Friday 16 Shrawn, 2071 |
Menu

समाज

वीर अस्पताल खुलाउन सर्वोच्चमा रिट

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा भइरहेको हड्ताल तत्काल खुलाउन अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
विस्तृतमा पढ्नुस्

युवती बलात्कारमा सैनिक जवान पक्राउ

भैरहवा– युवती बलात्कारको आरोपमा बुटवल रामनगर ब्यारेकका एक सैनिक जवान पक्राउ परेका छन्। नेपाली सेनाको भवानी बक्स गण रामनगर बुटवलमा कार्यरत कास्की हंसपुरका विश्वराज खनाललाई प्रहरीले पक्राउ गरेको हो।
विस्तृतमा पढ्नुस्

नेपाल संस्कृत विश्वविद्यालयमा अख्तियारको छापा

तुलसीपुर (दाङ)- अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कोहलपुरबाट आएको टोलीले बुधबार नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङमा छापा मार्‍यो। 
विस्तृतमा पढ्नुस्

प्रहरी कार्यालय नजिकै सकेट बम

गुल्मी - जिल्ला प्रहरी कार्यालय नजिकै कृषि विकास कार्यालयकोपछाडि ठूलो सकेट बम फेला परेको छ। रेसुंगा नगरपालिका–९ का गोकर्ण भुजेलको बारीमा बिहीबार बिहान उक्त बम फेला परेको प्रहरी नायव उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए।
विस्तृतमा पढ्नुस्

यौनधन्दा चलाएको अभियोगमा सातजना कारागार चलान

इटहरी- प्रहरीले अवैध यौनधन्दा चलाएको अभियोगमा पक्राउ गरी अदालत बुझाएको इटहरी तथा यसआसपासका सातजनालाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।
विस्तृतमा पढ्नुस्

फेसबुकमा बसेको पिरतीले पुर्‍यायो हिरासत

बाबियाचौर (म्याग्दी)- सामाजिक सञ्जाल फेसबुकबाट बसेको पिरतीले एक जोडीलाई हिरासतमा पुर्‍याएको छ। विदेशमा रहँदा पोखराकी एक महिलासँग फेसबुकमार्फत बढेको मित्रताको सम्बन्धलाई विवाहमा बदलेपछि म्याग्दीका चित्रमान छन्त्याल नाम गरेका व्यक्ति अहिले बहुविवाह मुद्दामा प्रहरी हिरासतमा पुगेका हुन्।  
विस्तृतमा पढ्नुस्

एकै दिन तीन जनाको मृत्यु

धुन्चे - रसुवा जिल्लाको छुट्टाछुट्टै स्थानमा एकै दिन तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपाली सेनाका एक र दुई सर्वसाधारण रहेका छन्।
विस्तृतमा पढ्नुस्

बसको ठक्करबाट एकको मृत्यु

दाङ- बसले मोटरसाइकललाई ठक्कर दिँदा दाङमा एक जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ७८७७ नम्बरको बसले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु६प २६१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही-९, का जीवन रावतको मृत्यु भएको इलाका प्रहरी कार्यालय…
विस्तृतमा पढ्नुस्

१७ वर्षपछि पनि ट्रमा सेन्टर चलेन

काठमाडौं- सत्र वर्षअघि नेपाल भ्रमणमा आउँदा तत्कालीन भारतीय प्रधानमन्त्री आइके गुजरालले गम्भीर दुर्घटनाका बिरामीलाई सबै किसिमका आपतकालीन सेवा दिन 'ट्रमा सेन्टर' शिलान्यास गरेका थिए। त्यतिबेला 'गौरवपूर्ण आयोजना'का रूपमा सुरु भएको यो अस्पताल १७ वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा पनि…
विस्तृतमा पढ्नुस्

विषादी छिट्नेलाई अनेकथरी रोग

झापा- चियाबगानमा लगातार २५ वर्ष काम गरेका गंगाबहादुर दर्जीले भर्खरै अनिवार्य अवकाश पाए। ५८ वर्षका उनलाई बगानले दीर्घसेवाबापत केही रकम हातमा राखिदियो। तर, उनी खुसी हुन सकेनन्। बगानमा काम गरेकै कारण दुवै आँखाको स्वाभाविक दृष्टिक्षमता गुमाएका उनलाई दीर्घसेवाबापत आँखाको रोग…
विस्तृतमा पढ्नुस्

ट्रान्सक्रिप्टको ढाँचा फेरिने

काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले ब्याक लागेर पास भएका विद्यार्थीलाई उपलब्ध गराउँदै आएको ट्रान्सक्रिप्टको ढाँचा फेर्ने भएको छ। ब्याक लागेर पछि पास भइने विषयको प्राप्तांकपछाडि राखिने 'तारा' चिह्न हटाउन त्रिभुवन विश्वविद्यालय सचिवालयलाई सिफारिस गरेपछि ढाँचा परिवर्तनको तयारी भएको…
विस्तृतमा पढ्नुस्

विज्ञापन बोर्ड हटाऊ : सर्वोच्च

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाभित्र रहेका विज्ञापन बोर्ड, भित्ते लेखन लगायत विज्ञापन सामग्री तत्काल हटाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलाशले उक्त क्षेत्रमा रहेका सामग्री हटाई पुरातात्विक सम्पत्ति सुरक्षा गर्न सरोकारवालालाई यस्तो आदेश दिएको हो।
विस्तृतमा पढ्नुस्

विषादी सूची अद्यावधिक नहुँदा अलमल

बनेपा- नेपालमा विषादीको एकमात्र नियामक निकाय बाली संरक्षण निर्देशनालयअन्तर्गत विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाले अद्यावधिक जानकारी उपलब्ध गराउन सकेको छैन। सूची अद्यावधिक नहुँदा एग्रोभेट व्यवसायीले सुरक्षित र असुरक्षित विषादीबारे अलमलमा पर्ने गरेको बताएका छन्।
विस्तृतमा पढ्नुस्

तरकारी किसानमा विषादी असर

काठमाडौं- व्यावसायिक तरकारी खेती गर्दै आएकी भक्तपुरकी ५० वर्षीया कृष्णा ग्वाछा अन्तिम चरणको क्यान्सरसँग जुधिरहेकी छन्। भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी उनको पेटमा क्यान्सर छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed