रुपैयाँ ठग्ने एक व्यक्ति पक्राउ परेका छन्।

बन्दको अवज्ञा गर्दै सवारी साधन संचालनमा

कोहलपुर–थरुहट संयुक्त संघर्ष समिति र मधेशी मोर्चाको अनिश्चितकालीन बन्दले आजित यातायात व्यवसायीले बिहीबारबाट स्वतस्फूर्त सवारी साधन सञ्चालन गरेका छन्। साउन २७ देखिको बन्दबाट आजित व्यसायीेले बन्द अवज्ञा गर्दै सडकमा सवारी...