7 Bhadra, 2071 |
Menu

समाज

पूर्व सभासद हत्या छानविन टोली घटनास्थलमा, राजमार्ग अझै अवरुद्ध

  • बुधबार ८ जेष्ठ, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
सप्तरी – बिघटित संबिधानसभाका सदस्य सदरुल मियाँ हकको हत्याको छानविनका लागि सरकारले गठन गरेको छानविन समिति आज विहान घटनास्थल आइपुगेको छ। प्रहरी नायव महानिरीक्षक दिनकर शमशेर राणाको संयोजकत्वमा पूर्वाञ्चल प्रहरी प्रमुख र अनुसन्धान कार्यालयका पूर्वाञ्चल प्रमुख सदस्य रहेको टोली कल्याणपुर २ बिसनपुर पुगिसकेको र अहिले केही बेरमा काम सुरु गर्ने सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले दिए।
हत्या गरिएका पूर्व सभासद् हकको शवपरीक्षणका लागि गएराति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

यसैबीच हत्या प्रकरणमा हिजो बिहानदेखि सुरु भएको राजमार्ग जाम अहिलेसम्म जारी रहेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको विभिन्न ठाउँमा रुख ढालेर प्रदर्शनकारीले सडक अवरुद्ध गरेका छन्। लगातार २४ घन्टाको राजमार्ग अवरुद्धले एक हजारभन्दा बढी सवारीसाधन थन्किएका छन्।

प्रदर्शनकारीले सदरमुकाम राजविराजको विभिन्न ठाउँमा टायर बालेर बिहानैदेखि प्रदर्शन गरिरहेका छन्। उनीहरुले आज पनि राजविराज बजार पूर्ण रुपमा बन्द गराएका छन् भने यहाँबाट सञ्चालित कुनै पनि सबारीसाधन चल्न सकेका छैनन्।

हत्या छानबिनका लागि धरानबाट ल्याइएको प्रहरीको तालिम प्राप्त कुकुर बाटो सुँघ्दै हिजो इलाका प्रहरी कार्यालय कल्याणपुरमा गएर बसेपछि स्थानीयहरुले प्रहरीमाथि नै शङ्का गर्दै छानबिनको माग गरेका छन्। सोही कुकुरले हिजो हत्या भएको स्थलदेखि तीन सय मिटर उत्तरमा रगतले लतपतिएको एउटा सर्ट, डायरी र चप्पल फेला पारेको थियो।

पूर्व सभासद् हकको सोमबार राति कल्याणपुर– २ स्थित उहाँको आफ्नै पेट्रोल पम्पमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। हत्याराको अहिलेसम्म पहिचान हुन सकेको छैन भने हत्याको कुनै कारण पनि खुल्न नसकेको जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह बस्नेतले बताए।

प्रदर्शनकारीले हत्यारालाई पक्राउ गरी कारबाही नगरिएसम्म चक्काजामलगायतका विरोध कार्यक्रम नरोक्ने बताएका छन्।

भैंसी पाल्न दिँदैन नगरपालिका

पोखरा-कृषिप्रधान भनिएको मुलुकमा दूधसमेत भारतबाट आयात हुन्छ। खाद्यान्न र तरकारीको हालत उस्तै छ। सरकारले कृषिलाई बढावा दिन यही वर्षको बजेटमा कृषि ऋण ६ प्रतिशतमा दिने नीति घोषणा गर्योत। तर पोखरा...

लालबकैयाको बाँध फुट्ने खतरा, पाँच गाउँ जोखिममा

लालबकैयाको बाँध फुट्ने खतरा, पाँच गाउँ जोखिममा

रौतहट– लालबकैया नदीमा आएको बाढीले देवाही–८ स्थित झन्डै दुई सय मिटरभन्दा बढी तटबन्ध कटान गरेपछि आसपासका पाँच गाउँका बासिन्दा सम्भावित खतराबाट त्रसित छन्।

के हुँदैछ सुनकोसी तलाउ ? (फोटो फिचर)

के हुँदैछ सुनकोसी तलाउ ? (फोटो फिचर)

ड्याससाइट् (सिन्धुपाल्चोक)– शुक्रबार सुनकोसी थुनिएर कृत्रिम तलाउ बनेको २१ औं दिन। गन्तव्य थियो, कान्ले पहिरो र सुनकोसी तलाउले नाकाबन्दीमा परेको पूरानो व्यापारिक केन्द्र बाह्रविसे बजार पुग्नु। लामोसाँघुस्थित सुनकोसी पीडित आश्रयस्थलबाट...

नागरिककर्मी बस्याल सम्मानित

नागरिककर्मी बस्याल सम्मानित

कोहलपुर– कोहलपुर क्षेत्रमा रही सञ्चारजगतमा उल्लेखनीय काम गरेको भन्दै नागरिककर्मी टेकेन्द्र बस्याल सम्मानित भएका छन्।

धम्क्याएर रकम असुलेको आरोपमा पाँच पक्राउ

महेन्द्रनगर– फोनबाट धम्क्याई सर्वसाधारणबाट रकम असुल्दै आएको समूहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको अनुसन्धन एवं नियन्त्रण सहयोग टोलीले फोनबाट धम्क्याएर रकम असुल्ने उनीहरूलाई...

यसरी बन्यो टुँडिखेलमा मानव झण्डा (फोटो फिचर)

यसरी बन्यो टुँडिखेलमा मानव झण्डा (फोटो फिचर)

काठमाडौं-नेपाली जो जहाँ जसरी भए पनि चन्द्रसूर्य अङ्कित झण्डामुनि सबै नेपाली एक हौँ भन्ने भावनालाई स्थापित गराउने उद्देश्यले हजारौँ मानिस सहभागी भई चन्द्र सूर्य अङ्कित नेपाली झण्डा तयार गरिएको छ।

सुनकोसी पीडितलाई दाहालको एक लाख

सुनकोसी पीडितलाई दाहालको एक लाख

ड्यामसाइट्– कान्ले पहिरो तथा सुनकोसी बाँधपीडितलाई एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएका छन्। पार्टी नेता अग्नि सापकोटामार्फत उनले सहायता उपलब्ध गराएका हुन्।

सर्वसाधारणले पनि सैनिक अस्पतालमा सेवा पाउने

काठमाडौँ-सर्वसाधारण जनताले पनि सैनिक अस्पतालमा सेवा पाउने भएका छन्। करिब ४२ वर्षको अन्तरालमा नेपाली सेनाले सर्वसाधारण जनताका लागि अस्पताल खुला गर्न लागेको हो।