15 Kartik, 2071 |
Menu

राजनीति

माओवादीलाई निर्वाचनमा सहभागी गराउन दबाबमा जोड

  • सोमबार १० भाद्र, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
चितवन - नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेकपा–माओवादी सहभागी नभए पनि आगामी मङ्सिर ४ गतेका लागि तय भएको संविधानसभाको निर्वाचन नरोकिने बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले हरसम्भव प्रयास गर्दा पनि चुनाव भाग नलिने स्थिति आए आफूहरु पर्खेर बस्न नसक्ने बताए ।
सरकार परिवर्तन र चुनावको मिति सार्ने बाहेकका अन्य विषयमा छलफल गर्न आफूहरु तयार रहेको बताउँदै वरिष्ठ नेता देउवाले नेकपा– माओवादीलाई निर्वाचनमा भाग लिने बनाउन सबैले दबाब दिनुपर्नेमा जोड दिए।

ट्रेड युनियन काँग्रेसको बन्द सत्र
पूर्वी चितवनको रत्ननगरमा सुरु भएको ट्रेड युनियन काँग्रेसको पाँचौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। बन्दसत्रमा महासचिव अच्युतराज पाण्डेले प्रगति प्रतिवेदन तथा कोषाक्षध्यक्ष ध्रुवचन्द्र गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया पनि आजैदेखि सुरु हुँदैछ। नयाँ नेतृत्वका लागि खिलानाथ दाहाल र पुष्कर आचार्यको समूह चुनावी दौडमा छन्। मङ्गलबारसम्म चल्ने महाधिवेशनमा नेपाल ट्रेड युनियन काँग्रेसले उठाएका सबैका लागि सामाजिक सुरक्षा, संविधानमा सुनिश्चित गर्नुपर्ने श्रमिकका हक, राज्यका नीतिनिर्माण तहमा प्रत्येक श्रमिकको प्रतिनिधित्वलगायत श्रम ऐन र कानुनमा यथाशीघ्र परिवर्तन जस्ता विÈयमा छलफल हुनेछ।

एमाओवादी रसुवाका दुई नेता निलम्बन

रसुवा- समानान्तर कमिटी गठन गरेको भन्दै एमाओवादी रसुवाका पूर्व जिल्ला इन्चार्ज ईन्द्र गोतामे (जगतजंग) र पूर्व जिल्ला सेक्रेटरी माधव लामिछानेलाई साधरण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको छ।

'प्रक्रियामा जाँदा पनि सहमतिमै जाउँ'

काठमाडौं-संविधानका विवादित विषयमा सहमति जुटाउन सिंहदरवारमा वसेको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ। संविधानसभामा प्रतिनिधित्व गर्दै सबै दलका प्रतिनिधि उपस्थित बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र...

‘सत्यनिरुपण पदाधिकारीमा स्वच्छलाई प्राथमिकता'

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले सत्यनिरुपण तथा बेपत्तासम्बन्धी आयोगको पदाधिकारीमा स्वच्छ र स्वतन्त्र व्यक्ति ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएको छ।

संसदमा कुस्तीबाजको झल्को

संसदमा कुस्तीबाजको झल्को

काठमाडौं– ‘ल आइज भिड्न...' ‘के गर्छस्? तँ आइज ...'‘तैंले के खोजेको? सक्छस् भने आइज...!'‘भ्रष्टाचारी मन्त्रीसँग भिड्न तयार छौं।'‘भ्रष्टाचारीले नै मन्त्रीलाई भ्रष्टाचारी भन्ने?' माथिको संवाद कुनै घघडान भिडन्तअघि रिङमा एकअर्कालाई उत्तेजित बनाइरहेका कुस्तीबाजको...

सहमति गर्न नसकेपछि प्रश्नावलीबिनै प्रतिवेदन पठाइने

काठमाडौं– संविधानका विवादित विषयमा छलफल गर्न शुक्रबार बसेको प्रमुख तीन दलको बैठक पनि निष्कर्षहीन भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा तीनवटै दलका आ–आफ्ना अडान रहेपछि कुनै विषयमा पनि सहमति कायम...

तीन दलको बैठक आज पनि निष्कर्षहीन, सहमतिको सम्भावना सकियो : महत

तीन दलको बैठक आज पनि निष्कर्षहीन, सहमतिको सम्भावना सकियो : महत

काठमाडौं– संविधानका अन्तर्वस्तुमा साझा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ। बैठकमा दलहरूले आ–आफ्नो अडान नछाडेकाले सहमति बन्न नसकेको एमाओवादी नेता नारायणकाजी श्रेष्ठले बताए।

सत्तारुढ दल र राप्रपा नेपालका सांसदबीच संसदमा चर्काचर्की

काठमाडौं- संसद बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र विपक्षी राप्रपा नेपालका संसदबीच चर्काचर्की भएको छ। गृहमन्त्री बामदेव गौतम संसदमा बोल्ने समयमा राप्रपा नेपालका सांसदहरुले अवरोध गरेका थिए। गृहमन्त्रीलाई...

अधिकृत सहित मालपोतका ७ कर्मचारीविरुद्ध भ्रस्ट्राचार मुद्दा

काठमाडौं— मालपोत कार्यालय ललितपुरका कर्मचारीले ललितपुर उप महानगरपालिका—३ (ङ) अन्तर्गतको कित्ता नम्बर ८८२ को १३ आना ३ दाम क्षेत्रफलको सरकारी जग्गा वितरण गर्ने अधिकार नै नभएको तत्कालीन नगर पञ्चायतको सभा...