Thursday 14 Jestha, 2072 |
Menu

राजनीति

आचार्य र दाहाल अध्यक्षका दाबेदार

  • आइतबार ९ भाद्र, २०७०
  • बालकृष्ण अधिकारी
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - नेपाली कांग्रेसनिकट नेपाल टे्रड युनियन कांग्रेस स्वतन्त्रले २३ वर्षपछि नयाँ नेतृत्व पाउने भएको छ। टे्रड युनियन कांग्रेस स्वतन्त्रको आइतबारबाट चितवनमा हुने पाँचौं महाधिवेशनले लक्ष्मणबहादुर बस्नेतलाई नेतृत्वबाट बिदा गर्नेछ।

मजदुर संगठनमा नेतृत्व हत्याउन सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका मजदुर नेता मैदानमा छन्। संस्थापन पक्षबाट पुष्कर आचार्य र देउवा पक्षबाट खिलानाथ दाहाल अध्यक्षको प्रतिस्पर्धामा छन्। दुवै पक्ष आ–आफ्ना उम्मेदवारलाई जिताउन सक्रिय छन्।
महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुन शनिबार नै चितवन पुगेका कांग्रेस सभापति सुशील कोइरालाले आफू बसेकै होटलमा आचार्य र पाण्डेलाई बोलाएर सहमति गराउने प्रयास थालेका छन्।
संस्थापन पक्षबाट समानान्तर दुई प्यानल देखिएपछि पार्टी नेताले हस्तक्षेप गरी आचार्यलाई बस्नेतको उत्तराधिकारी अघि सारिएको छ। नेतृत्वको दाबी गर्दै आएका अच्युत पाण्डेलाई महासचिवमा उठाउने तयारी भएको छ।
संस्थापन पक्षको नेतृत्व दाबी गर्दै आचार्यले निर्वाचनमा दुई समूह मात्र रहने बताए। 'अर्को समूहका साथीले नसमेटेका सबै साथी मसँग रहन्छन्,' सभापति कोइरालालाई साँझ भेटेपछि उनले नागरिकसँग भने, 'मेरो टिममा रामजी कुँवर, महेन्द्र यादव, अच्युत पाण्डेसहितका साथी रहनुहुन्छ।'
पाण्डेले भने आफ्नो उम्मेदवारी कायमै रहेको भन्दै सबैलाई मिलाएर लैजाने अवस्थामा आफू महासचिवमा तयार भएको बताए। 'अहिलेसम्म कुरा मिलेको छैन,' उनले नागरिकसँग भने, 'तीनवटै प्यानल निर्वाचनमा जाने सम्भावना बढेको छ।'
अध्यक्षमा बस्नेतसँग प्रतिस्पर्धा गरेका आचार्य उनकै उत्तराधिकारी बन्न नसक्ने पाण्डेको भनाइ छ। आचार्य वीरगन्ज महाधिवेशनमा बस्नेतसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए।
'संस्थापन पक्षबाट दुई प्यानल देखिएपछि त्यसलाई मिलाउन कसरत भइरहेको छ,' संस्थापन पक्षका एक केन्द्रीय सदस्यले भने, 'दुवै तर्फका साथीहरू मिलाएर पदाधिकारीको एउटा प्यानल तयार हुन्छ।'
संस्थापन पक्षबाट आचार्यको समूहबाट वरिष्ठ उपाध्यक्षमा रामजी कुँवर, उपाध्यक्ष खुलामा गणेशप्रसाद निरौला, महासचिवमा महेन्द्र यादव, उपमहासचिवमा सूर्य नेपाल, टंकमणि अधिकारी र कोषाध्यक्षमा योगेन्द्र कुँवर र सहकोषाध्यक्षमा नेत्रविक्रम थापा देखिएका छन्।
त्यस्तै, पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा रीता खनाल, उपाध्यक्ष खुलामा बमबहादुर डिसी, केसमाया जोसी, महासचिवमा तेजजंग कार्की कोषाध्यक्षमा मोहन बस्नेत, सेवा क्षेत्रमा किशोर गौतम, उत्पादनमा ललित श्रेष्ठ, उपमहासचिव महिलामा आशासिंह राठोर, सहकोषाध्यक्षमा सञ्जय श्रेष्ठको दाबी छ।
आर्चाय समूहबाट उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका निरौलाले सबै पक्षलाई मिलाएर लैजाने प्रयास जारी रहेको बताए।
देउवा पक्षबाट वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पौडेल, उपाध्यक्ष खुलामा अयोध्याप्रसाद यादव र राधकान्त देव, महिला उपाध्यक्षमा रमा पौडेल, उपाध्यक्ष सेवा क्षेत्रमा हरिकृष्ण शाह र उत्पादन क्षेत्र उपाध्यक्षमा दावा सांगे लामा छन्। महासचिवमा धु्रवचन्द्र गौतम, उपमहासचिवमा केदार कोइराला र सञ्जय मिश्र, कोषाध्यक्षमा ऋषभदेभ घिमिरे र सहकोषाध्यक्षमा जनार्दन निरौलाको प्यानल नै घोषणा भएको छ।
महाधिवेशनले पदाधिकारी, खुला १५ र महिला ७ गरी ३७ जनाको नयाँ कार्यसमिति चयन गर्नेछ। सदस्यमा ५ सयभन्दा बढीले दाबी गर्दै आएका छन्। निर्वाचन समितिले सोमबार उम्मेदवारी मनोनयन र मंगलबार मतदान कार्यक्रम तय गरेको छ। महाधिवेशनमा २५ आबद्ध संघ तथा ७२ जिल्ला समितिका १६ सय प्रतिनिधि सहभागी हुनेछन्।
उद्घाटन आज
नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रको पाँचांै महाधिवेशन कांग्रेस सभापति सुशील कोइरालाले आइतबार चितवनको टाँडीमा उद्घाटन गर्ने कार्यक्रम छ।
उद्घाटन सत्रमा कांग्रेस सभापति कोइरालाले श्रमिकसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नेछन्। श्रमिकका मुद्दालाई पार्टीले प्रमुखताका साथ उठाउने र राज्यका हरेक निकायमा उनीहरूको उपस्थिति सुनिश्चित गर्नेगरी समझदारीपत्र तयार गरिएको एक नेताले जानकारी दिए।
उद्घाटन सत्रमा सहभागी हुन पार्टीका शीर्ष नेताका साथै अन्तर्राष्ट्रिय महासंघ आइटियुसीका एसिया प्यासिफिक महासचिव नोरियोकी सुजुकी, जापानी टे्रड युनियन रिडगोका प्रतिनिधि ओजु सुजुकी, अमेरिकी ट्रेड युनियन एएफएलसीआइओ सोलिडारिटी सेन्टरका सजेन्द्र  भिगाराज र डेनमार्कको एलओएफटिएफका प्रतिनिधि शनिबार नै चितवन पुगेका छन्।

सशस्त्रलाई पक्राउ अधिकार नदिन लबिङ

काठमाडौं– सशस्त्र प्रहरीको प्रस्तावित नियमावलीमा उल्लेख अपराधमा संलग्नलाई पक्राउ गर्ने र पक्राउपुर्जी जारी गर्ने अधिकार हटाउने लबिङमा नेपाल प्रहरी नेतृत्व सक्रिय भएको छ।

संविधानसँगै राष्ट्रिय सरकार : प्रधानमन्त्री

संविधानसँगै राष्ट्रिय सरकार : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणसँगै राष्ट्रिय सहमतिको सरकार र मुलुकको नवनिर्माणको काम सुरु गर्नुपर्ने बताएका छन्।

‘कमसल खाद्यान्न दिनेलाई कारबाही गर'

काठमाडौं-राष्ट्रिय मानवअधिकार आयोगले चामल गुणस्तरहीन खाद्यान्न उपलब्ध गराउनेलाई कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

न्यायाधीश नियुक्ति तयारी

काठमाडौं– न्याय परिषदले सर्वोच्च, पुनरावेदन र जिल्ला अदालतमा रिक्त न्यायाधीश नियुक्त गर्ने तयारी गरेको छ। बुधबार बसेको परिषद बैठकले न्यायालयका रिक्त पदमा तत्काल नियुक्ति प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो।

द्वन्द्वपीडितलाई थप एक लाख, सुरक्षाकर्मी परिवारलाई तत्काल नदिइने

इलाम– सरकारले सशस्त्र द्वन्द्वकालमा ज्यान गुमाउने तथा बेपत्ता हुने व्यक्तिका परिवारलाई तेस्रो चरणको राहतस्वरुप आर्थिक सहयोग गर्न लागेको छ। शान्ति स्थापनापछि दुई चरणमा तीन-तीन लाख रुपैयाँ दिइएका द्वन्द्वपीडितलाई तेस्रो चरणअन्तर्गत...

१६ जिल्लालाई ३ अर्ब ८५ करोड निकासा

काठमाडौं–सरकारले वैशाख १२ गते गएको महाभुकम्प र त्यस पछिको पराकम्पनका कारण क्षति हुन पुगेका जिल्लाका लागि नगद ३ अर्ब ८५ करोड र जिन्सी सामान गरी साँझसम्म ५ अर्ब ६० करोड...

'नेपालमा चीनसँग सहकार्य गर्न भारत उत्साहित छैन'

हङकङ–महाभूकम्पपछि नेपालको पुनर्निर्माणमा भारतसँग सहकार्य गर्न चीन तयार रहे पनि दिल्ली त्यसमा उत्साहित नदेखिएको निष्कर्षमा बेइजिङका अधिकारी पुगेका छन्।

गलत तथ्यांकले राहतमा बदमासी

काठमाडौं-भूकम्प गएको महिनादिन बितिसक्दा पनि सरकारले पीडितको सही तथ्यांक संकलन नगर्दा राहत वितरणमा समस्या भएको छ। गलत तथ्यांकका कारण राहत वितरणमा अनियमितता भएको सरकारले नै स्वीकार गरेको छ।