Tuesday 17 Chaitra, 2071 |
Menu

समाज

HUB

नारायणीमा अपहरण फस्टाउँदो

  • ११ जेष्ठ, २०७०
  • मदन ठाकुर
  • DISQUS_COMMENTS
(0 votes)
रौतहट- भारतसँग सीमा जोडिएको नारायणी अञ्चलअन्तर्गत रौतहट, बारा र पर्सा जिल्लामा अपहरणको शृंखला पुनः सुरु भएको छ। सात महिनायता यी तीन जिल्लामा भएका सातैवटा अपहरण घटनामध्ये कुनैमा पनि प्रहरीले अपहृतको उद्धार गर्न सकेको छैन।


गरुडा बजारबाट महिनौंअघि अपहृत १४ वर्षीय सुनिल बैठा र पौने दुई महिनाअघि भारत बैरगनियाबाट अपहृत १८ वर्षीय रामचन्द्र साहको अवस्था अज्ञात छ। समनपुर९ हथियौलका अच्छेलाल बैठाका छोरा सुनिलकुमार बजारबाटै १७ असोजमा अपहरणमा परेका थिए। 

यसैगरीमत्सरी८ का फेकु साह बनियाँको १८ वर्षीय छोरा रामचन्द्र साह घरायसी सामान किन्न सीमावर्ती भारतीय बजार बैरगनिया जाँदा चैत १८ गते अपहरणमा परे। अपहृत दुवैको अवस्था अज्ञात छ। अपहृतको अवस्था प्रहरीले पत्ता लगाउन सकेको छैन। अपहरणकारीले पटकपटक ८४१५९८३९१३ नम्बरको भारतीय मोबाइलबाट साहलाई सम्पर्क गरी एक करोड रुपैयाँ फिरौती मागेका छन्।  

तिम्रो छोरा बैरगनियामै सुरक्षित छकेही पैसा खर्च गरे फिर्ता ल्याइदिन्छु भन्दै किसुनी सहनीका छोरा चन्दनले रकम मागेको फेकुको दाबी छ। 

प्रहरीले अपहरणको मुख्य योजनाकार भन्दै सहनीलाई हिरासतमा लिए पनि अपहृतको अवस्था अज्ञात छ। चन्दनलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनका दुई दाजु र बुबा फरार भए। 

निम्न आर्थिक अवस्थाको बनियाँ परिवारका लागि बिहान बेलुकी हातमुख जोर्नसमेत मुस्किल पर्ने छिमेकी दिपेन्द्र झाले बताए। अपहरणकारीले भारतीय मोबाइल र भूमिको प्रयोग गरिरहेकाले भारतीय सुरक्षाकर्मीको सहयोगमा अपहरणकारीसम्म पुग्ने प्रयास भइरहेको रौतहटका प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताए।

नारायणीकै पर्सामा असोज २१ गते अपहृत वीरगन्ज६ कुम्हालटोलका १९ वर्षीय राजु प्रजापतिकात्तिक ८ गते अपहृत मुर्लीका दशरथ कम्कडमंसिर २६ गते अपहृत २४ वर्षीय ब्रजेश महतोको अवस्था अझै अज्ञात छ। प्रजापति अपहरण दाबी गर्ने भारतको बिहार मोतियारीका दिनेश सिंहलाई राजुका अभिभावकले १० लाख रुपैयाँ फिरौती बुझाए पनि अझैसम्म उनी घर फर्किएका छैनन्। 

प्रहरीलाई सूचना चुहाएको आरोपमा भारतीय अपहरणकारीले राजुको हत्या गरेको दाबी गरे पनि नेपाल प्रहरीले यसको आधिकारिक पुष्टि गर्न सकेको छैन।

आफ्नो छोराको उद्धार गर्न आग्रह गर्दै ब्रजेशका बाबु असर्फी महतोले नारायणी अञ्चल प्रहरी कार्यालयमा पटकपटक आग्रह गरे पनि प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालबाट आश्वासनबाहेक केही पाउन नसकेको गुनासो गर्छन्।

नारायणी अञ्चलमा एसएसपी रहिसकेका पूर्व एआइजी मदनबहादुर खड्का खुल्ला सिमाना र सशस्त्र समूहका कारण तराईमा अपहरण बढेको बताउँछन्।

