Monday 25 Magh, 2072 |
Menu

समाज

istl

सार्वजनिक शौचालयको कमीले सकस

  • शुक्रबार २२ माघ, २०७२
  • करिश्मा चौधरी
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं- रौतहटका चुन्चुन् राम बिहान साढे ८ बजेदेखि साँझ ६ नबज्दासम्म जुत्ता सिलाउने काममा व्यस्त रहन्छन्। उनी हिजोआज ललितपुरस्थित पुलचोकमा जुत्ता सिलाउँदै आएका छन्।
nepalipatro-nagarik
उनलाई दिनभरि ग्राहक पाइन्छन् वा पाइँदैनन् भन्ने चिन्ताभन्दा शौचालयका लागि कहाँ जाने भन्ने पीर बढी हुन्छ। जुत्ता सिलाउने ठाउँ नजिकै सार्वजनिक शौचालय छैन। शौचालय नहुँदा काम छाडेर ५/७ मिनेट हिँडेर शौचालय जानुपर्छ। प्रत्येक पटक शौचालय जाँदा लाग्ने ५/७ मिनेटले काममा असर पारेको उनको भनाइ छ।

ललितपुरको पुलचोकमै बस्ने अनिषा महर्जनले बाहिर निस्कने समयमा पानी कम पिउँछिन्। कारण छ, शौचालयको समस्या। बाहिर हिँड्दा शौच गर्न समस्या हुने भएकाले कम पानी पिउनु परेको उनी बताउँछिन्। सार्वजनिक शौचालय नभएकै कारण यस्तो समस्या भोग्नुपरेको उनको भनाइ छ। उनलाई पिसाब रोक्दा स्वास्थ्यमा समस्या आउँछ भन्ने थाहा छ तर रोक्नुपर्ने बाध्यता पनि सँगै छ। उस्तै समस्या छ, ललितपुर भैंसेपाटीका अजय यादवलाई पनि। पर्याप्त सार्वजनिक शौचालय नहुँदा अजयलाई बाहिर निस्कँदा सोचेरै निस्कनु पर्ने हुन्छ।

अर्कोतर्फ शौचालय नभएकै कारण मानिसहरुले जथाभावी शौच गर्दा वातावरण दुर्गन्धित पनि हुने अजयको भनाइ छ। त्यसैले सफा सहर बनाउन पर्याप्त सार्वजनिक शौचालय बनाउनुपर्ने अजय बताउँछन्।

मानिस स्वस्थ रहन पर्याप्त पानी पिउनुपर्ने चिकित्सकहरु बताउँछन् तर शौचको समस्या सम्झँदै पानी कम पिउने पनि त्यत्तिकै छन्। एकातिर पानी कम पिउँदा स्वास्थ्य समस्या हुन्छ भने अर्कोतिर पिसाब रोक्दा इन्फेक्सन हुने चिकित्सकहरुको भनाइ छ।

ललितपुर उपमहानगरभित्र हाल ४ वटा मात्र शौचालय छन्। मंगलबजार, धपागाल तरकारी बजार, पाटनढोका बसपार्क अगाडि र जावलाखेलमा। यी शौचालय व्यवस्थापनको जिम्मा ठेकेदारले लिएका छन्।

२०६८ सालको जनगणना अनुसार उपमहानगरको जनसंख्या २ लाख ५४ हजार ३ सय ४ छ। जनसंख्या वृद्धिदर ३.५५ प्रतिशत। तर सार्वजनिक शौचालय चार वटा मात्र। जनसंख्याको अनुपातमा सार्वजनिक शौचालयको संख्या निकै कम रहेको उपमहानगर प्रशासनले पनि बुझेको भए पनि सार्वजनिक शौचालयकै लागि बजेट नरहेको इन्जिनियर राम रतन साहले बताए। जनताको दबाब धेरै परेकाले शौचालय थप्ने कुरा भइरहेको र सम्भावना पनि रहेको उनको भनाइ छ। बन्ने या नबन्ने भन्ने कुराको टुंगो लाग्न एक/दुई हप्ता लाग्ने बताए।

