मारियम जनवरी र फेब्रुअरीमा पनि नेपाल आइसकेको देखिएको प्रहरीले जनाएको छ। उनले यसअअघि नेपाल आउँदा रित्तै आएको दाबी गरेपनि प्रहरीले दुवै पटक उनी नक्कली भारतीय रुपैयाँसहित आएको आशंका गरेको छ। मारियमको राहदानीको रेकर्ड अनुसार उनी यसअघि बंगलादेशसमेत गएको देखिएकाले अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले उनी नक्कली भारुको कारोबारको सक्रिय रहेको आशंका गरेको छ। प्रहरीका अनुसार पाकिस्तानको कराँचीनिवासी मारियमले युसुफ भन्ने व्यक्तिले भारतीय रुपैयाँ दिएर काठमाडौं पठाएको बताएकी छिन्। उनले 'युसुफ नामका पाकिस्तानीले पैसा दिएर यो काठमाडौं पुर्याउनु भन्दै प्लेनको टिकट किनेर पठाएको' बताएकी छिन्।
अनुसन्धान अधिकृतका अनुसार उनले नक्कली भारुको कारोबारमा जावेद नामका व्यक्तिसमेत सक्रिय रहेको बताएपनि प्रहरीले जावेदबारे जानकारी संकलन गर्न सकेको छैन। मारियम पक्राउ परेलगत्तै प्रहरी प्रधान कार्यालयको प्रतिआतंकवाद सेल(एटिएस)को टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। एटिएसको टोलीले अनुसन्धान सकाएर मंगलबार मारियमलाई काठमाडौं परिसरको जिम्मा लगाएको छ।
पाकिस्तानी एयरलाइन्सको उडानमार्फत कराँचीबाट काठमाडौं आएकी मारिएम पाकिस्तानमा टेलिभिजनमा सिरियल निर्माणमा सक्रिय रहेको खुलेको छ।


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





