१६ चैत्र २०८० शुक्रबार
समाज

भिटेनको गीत 'पारा' मा प्रयोग गरिएका शब्दबारे अनुसन्धान गर्न साईबर ब्यूरोलाई निर्देशन

नेपाल प्रहरीको मुख्यालयले र्यामपर समीर घिसिङ (भिटेन) ले ल्याएको नयाँ गीतमा प्रयोग गरिएका शब्दबारे अनुसन्धान गर्न साइबर ब्यूरोलाई निर्देशन दिएको छ। भिटेनले ल्याएको नयाँ गीत 'पारा' मा प्रयोग गरेका शब्दबारे गुनासो आएपछि अनुसन्धानको लागि पत्राचार गरिएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए।  

अक्टोबर २४ मा सार्वजनिक गरिएको गीतमा आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै प्रहरीले अनुसन्धान थालेको हो। उक्त गीत युट्युवमा ५ दिनमा १० लाख भन्दा बढीले हेरिसकेका छन्।

गीतमा प्रयोग गरिएका आपत्तिजनक शब्दबारे अनुसन्धान गर्दा आवश्यक परे पक्राउसमेत गर्न सकिने प्रवक्ता कडायले बताए।  

'गीतमा सामाजिक मर्यादा विपरितका शब्द प्रयोग भएका छन्', उनले भने, 'त्यसबारे उचित कदम दिन साइवर ब्यूरोलाई निर्देशन दिइएको छ।'

गत वर्ष उनलाई 'हामी यस्तै त हो नि ब्रो' गीतको विषयमा पक्राउ गरिएको थियो।

 

 

प्रकाशित: १३ कार्तिक २०७७ ११:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App