Tuesday 9 Mangshir, 2071 |
Menu

राजनीति

फर्जी विद्यार्थी भर्नाबारे विद्यार्थी संगठन र भिसीबीच आज छलफल

mynepal
(0 votes)
काठमाडौं- फर्जी भर्ना गरेको सार्वजनिक भएपछि विवादमा तानिएका विद्यार्थी संगठनहरुले चुनावका लागि गरिएका भर्ना खारेज गर्नेबारे छलफल गर्न त्रिभुवन विश्‍व विश्‍वविद्यालयका उप-कूलपतिसँग वार्ता गर्दैछन्।
नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले बताएअनुसार आज दिउँसो २ बजे सबै विद्यार्थी संगठन र उप-कूलपतिबीच भेट हुँदैछ।
केन्द्रीय क्याम्पस कीर्तिपुर, रत्‍न राज्यलक्ष्मी क्याम्पसलगायतका आंगिक क्याम्पसमा विद्यार्थी संगठनहरुले चुनाव जित्‍न नक्कली विद्यार्थी भर्ना गरेका थिए। नेकपा-माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले फर्जी विद्यार्थी भर्नाको विरोधमा आरआर लगायतका क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन्।

विशेष अदालतमा तीन न्यायाधीश थप

काठमाडौं–न्यायाधीश नियुक्ति गर्ने निकाय न्याय परिषदले विशेष अदालतमा इजलास विस्तार गर्ने उद्देश्यले तीन न्यायाधीश थप गरेको छ। परिषदको सोमबारको बैठकले पुनरावेदन अदालतका तीन न्यायाधीशहरुलाई विशेष अदालतको सदस्यको जिम्मेवारी तोक्ने निर्णय...

एमाले बाँकेमा ओलीलाई धक्का, अध्यक्ष सहित सबै पदाधिकारी नेपाल समूहका निर्वाचित

एमाले बाँकेमा ओलीलाई धक्का, अध्यक्ष सहित सबै पदाधिकारी नेपाल समूहका निर्वाचित

नेपालगन्ज— बाँके जिल्ला कमिटीको निर्वाचनमा अध्यक्ष केपी शर्मा ओली पक्षले लज्जास्पद पराजय व्यहोरेको छ। चार दिनसम्म चलेको अधिवेशनबाट अध्यक्षमा अशोक कोइराला सहित सबै पदाधिधकारी माधवकुमार नेपाल समूहका विजयी भएका छन्।

सिके राउत धरौटीमा छुटे

काठमाडौं– राज्य विप्लवको अभियोगमा विशेष अदालतले मागेको धरौटी नबुझाई डिल्लीबजार कारागारमा बसेका सिके राउत धरौटी बुझाएर छुटेका छन्।

मेरो हात नियमावलीले बाँधेको छ : सभापति भट्टराई

काठमाडौं– संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले दलहरूबीचको सहमतिबिना संवाद समितिमा देखिएको गतिरोध अन्त्य गर्न आफू असमर्थ रहेको बताएका छन्।

संविधान जारी नभएसम्म मधेसी दल सरकारमा नजाने

काठमाडौं- संविधान जारी नभएसम्म मधेसी दल सरकारमा नजाने भएका छन्। उनीहरुले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई समेत पुनर्गठन गरेका छन्।

सहमति नविग्रियोस् भनेर लिखित धारणा ल्यएनौं: अध्यक्ष दाहाल

काठमाडौं- एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीच सहमतिको वातावरण नविग्रियोस् भनेर लिखित धारणा नल्याएको बताएका छन्।

विशिष्ट पाहुनालाई स्वागत गर्न सुरक्षाकर्मीको पूर्वअभ्यास

काठमाडौं- राजधानीमा आयोजना हुने १८औं सार्क शिखर सम्मेलनमा सहभागी हुने विशिष्ट पाहुनाका लागि सुरक्षाकर्मीले पूर्वअभ्यास सुरु गरेका छन्। कडा सुरक्षाबीच सुरक्षाकर्मीहरु विशिष्ट पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोल्टी होटलसम्म पुर्‍याउनका लागि...

निर्वाचन क्षेत्र पूर्वाधार कार्यविधि पारित

काठमाडौं- सरकारले १० लाख रुपैयाँभन्दा कमका आयोजनामा बजेट खर्च गर्न नपाउने गरी निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली पारित गरेको छ। व्यवस्थापिका संसदले आर्थिक वर्ष २०७१/०७२ को बजेट...