17 Magh, 2071 |
Menu

समाज

पत्नीलाई गोली हानी हत्या गर्ने सार्वजनिक

रोल्पा–आफ्नै पत्नीलाई गोली हानी हत्या गर्ने ह्वामा–८ का ३३ वर्षीय श्याम बहादुर बाँठामगरलाई प्रहरीले सार्वजनिक गरेको छ। शनिबार दिउँसो सदरमुकाम लिबाङमा पत्रकार सम्मेलन गरी  प्रहरीले उनलाई सार्वजनिक गरेको हो।
Read more...

तालिकाअनुसार डिपोमा ग्यास गएन, उपभोक्ता आक्रोसित

काठमाडौं-ग्यास नपाएर छटपटिएका उपभोक्तालाई राहत दिन तालिका बनाएर विभिन्न स्थानमा ग्यास बाँड्न थालेको सरकार फेरि चुकेको छ। अनुगमनलाई चुस्त गराएर उद्योगीको कार्टेलिङ तोड्न नसकेपछि आफै ग्यास बाँड्न थालेको सरकारले शनिबार पुरानो बानेश्वर,सिनामंगल, गौशाला, चावहिल,चुच्चेपाटी, कपन, साँखु, सुन्दरीजल र नयाँबस्ती क्षेत्रमा ग्यास…
Read more...

आगनमै उपचार पाएपछि स्थानीय खुसी

धादिङ-आफ्नै घर आगनमा विशेषज्ञ चिकित्सा सेवासहित निःशुल्क औषधि प्राप्त भएबाट धादिङ क्षेत्र १ अन्तर्गतका बासिन्दा औधी खुसी भएका छन्।
Read more...

चालकले मापासे गरेर जन्ती बस कुदाउँदा दुर्घटना, १ को मृत्‍यु, ५ घाइते

दोलखा- जन्ती लिएर फर्किँदै गरेको बस दोलखामा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। दोलखाको मिर्गेबाट रामेछापको बेताली जाँदै गरेको बा२ख ६५७९ नम्बरको बस आज करिब ११ बजे दुघर्टना हुँदा दोलखाको मेलुमकी ४ वर्षीया कृती…
Read more...

पहरोले पालेको पेट

भुम्लीचोक (गोरखा)- पृथ्वी राजमार्ग हुँदै राजधानी जाँदा मुग्लिनबाट २० किलोमिटर पर पुगेपछि वारपार टाँगिएको लट्ठा छ। मानिसहरू एउटा फलामे डन्डी र डोरी (खिरखिरे) को भरमा लट्ठाबाट वारपार गरिरहन्छन्। अलिकति सन्तुलन बिग्रियो कि सिधै त्रिशूलीमा। तर, यस्तै जोखिम मोलेर बित्छ १५–२०…
Read more...

आगलागीमा परिवारै सखाप

बनेपा- भर्खरै ब्याएको गाई स्याहारेर साँझ सकुशल सुतेको थियो, पनौती–१० खरिबोट भन्ज्याङका विनोद केसीको परिवार। तर, सोही रात आगलागीमा केसीको परिवारै सखाप भएको घटना पत्याउन गाह्रो परिरहेछ, छिमेकी अष्टलाल श्रेष्ठलाई।
Read more...

'कर्मचारीकै मिलेमतो' मा नक्कली लाइसेन्स

काठमाडौं- बागमती अञ्चलको सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी हुने ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयका 'कर्मचारीसँग मिलेर' नक्कली लाइसेन्स बनाउने दुईजना पक्राउ परेका छन्।
Read more...

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, २ घाइते

माघ– जिल्लाको पिना गाविस–७ कोटिला गाउँ नजिक शुक्रबार दिउँसो काठ बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन।
Read more...

ज्यूँदा शहिद भन्छन्- ‘संविधान देऊ,त्यही मल्हम हो'

दाङ-गोलीका छर्राले पैतला घोचीरहेका थिए। टिभिका पर्दामा देखिएको राजनीतिक परिदृष्यले त्योभन्दा बढि मन घोच्दै थियो। पत्रपत्रिका उस्तै नैराश्यताका खबरले भरिएर आउँथे त एफएम रेडियोले उस्तै आवाज फुक्थे ‘विवाद,असहमती......’। तैपनि दोस्रो जनआन्दोलनका घाइते कृष्ण गिरीलाई लाग्यो ‘मैले गरेको त्याग यसपटक कसरी…
Read more...

अज्ञात व्यक्तिको कुटाइबाट घाइते बालिकाको मृत्यु

धनकुटा–अज्ञात व्यक्तिको पिटाइबाट घाइते भएकी धनकुटा जितपुरकी एक बालिकाको उपचारको क्रममा गएराती मृत्यु भएको छ। टाउकोमा गम्भीर चोट लागेकी अखौले जितपुर गाबिस– ६ कि ११ वर्षीया बालिका सुजता परियारको विराटनगर नोवेल अस्पतालमा गएराती १० बजे मृत्यु भएको हो ।
Read more...

हत्या गरेर फालिएको अवस्थामा शव फेला, तीन जना पक्राउ

पाल्पा- तानसेनमा बस्दै आएका २१ वर्षीय अनिल भण्डारीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। तानसेनका ग्यारेज र वर्कशपमा काम गर्ने सद्दाम अन्सारी, सलमान अन्सारी र महिरम अन्सारी पक्राउ परेका प्रहरीले जनाएको छ। पाल्पाका प्रहरी प्रमुख डीएसपी…
Read more...

तीस लाख डकैती

धनकुटा- जितपुरमा गएराति मुकुन्डोधारी हतियारसहितको लुटेरा समूहले रु ३० लाख बराबरको लुटपाट गरेको छ। जितपुर-६ आन्द्रुङका नारायण भनिने शिवशङ्कर लिम्बूको घरबाट सो समूहले करिब रु तीन लाख नगद र २७ लाख बराबरको बहुमूल्य रुद्राक्ष लुटपाट गरेको हो। घरमा आमाछोरी मात्र…
Read more...

आगलागीबाट एकै परिवारका तीन जनाको मृत्यु

बनेपा- काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका-१० स्थित सुनथानमा गएराति भएको आगलागीबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ। आगलागीमा परी ३५ वर्षीय विनोद केसी, उनको श्रीमती ३२ वर्षीया भागीरथी र छोरा नौ वर्षीय सुशील केसीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय…
Read more...

न रह्यो ज्यान, न घट्यो ऋण

दाङ- 'विदेश' धेरैको सपना हो। सुखमय जीवन जिउने सपना बोकेर विदेशी मुलुक धाउनेको ताँती नै छ। सपना सबैका पूरा हुँदैनन्। केही पूरा हुन्छन् त केही बीचैमा मर्छन्। अनि विदेशी कमाइको लोभ जिन्दगी दुखाइरहने चोट बन्छ। उता सपना मर्छन्, यता ऋणको…
Read more...
Subscribe to this RSS feed