Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

कस्तो थियो सुन्धाराको नग्न डान्स बार? (फोटो फिचरसहित)

smaller text tool iconmedium text tool iconlarger text tool icon
केपी ढुंगाना, काठमाडौँ, चैत ५- काठमाडौंको सुन्धारामा नग्न नृत्य हुने अत्याधुनिक एक्स बारमा हिजो राति प्रहरीले छापा मारेर ५२ जनालाई पक्राउ गर्‍यो। पक्राउ परेका डान्सर,कर्मचारी र ग्राहकविरुद्ध समाजमा अश्लीलता फैलाएको अभियोगमा सार्वजनिक अपराध ऐन अर्न्तगत कारबाही प्रकृया अगाडि बढाएको छ। कस्तो थियो त्यो नग्न डान्स बारको वातावरण? भाश्वर ओझाको फोटो फिचरसहित-
alt
बेबिलोन डिस्कोसँगै जोडिएको पाँच तले भवनको चौथो र पाँचौ तलामा सञ्चालनमा थियो सो बार। त्यहाँसम्म पुग्न तल्लो तलादेखि नै बारका बाउन्सरहरुको कडा सुरक्षा घेरा पार गर्नुपर्थ्यो। बारले दिउँसो किशोरकिशोरीलाई लक्षीत गरी बंक पार्टीहरु सञ्चालन गर्दै आएको छ। बेलुका भने त्यहाँ एडल्ट पार्टी सञ्चालन गर्दै आएको थियो।


चौथो तलामा पुगेपछि पश्चिम हुँदै नयाँ ग्राहकका लागि निर्माण गरिएको ठूलो कमन हलमा पुगिन्थ्यो। तर, त्यहाँ बारमा नगएका नौलो ब्यक्ति कर्मचारीको सहयोग बिना एक्लै पुग्न असम्भव झैँ देखिन्थ्यो।


बार सञ्चालकले बारमा रहेका १२ वटा कोठालाई ग्राहक अनुसार ए, बी र सी वर्गीकरण गरेका थिए। कोठाको वर्गीकरण अनुसार शुल्क निर्धारण हुने पक्राउ परेका कर्मचारीहरुले प्रहरीलाई बताए।

बार प्रवेश गर्ने ढोकामा सिसामहल झैँ चारैतिर सिसाले घेरिएको थियो। त्यहाँ पुग्नासाथ चारैतिर आफू मात्र देखिन्थ्यो। मुख्य हलमा एक पटकमा एक जना मात्र छिर्न मिल्ने गरी बाटोको निर्माण गरिएको थियो। सुरुङजस्तो लाग्ने सांघुरो बाटो पार गरेपछि बल्ल पुगिन्थ्यो मुख्य हल।

alt
चौथो तल्लाको मुख्य हलमा झण्डै ५० जना अट्ने गरी बस्ने व्यवस्था गरिएको थियो। बीचमा डान्सका लागि डान्सपोल थियो। मुख्य हलको पश्चिमतिर १० देखि १५ जना अट्न सक्ने गरी छुट्टाछुट्टै चार वटा कोठाको व्यवस्था गरिएको थियो। प्रत्येक कोठाको बीचमा डान्सपोलको व्यवस्था गरिएको थियो।


पाँचौ तलाको पूर्वतिर ५० जना अट्नसक्ने डिस्कोथेकको व्यवस्था गरिएको थियो। डिस्कोथेकको पश्चिमतिर शौचालय जाने बाटो देखिन्थ्यो। तर, त्यो बाटो शौचालय नभई पाँचौ तलाको मुख्य सात वटा कोठामा जाने बाटो हो। शौचालयको बाटोको बीचमा ढोकाको व्यवस्था गरिएको थियो।



सो ढोका पार गरेपछि खुल्ला स्थान आउँछ, जहाँबाट मुख्य स्थान कहाँ हो, सहजै पत्ता लगाउन गाह्रो हुन्छ। खुल्ला स्थान पार गरेर अझ पश्चिमतिर गएपछि बल्ल पुगिन्छ मुख्य स्थानमा।

