Friday 4 Poush, 2071 |
Menu

राजनीति

लडाकू समायोजन सकिएकोमा राष्ट्रसंघ खुशी

(0 votes)
काठमाडौं — संयुक्त राष्ट्रसंघका आवासीय समन्वयकर्ता जेमी म्याकगोल्डरिकले माओवादीका पूर्व लडाकू सेनामा समायोजन गर्ने कार्य सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन्। यो कार्यलाई शान्ति प्रक्रियाको ऐतिहासिक चरण समापन भएको सूचक मान्दै उनले नेपाली जनता, राजनीतिक दलहरु, नेपाल सरकार तथा नेपाली सेनालाई बधाइ दिएका छन्।
'आज म खरिपाटी भक्तपुर स्थित नेपाली सेनाको नेपाली सैन्य तालlम केन्दमा अधिकृत आधार तालीमको आयुक्त पद प्रदान कवाज समारोहमा सरिक भएँ" आवासीय समन्वयकर्ता जेमी म्याकगोल्डरिकले भने, 'यो उपलव्धि संयुक्त राष्ट्र सङ्घको उपस्थितिमा सन् २००६ नोभेम्बरमा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भई सुरुवात भएको नेपालको शान्ति प्रक्रियामा कोशेढुंगाका रुपमा रहनेछ।"

जेमी म्याकगोल्डरिकले चुनाव लगायत, संविधान निर्माण र संक्रमणकालिन न्याय सन्यन्त्रहरु स्थापना गर्ने लगायत विस्तृत शान्ति सम्झौतामा व्यक्त गरिएका प्रतिवद्धताहरु कार्यान्वयनका लागि उपयुक्त वातावरण बनाउन तथा तिनको चाँडो कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षहरुलाई आह्वान गरेका छन्।

अहिले अन्तिम अवसर हो : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले मुलुकलाई शान्ति,स्थायित्व,लोकतन्त्रको संस्थागत विकास र आर्थिक सामाजिक विकासको लागि अहिले अन्तिम अवसर भएको बताएका छन्। संविधान निर्माणमा दवाव दिनका लागि मेची महाकाली अभियान सञ्चालन गर्ने, मूल्य...

गतिरोध अन्त्य गर्न प्रधानमन्त्री र दाहालबीच छलफल

काठमाडौं- संविधानका विवादित विषय, तोकिएको मिति माघ ८ मा संविधान जारी गर्नेलगायतका विषयमा प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको...

वातवरणको नाममा विकास र विकासको नाममा वातावरण विनास रोक्न निर्देशन

काठमाडौं- व्यवस्थापिका संसदअर्न्तगतको विकास समितिले वातावरणको नाममा विकास, विकासको काम नरोक्न तथा विकासको नाममा जथाभावी वातावरणका विनास नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

हरियो घाँस देखाएर सरकार लोभ्याउन आयो : यादव

हरियो घाँस देखाएर सरकार लोभ्याउन आयो : यादव

रौतहट- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा लाग्नुपर्ने बेला राष्ट्रिय सरकार बनाउने भन्दै कांग्रेस-एमालेले मधेसी दलहरुलाई हरियो घाँस देखाउन आएको बताएका छन्।

संविधानसभामा रस्साकस्सी बढेकामा सभासद्हरूको चिन्ता

काठमाडौं- संविधानसभाको आजको बैठकमा सभासद्हरूले राजनीतिक दलका शीर्ष नेताबीच संविधानका अन्तरवस्तुमा सहमति नहुँदा संविधानसभामा रस्साकस्सी बढेकामा गम्भीर चिन्ता व्यक्त गरेका छन्।

राष्ट्रपतिले दलका नेतालाई सोधे– संविधान लेखन प्रक्रिया कहाँ पुग्यो?

काठमाडौं-दलीय प्रतिबद्धताअनुसार नयाँ संविधान जारी गर्ने मिति नजिकिएका बेला राष्ट्रपति रामवरण यादवले संविधान लेखन प्रक्रिया कहाँ पुग्यो भनेर प्रमुख दलका शीर्ष नेतासँग प्रश्न गरेका छन्। राष्ट्रपति यादवले बुधबार प्रमुख प्रतिपक्षी...

आवश्यकताले मिल्यौं: एमाले नेता

आवश्यकताले मिल्यौं: एमाले नेता

काठमाडौं-नेकपा (एमाले) का नेताहरूले पार्टी राष्ट्रिय आवश्यकताअनुसार एकताबद्ध भएको दाबी गरेका छन्। केन्द्रीय कमिटीको निर्णयबारे जानकारी दिन बुधबार बल्खुस्थित मुख्यालयमा आयोजित कार्यक्रममा उनीहरूले मन, वचन र कर्मबाटै पार्टी एकढिक्का भएको...

प्रतिवेदनबारे भाषणमै समय खेर

काठमाडौं-संविधान जारी गर्ने समय नजिकिँदै गर्दा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन कहाँ पठाउने भन्ने विषयले नै धेरै समय लिने भएको छ।