Monday 6 Ashwin, 2071 |
Menu

राजनीति

softworica

११ विद्यार्थी संगठनको संयुक्त प्यानल

(0 votes)
काठमाडौं - त्रिभुवन विश्वविद्यालयअन्तर्गत मुलकभरका कलेजमा हुन गइरहेको स्ववियु चुनावमा ११ विद्यार्थी संगठनले संयुक्त प्यानल बनाउने भएका छन् । एकीकृत माओवादीनिकट अखिल (क्रान्तिकारी) को बागबजारस्थित कार्यालयमा बसेको 'समानुपातिक र समावेशी' पक्षधर विद्यार्थी संगठनले उक्त निर्णय गरेको हो।
'जुन कलेजमा जुन संगठनको प्रभाव छ, त्यसैलाई आधार बनाएर उम्मेदवार चयन गरी संयुक्त प्यानल उठाउने सहमति भएको छ,' अखिल (क्रान्तिकारी) का अध्यक्ष हिमाल शर्माले भने, '११ विद्यार्थी संगठनलाई समेटेर उम्मेदवार तय गरिनेछ।' विद्यार्थी हकहितका लागि स्वच्छ र पारदर्शी स्ववियु निर्माण गर्न विद्यार्थी संगठन सहमत भएको शर्माको भनाइ छ। 
स्ववियु चुनावलाई स्वच्छ र पारदर्शी बनाउनेबारे बैठकले चारबुँदे निर्णय समेत गरेको छ। अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जागृत रायमाझीले ११ विद्यार्थी संगठनको संयुक्त बैठकले गरेको निर्णय कार्यान्वयनका लागि देशभरका कलेजमा संयुक्त रूपमा पहल गरिने बताए। 
रत्न राज्यलक्ष्मी कलेज र त्रिभुवन विश्वविद्यालयमा वैद्य पक्षधर माओवादीनिकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेकाले चुनावलाई मध्यनजर गरी ताला खोलाउन पहल गर्ने निर्णय बैठकले गरेको छ। 
यसैगरी, स्ववियु चुनावको मुखमा रत्नराज्य लगायत कलेजमा नियमविपरीत गरिएको एकमुष्ठ विद्यार्थी भर्ना खारेजी हुनुपर्ने, रत्नराज्य, पाटनलगायत कलेजमा जनआन्दोलनका घाइतेको नाममा नक्कली कार्ड बनाएर गरिएको विद्यार्थीको भर्ना खारेजीको माग गर्ने निर्णय भएको छ। 'कलेजले त्रिभुवन विश्वविद्यालयको सिफारिसबिनै जनआन्दोलनको नक्कली कार्ड बनाएका विद्यार्थीको धमाधम भर्ना गरेका छन्,' उपाध्यक्ष रायमाझीले नागरिकसँग भने, 'त्यस्ता विद्यार्थीलाई स्ववियु चुनावमा सहमागिता नगराउन त्रिविसँग अपिल गर्नेछौं।'
बैठकमा अखिल (क्रान्तिकारी), मधेसी विद्यार्थी फोरम (लोकतान्त्रिक), तराई मधेसी विद्यार्थी फ्रन्ट, मधेसी विद्यार्थी फोरम, अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन, विद्यार्थी मञ्च, नेपाल लोकतान्त्रिक विद्यार्थी संगठन, क्रान्तिकारी विद्यार्थी नेपाल, अग्रगामी विद्यार्थी युनियन, नेपाल विद्यार्थी परिवार र अखिल पाँचौ गरी कूल ११ विद्यार्थी संगठन सहभागी थिए। बैठकमा अनेरास्ववियु र नेवि संघ भने सहभागी भएनन्। 
मधेसी विद्यार्थी फोरम (लोकतान्त्रिक) का अध्यक्ष कपिलेश्वर यादवले आफूहरू संगठनको प्रभावको आधारमा नेतृत्वसहितको संयुक्त स्ववियु निर्माणमा सहमत भए पनि अखिल क्रान्तिकारीले हालै सबै कलेजमा अध्यक्ष उम्मेदवार घोषणा गरेकोमा असन्तुष्टि रहेको बताए। 'मधेसका कलेेजमा समेत क्रान्तिकारीले अध्यक्षमा उम्मेदवार घोषणा गरेर हाम्रो पहिचानमा नकरात्मक असर पार्ने काम गरेको छ,' यादबले भने 'मधेसका कलेजमा मधेसवादी विद्यार्थी संगठनले नै नेतृत्व गर्न पाउनुपर्छ।'

नर्भिक पुगेर भट्टराईले पूर्वराजा भेटे

काठमाडौं—हृदघात भइ उपचार गराइरहेका पूर्वराजा ज्ञानेन्द्र शाह भेट्न एमावादी बरिष्ठ नेता बाबुराम भट्टराई नर्भिक अस्पताल पुगेका छन्। राजतन्त्र उन्मुलुनका लागि कुनै बेला संघर्ष गरेका भट्टराईले नर्भिक पुगेर पूर्वराजाको शीघ्र स्वास्थ्यलाभको...

कांग्रेस केन्द्रीय कमिटीको बैठक सकियो

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठकले मंसिर मसान्तसम्म सदस्यता नवीकरण गरी केन्द्रमा पठाइसक्नुपर्ने निर्ण गरेको छ। बैठकले नयाँ सदस्यताको नामावली पनि मंसिर मसान्तसम्म केन्द्रमा पठाइसक्नुपर्ने कांग्रेस नेता गगण थापाले बताए। 

संसदको गतिरोध खुलाउने विषयमा तीन दलको बैठक निष्कर्षविहीन

काठमाडौं– संसदको गतिरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच आज बिहान भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ।

संवाद समिति फेरि सक्रिय

काठमाडौं-संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले विवादित विषयमा सहमति जुटाउन फेरि कसरत थालेको छ।

निर्वाचन खर्च नबुझाउने उमेदवारलाई कारबाही

काठमाडौ-संविधानसभा निर्वाचन भएको नौ महिना बित्दासमेत निर्वाचन खर्च नबुझाउने प्रत्यक्षतर्फका उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गरेको छ। पटकपटकको आग्रहलाई समेत बेवास्ता गर्दै खर्च विवरण नबुझाउने झन्डै पाँच दर्जन राजनीतिक दलका प्रत्यक्ष...

कार्यकारी प्रधानमन्त्रीमै सहमति : पौडेल

चितवन– नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले संसदप्रति उत्तरदायी कार्यकारी प्रमुख प्रधानमन्त्री बनाउने विषयमा दलहरूबीच सहमति भइसकेको दाबी गरेका छन्।

कांग्रेसले चियापान आयोजना गर्ने

काठमाडौं- नेपाली कांग्रेसले दसैंको कोजाग्रत पूर्णिमाको दिन चियापान गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दसैंको कोजाग्रत पूर्णिमा अर्थात् असोज २१ गते चियापान गर्न लागेको हो। संविधानसभा निर्वाचनको तयारीमा जुट्नुपरेको...

पार्टी पद्धतिमा चल्नुपर्छ: पौडेल

काठमाडौ- नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले पार्टी पद्धतिमा चल्नुपर्ने बताएका छन्।