Monday 18 Falgun, 2071 |
Menu

समाज

HUB

सुपारी तस्कर र प्रहरीबीच तनाव भएपछि हवाइ फाएर

  • ११ जेष्ठ, २०७०
  • राजु अधिकारी
  • DISQUS_COMMENTS
(0 votes)
झापा- सुपारीको निहुँमा बारम्बार तनाव सिर्जना हुने पूर्वी नाका काँकडभिट्टामा शुक्रबार राति त्यही बहानामा गोली चलेको छ। मध्यरातमा तीन राउण्ड हवाई फायर हुँदा स्थानीयबासी आतंकित भएका थिए। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डीएएसपी नलप्रसाद उपाध्यायका अनुसार भारतीय बजारतिर अवैध ढंगले निर्यात गर्न लागिएको सुपारी नियन्त्रण गर्न गोली चलाउनु परेको हो। 'तस्करले सुपारी भारततिर लैजान खोज्दै थिए', उनले भने,'तानातान हुँदा प्रहरीले हवाई फायर गर्नुपरेको हो।


काँकडभिट्टा नजिकैको नकलबन्दा नाकामा गोली चलेपछि सुपारी बोकेका तस्करहरु भागेको प्रहरीले जनाएको छ। उपाध्यायका अनुसार शुक्रबार रातभरिमा प्रहरीले ४ हजार ८ सय केजी सुपारी बरामद गरेको छ। तरत्यसमा संलग्न व्यक्तिहरु भने पक्राउ नपरेको प्रहरीले जनाएको छ। 

स्वाइन फ्लु त्रासले विद्यालय बन्द

गोरखा– एक पछि अर्को विद्यार्थी छटपटाएर ढल्न थालेपछि गोरखाको बिरेञ्चोकमा रहेको रत्नराज्य उमावि बन्द भएको छ। आइतबार बिहान १० बजे प्रार्थना सभा सकेर कक्षा कोठाभित्र पढ्न पुगेका छात्रछात्रा छट्पटाएर ढलेपछि...

चिसोले उपस्वास्थ्य चौकीका कर्मचारीको मृत्यु

गोरखा- लगातारको वर्षासँगै चिसो बढेपछि गोरखा नगरपालिका-७ आहलेको रानीस्वाँरा उपस्वास्थ्य चौकीमा कार्यरत पियन ४२ वर्षीय तिलक बस्नेतको मृत्यु भएको छ। आइतबार दिनभर कार्यालयमा रहेका बस्नेतको शव आज बिहान कार्यालय नजिकै...

सर्वसुलभ शुल्कमा बेलायत अध्ययन

सर्वसुलभ शुल्कमा बेलायत अध्ययन

काठमाडौं- अंग्रेजीभाषी देशहरुमा तुलनात्मक रुपमा बेलायतमा छोटो समय र सर्वसुलभ शुल्कमा डिग्री उपलब्ध हुने भएकाले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको गन्तव्य बेलायत बन्दै गएको छ। बेलायती शिक्षा प्रणालीले साधारण शिक्षाका...

तलब माग्दै शिक्षक आन्दोलित

रौतहट- चार महिनादेखि तलब नपाएको भन्दै रौतहटका शिक्षक अनिश्चितकालीन हडतालमा उत्रेका छन्। नेपाल शिक्षक महासंघअन्तर्गत पेसागत संस्थाहरुको आह्वानमा आठसूत्रीय माग अघि सारेका शिक्षकले आइतबारदेखि जिल्लाभरिका सामुदायिक स्कुल ठप्प पारी हडताल...

कक्षामै विद्यार्थी ढलेपछि विद्यालय बन्द

गोरखा- कक्षाकोठामै विद्यार्थी बिरामी भएर ढल्न थालेपछि आइतबार गोरखा नगरपालिका–९, बिरेनचोकको रत्नराज्य लक्ष्मी उच्चमाविमा पढाइ रोकिएको छ। बिहान प्रार्थना सकेर कोठामा छिरेलगत्तै कक्षा १० का चार विद्यार्थी बिरामी परेका हुन्।

नहर र पिच बाटो नै बिक्री

चितवन- मालपोत कार्यालयले लगत कट्टा गर्न बिर्संदा एक व्यक्तिले नहर र पिचबाटोमा परेको जग्गा बैंकमा धितो राख्नुका साथै अर्को व्यक्तिलाई बिक्री गरेको पाइएको छ। त्यस्तो जग्गा झुक्याएर बिक्री गरेको अभियोगमा...

यो वर्ष पनि स्वाइन फ्लुबाट मृत्यु

काठमाडौं- 'स्वाइन फ्लु' का नाममा चिनिने मौसमी इन्फ्लुएन्जा 'ए' संक्रमणबाट यस वर्ष पनि एक बिरामीको मृत्यु भएको छ। राजधानीको मोडल अस्पतालमा उपचाररत काठमाडौं निवासी ४८ वर्षीया महिलाको शनिबार राति मृत्यु...

हिमतालसम्बन्धी सम्मेलन सुरु

काठमाडौं- हिमतालहरूमा जलवायु परिवर्तनको असर छ कि छैन? कुन अनुपातमा हिमतालहरू पग्लिरहेका छन्? हिमाली भेगमा हिउँ पर्ने र पग्लिने क्रम कस्तो छ? यसले कुन कुन क्षेत्रमा असर पारिरहेको छ?