आगामी वर्ष भने टिडिएफसँग नगर विकास कोषसँगको समन्वयमा मोबाइल शौचालयको अवधारणा ल्याउने उपमहानगर प्रमुख तथा कार्यकारी अधिकृत भरतमणि पाण्डेले बताए। धेरै भिडभाड हुने र मेला तथा महोत्सवमा आवश्यकता अनुसारको स्थानमा शौचालय लैजान सकिने कार्यकारी अधिकृत पाण्डेको भनाइ छ। यस्तो शौचालय उपमहानगरले निर्माण गरे पनि व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने अधिकृत पाण्डेको भनाइ छ। (प्रशिक्षार्थी)

प्रतिक्रिया

बारुद बनाउने सोडा गन्धकसहित पक्राउ

सङ्खुवासभा– भरुवा बन्दुकको बारुद बनाउन प्रयोग हुने कच्चा पदार्थ सोडा र गन्धकसहित एक जना पक्राउ परेका छन् । ४९ किलोग्राम सोडा र ४ किलोग्राम गन्धकसहित सिसुवाखोला–५ का आशन राई पक्राउ...

अन्तरलिङ्गी व्यक्तिको पहिलो राष्ट्रिय कार्यशाला सुरु

काठमाडौँ-नेपालमा रहेका अन्तरलिङ्गी व्यक्तिको पहिलो राष्ट्रिय कार्यशाला सुरु भएको छ।

बसले ट्रकलाई ठक्कर दिँदा एकको मृत्यु, आठ घाइते

चितवन- पूर्व चितवनको खैरहनीमा आज बिहान ३ बजे सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आठ जना घाइते भएका छन्। पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख १७५७ नम्बरको ट्रक अनियन्त्रित भएर पल्टिएको...

पाटन दरबार क्षेत्रमा मानव अतिक्रमण

पाटन दरबार क्षेत्रमा मानव अतिक्रमण

ललितपुर- शनिबार, बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म पाटन दरबार क्षेत्रमा विभिन्न विद्यालयका विद्यार्थीले आफ्नो प्रतिभा देखाए। कार्यक्रम ललितपुर उपमहानगरपालिकाले आयोजना गरेको थियो। उत्साही विद्यार्थीले कविता सुनाए, गीत, नृत्य, वाद्यवादनदेखि...

दरबार क्षेत्रमा कहिले हुन्छ सवारी निषेध?

दरबार क्षेत्रमा कहिले हुन्छ सवारी निषेध?

भक्तपुर- काठमाडौं उपत्यकामा सबैभन्दा पहिले भक्तपुर दरबार क्षेत्रमा सवारीसाधन प्रवेश निषेध गरिएको थियो। सवारी साधन चल्दाको कम्पनले दरबार क्षेत्रका दरबार, मठमन्दिर लगायतका सम्पदा र पर्यटकलाई समस्या पार्ने भन्दै भक्तपुर नगरपालिकाले...

पाटन दरबार क्षेत्रमा मानव अतिक्रमण

ललितपुर- शनिबार ,विहान ११ बजेदेखि बेलुका पाँच बजेसम्म पाटन दरबार क्षेत्रमा विभिन्न बिद्यालयका विद्यार्थीले आफ्ना प्रतिभा देखाए। कार्यक्रम ललितपुर उपमहानगरपालिकाले आयोजना गरेको थियो। उत्साहीत विद्यार्थीले कविता सुनाए, गित,नृत्य, बाद्यबादन देखि...

नाम मात्रैको सवारी भाडा समायोजन

नाम मात्रैको सवारी भाडा समायोजन

काठमाडौं- सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ। पेट्रोलियम पदार्थको मुल्य घटेपछि सार्वजनिक यातायात, मालवाहक सवारी साधन (ट्रक) एवं मिटर जडित ट्याक्सीको भाडादर समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

गाउँकै चेलीलाई मुम्बईमा बिक्री गर्ने अख्तर पक्राउ

रौतहट-मानव बेचविखन तथा ओसार पसार मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। २०६९ सालमा आफ्नै गाउँको चेलीलाई भारतको मुम्बईमा बिक्री गरी फरार रहेका रौतहटको राजपुर तुलसी गाविस...