असोज २५ गते बाराको निजगढ८ का ५२ वर्षीय भीमलाल श्रेष्ठ र सोही टोलका ५५ वर्षीय इन्द्रलाल चौलागाईं स्थानीय जंगलबाट अपहरण भएको महिनांै बिते पनि दुवैको अवस्था अज्ञात छ। 

नारायणी अञ्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल अपहृतको उद्धार प्रयास भए पनि सफलता नमिलेको बताउँछन्। उनले टेलिफोन सम्पर्कमा भने, 'हामीले विशेष टोली बनाएर यसको अनुसन्धान गरिरहेका छौं र छिट्टै सफलता पाउँछौं। 

फिरौती र व्यक्तिगत रिसइबीले तराईमा अपहरण हुने नेपाल प्रहरीका प्रवक्ता डिआइजी केशव अधिकारी बताउँछन्। भारतसँग सीमाना जोडिएका जिल्लामा अपहरणकारीले पहिचान लुकाउन सजिलो भए पनि गम्भीरतापूर्वक गरिएको अनुसन्धानमा प्रहरीले अपहृतको उद्धार र दोषीको गिरफ्तारीमा सफलता पाएका धेरै उदाहरण रहेको उनले बताए। 

नाफामुखी संस्थान र कम्पनीले पनि तिर्दैनन् घरजग्गा कर

काठमाडौं-नाफामुखी व्यापार गरिरहेका सरकारी सात वटा सेवामूखी संस्थाहरुले काठमाडौ महानगरपालिकालाई २१ वर्षदेखि घरजग्गा कर तिरेका छैनन। महानगरपालिकाको पटक–पटक ताकेता गरे पनि करोडौं रकम उठन सकेको छैन।

बलात्कारीलाई १० वर्ष कैद सजाय

इलाम—सुस्त मनस्थिति भएकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका इलाम माइपोखरी–३ का ४९ वर्षीय दिलबहादुर राईलाई जिल्ला अदालतले १० वर्ष कैद फैसला गरेको छ।

गैंडा पुग्यो आफ्नै बासस्थानमा

चितवन— हेटौंडा बजार क्षेत्रमा सोमबार दिनभर आतंक मच्चाएको गैंडालाई सुरक्षित रुपमा जंगल फर्काउन प्रशासन सफल भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षका हात्ती र प्राविधिकहरुको सहयोगले गैंडा फर्काउन...

विद्यार्थीमाथि दिनदहाडै खुकुरी प्रहार

लहान–लहानस्थित एलएमसी कलेजका विद्यार्थीमाथि लहानको ट्राफिक चोकमा मंगलबार दिउँसो खुकुरी प्रहार भएको छ। कलेज पढेर घर फर्कदै गरेका सिलोर्वा पछवारी घर भई लहानमा डेरा गरी बस्ने अनिल यादव(१८) माथि चार...

एक हजार ८ सयग्राम सुनसहित चार पक्राउ

काठमाडौं–एक हजार दुई सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन्। थाइल्याण्डको बैंककबाट नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं आएका ललितपुर ३४ बर्षीय राजु महर्जनसहित तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ।

भोलिदेखि देशभरका अस्पतालमा ओपिडी सेवा बन्द

काठमाडौं— मेडिकल माफियाविरुद्ध १० दिनदेखि अनसनरत डा.गोविन्द केसीका मागप्रति सरकारले उदासिनता देखाएको भन्दै नेपाल चिकित्सक संघले भोलिदेखि मुलुकभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द गर्ने भएको छ।

बैंकबाट झिकेको ४ लाख रुपयाँ लुटियो

नुवाकोट–विदुर नगरपालिका बट्टारमा रहेको नेपाल बंगलादेश बैंकबाट पैसा निकालेर निस्कदै गर्दा एक बृद्ध लुटिएका छन्। रसुवाको डाडागाउँ ७ खड्कुका ६३ वर्षका हर्कबहादुर तामाङले बैकबाट निकालेको र आफ्नो साथमा भएको गरी...

ललितपुरमा बलात्कारका सिकार सबैभन्दा बढी विद्यार्थी

ललितपुर-बदलिँदो सामाजिक संरचना र बालबालिकामाथि अभिभावकको निगरानीको कमीले गर्दा प्रलोभन तथा ललाइफकाइमा पारेर जबर्जस्ती करणीका घटना हुने गरेको महानगरीय प्रहरी परिसर ललितपुरले बताएको छ।