Thursday 14 Jestha, 2072 |
Menu

समाज

जुत्ताको सोलमा १६ किलो सुन

(0 votes)
सुनसहित पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै। सुनसहित पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै।
काठमाडौं– तिब्बतबाट स्थलमार्ग हुँदै तस्करी गरिएको १७ किलो सुनसहित पाँच जना पक्राउ परेका छन्। जुत्ताको सोलमा लुकाएर ल्याएको सुनसहित जोरपाटीबाट नाम्ग्याल शेर्पा, सोनु शेर्पा, ज्ञानु शेर्पा, सोनम शेर्पा र मुख्य योजनाकार भनिएका दार्जलिङ निवासी गम्पो भोटियालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।


पक्राउ परेका चारै जना शेर्पा सुन तस्करीका सहयोगी रहेको र मुख्य अभियोगी भोटिया दोस्रो तहको कारोबारी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी उत्तम सुवेदीले बताए।

पछिल्लो समय सुन तस्करहरुले हवाई मार्ग छाडेर तातोपानी–खासा स्थलमार्गको प्रयोग गर्दै सुन तस्करी गर्दै आएका थिए। सुन र विदेशी मुद्रा तस्करीमा त्रिभुवन विमानस्थलमा खटिएका दुई प्रहरी र एसएसपी रविराज श्रेष्ठ बर्खास्त भएर विमानस्थलको सेटिङ भत्किएपछि कारोबारी स्थलमार्गमा सक्रिय भएका थिए।

स्रोतका अनुसार उनीहरु तातोपानीबाट कोटेश्वरसम्म सुपर एक्सप्रेसको गाडीमा आएका थिए। कोटेश्वरवाट बौद्धसम्म ट्याक्सीमा पुगेका उनीहरुबारे सूचना पाएको काठमाडौं परिसरको विशेष टोली पुगेर सुन र तस्करीमा संलग्न सबैलाई पक्राउ गरेको छ।

राजधानीभित्र तस्करीको सुन फेला परेको यो दोस्रो पटक हो। यसअगाडि ठमेलमा पाँच किलो सुनसहित सहयोगी पक्राउ परेका थिए। तर कारोबारी अहिलेसम्म पक्राउ परेका छैनन्। खासाबाट गाडीमा राखेर ल्याइएको सात किलो सुन काभ्रे प्रहरीले बरामद गरेको थियो।

‘भूकम्पबाट जोगियौं, पहिरोले लाने भो'

रन्चोक (गोरखा)-सौरपानी– ८, रन्चोकका सुजन गुरुङ घरमा बस्दा भूकम्पको त्रासले जति झस्कन्छन्, त्योभन्दा धेरै वरपरका गाउँ निस्कँदा तर्सिन्छन्। घर भूकम्पले भत्काएपछि उनको त्रिपालबास भएको छ। गाउँमा जताततै धाँजा फाटेको छ।...

कालिगण्डकीको पानी निकाल्न विष्फोट

म्याग्दी– राम्चे–९, काफलडाँडाबाट खसेको पहिरोले थुनिएर कालिगण्डकीमा बनेको ड्याम नेपाली सेनाको एक टोलीले विष्फोटक पर्दाथ प्रयोग गरी फुटाएको छ।

जेठ अन्त्यमा पर्यटकका लागि सम्पदा खुल्ने

जेठ अन्त्यमा पर्यटकका लागि सम्पदा खुल्ने

काठमाडौं-सरकारले जेठ अन्तिमदेखि पर्यटकका लागि उपत्यकाका सांस्कृतिक सम्पदा खोल्ने भएको छ। महाभूकम्पले बढी मात्रामा क्षति भएका यस्ता क्षेत्र अवलोकनका लागि मात्र खोल्ने तयारी सरकारले गरेको हो।

हराउँदै दुधकोसी बेसिनका हिमनदी

काठमाडौं-तापक्रम बढ्ने क्रम नरोकिए सन् २१०० सम्म सगरमाथा क्षेत्रका ७० देखि ९९ प्रतिशतसम्म हिमनदी हराउन सक्ने पछिल्लो एक अध्ययनले देखाएको छ। अध्ययनले तापक्रमका कारण हिमनदीका हिउँ पग्लिन्छन् र हराउँछन् भनेको...

एभिन्युजको इजाजतपत्र पाँच महिना अघि नै रद्द

काठमाडौं— कानून बमोजिम इजाजतपत्र नवीकरण नगर्दा एभिन्युज टेलिभिजनको दर्ता पाँच महिना अघि नै स्वतः खारेज भएको सार्वजनिक भएको छ। भूकम्पपछिको पुर्नस्थापनाको सूचना सम्पूर्ण सञ्चार माध्यमहरुलाई दिन स्थानीय विकास मन्त्रालयले दर्ता...

फेसबुकमा छिमेकी महिलाको अकाउन्ट बनाएर अश्लिल सन्देश राख्ने पक्राउ

फेसबुकमा छिमेकी महिलाको अकाउन्ट बनाएर अश्लिल सन्देश राख्ने पक्राउ

काठमाडौं—फेसबुकमा छिमेकी महिलाको नाममा नक्कली अकाउन्ट बनाएर अश्लिल सामग्री पोस्ट गर्ने एक जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। सो अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका ८ बस्ने ३३ वर्षीय उत्तम खड्कालाई प्रहरीले...

भूकम्पको त्राससँगै श्रृंखलावद्ध चोरी

चितवन–भूकम्पको पीडामा आहत भएका स्थानीयको पीडाको मौका छोपेर विगत केही साता देखि चितवनमा श्रृंखलाबद्ध आक्रमण र चोरीका घटना हुन थालेका छन् । बुधबार जिल्लामा गोलीकाण्डसम्मको घटना हुन पुगेपनि जनजिवन नै...

नेपाल–भारत मेडिकल एशोसियसनबीच ७ बुँदे सहमति

काठमाडौं– बैशाख १२ र २९ गते आएको महाभूकम्पबाट महामारी हुने खतरा रहेको औल्याउँदै नेपाल मेडिकल एशोसियसन र इण्डियन मेडिकल एशोसियसनले छिट्टै संयुक्त घुम्ती स्वास्थ्य शिविर (मोवाइल हेल्थ क्याम्प) सञ्चालन गर्ने...