मुख्य स्थानमा रहेका सात वटा कोठामा प्रवेश गर्न ग्राहकलाई त्यति सजिलो थिएन। त्यहाँ जानु अगाडि रिसेप्सनमा चार हजारदेखि ६ हजारसम्म रकम देखाउनु पर्थ्यो। त्यसपछि मात्र मूल कोठाहरुमा छिर्ने अनुमति पाउने गरेको प्रहरीले दावी गरेको छ।


सात वटा कोठामध्ये ६ वटामा करिब १० जनासम्म अट्ने गरी बस्ने व्यवस्था गरिएको थियो। बीचमा डान्स पोलको व्यवस्था थियो भने नजिकै छुट्टै कोठाको समेत व्यवस्था गरिएको थियो। पक्राउ परेका बारका कर्मचारीले सो कोठा डान्सरलाई लुगा फेर्नका लागि व्यवस्था गरिएको बताए पनि प्रहरीले यौन गतिविधिका लागि कोठाको व्यवस्था गरिएको शंका गरेको छ।

माथिका केही-केही कोठामा टिभी स्क्रिनको समेत व्यवस्था गरिएको थियो। जानकारका अनुसार ग्राहकको माग अनुसार नग्न चलचित्रसँगै नग्न डान्सका लागि सो स्क्रिनको व्यवस्था गरिएको हो।



डान्स बार सञ्चालनका लागि कानुनी बाधा नभए पनि नग्न नृत्यसहितको डान्स बार सञ्चालन गर्न सरकारले प्रतिबन्ध लगाएको छ। प्रहरीले नग्न नृत्य देखाउने गरेको भन्दै उपत्यकामा सञ्चालनमा रहेका डान्सबारमा छापा मार्ने गरेको छ। यसरी पक्राउ परेकाहरुलाई प्रहरीले मुलुकी ऐन अनुसार समाजमा अश्लीलता फैलाउने काम गरेको अभियोगमा कारबाही प्रकृया अगाडि बढाउने गरेको छ।

प्रहरीले पक्राउ परेका ब्यक्तिलाई सात दिनदेखि २४ दिनसम्म अनुसन्धानका लागि थुनामा राखी जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने गरेको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अपराधको अभियोगमा आएका अभियुक्तलाई १० हजार धरौटीमा रिहा गर्ने गरेको छ।


बारमा छापा मार्न बुधबार बेलुका १० वजे महानगरीय प्रहरी परिसर काठमाडौंबाट डीएसपीको कमान्डमा ५० जना भन्दा बढी प्रहरी खटिएका थिए। उनीहरुलाई डान्सबारमा छापा मारी नग्न नृत्य गर्ने महिला डान्सर, डान्सबारका कर्मचारी र ग्राहकलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय पुर्‍याउन २ घन्टा लागेको थियो। प्रहरीले परिसरबाट २ वटा पिकअप मगाएर पक्राउ परेका अभियुक्तहरुलाई प्रहरी कार्यालय पुर्‍याएको थियो।


सो बार विगत ९ वर्षदेखि सञ्चालनमा थियो। बारका सञ्चालक स्टालिन शेरचन उपत्यकाको रात्रिकालीन व्यवसायका विवादित व्यक्ति रहेको रात्रिकालीन व्यवसायका जानकारहरु बताउँछन्। उनले हालसालै किङ्गस वेमा इन्टरनेसनल पास्को नामक आधुनिक डान्सबार सञ्चालनमा ल्याएका थिए।


प्रहरीले बारका कर्मचारी र व्यवस्थापकलाई पक्राउ गरे पनि स्टालिनलाई भने पक्राउ गर्न सकेको छैन। स्टालिनको खोजीमा हिँडेको प्रहरी टोलीले बुधबार बेलुका उनले प्रयोग गर्ने गाडी पक्राउ गरेर प्रहरी कार्यालयमा राखेको छ।

शौचालयको गुप्त बाटोबाट पुगिने अत्याधुनिक डान्स बार

alt

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

समाज

Nagarik Offer