8 Kartik, 2071 |
Menu

राजनीति

कांग्रेसमा संसदीय समिति बनेन

(0 votes)
काठमाडौं - मुलुक संविधानसभा निर्वाचनतर्फ उन्मुख भए पनि नेपाली कांग्रेसमा भने उम्मेदवार छनोट गर्ने समिति नै गठन भएको छैन।
चैत अन्तिम साता भएको महासमिति बैठकले एक महिनाभित्र पार्टीका सबै विभाग र समिति गठन गरिसक्न निर्देशन दिए पनि सभापति सुशील कोइरालाले गृहकार्यसमेत सुरु गरेका छैनन्। महाधिवेशन भएको साढे दुई वर्ष बित्दासमेत पार्टीका कुनै पनि निकायले पूर्णता नपाएपछि महासमिति बैठकले एक महिनाभित्र सबैलाई पूर्णता दिँदै संगठन सुदृढीकरण अभियान चलाउने निर्णय गरेको थियो।
विधानमा महाधिवेशन सकिएको दुई महिनाभित्र सबै तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था छ। तर, संसदीय समिति गठन र केन्द्रीय सदस्य तथा एक सहमहामन्त्री चयन प्रक्रिया अगाडि बढेको छैन।
संसदीय समितिमा कोइराला परिवारबाट सुजाता, शशांक र शेखर दाबेदार छन्। समितिमा रामशरण महत, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडु, आमोदप्रसाद उपाध्याय, आनन्दप्रसाद ढुंगाना, दिलबहादुर घर्तीको पनि दाबी छ। संगठन विभाग प्रमुख र प्रवक्ताको हैसियतमा आफू समितिमा पर्नुपर्ने ढुंगाना र बडुको दाबी छ। दुवै सभापतिनिकट हुन्। 'शशांक राखे सुजाता र शेखर रिसाउने, रामशरण राखे अर्जुननरसिंह रिसाउने अवस्था छ,' कोइरालानिकट एक नेताले भने, 'उहाँ निकै दुविधामा हुनुहुन्छ।'
शेरबहादुर देउवा क्याम्पबाट विमलेन्द्र निधि संसदीय समितिमा पर्ने निश्चित भएपछि कोइरालानिकट नेताले पदमनारायण चौधरीलाई पनि राख्नुपर्ने अडान राख्दै आएका छन्। केही समयअघि कोइराला क्याम्पमा छिरेका मिनेन्द्र रिजाल पनि आकांक्षी हुन्।
वरिष्ठ नेता देउवा समूहमा पनि संसदीय समिति दाबी गर्नेको ठूलै लाइन छ। पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, बालकृष्ण खाँणलगायतले समितिमा दाबी गरेका छन्। भ्रष्ट्राचार आरोपमा जेलमा रहेका खुमबहादुर खड्कालाई पनि समितिमा राख्न सभापति कोइराला र वरिष्ठ नेता देउवालाई तीव्र दबाब छ। 'आकांक्षी धेरै छन्,' सभापतिनिकट एक नेताले भने, 'शेरबहादुर देउवा, विमलेन्द्र निधि र कुलबहादुर गुरुङलाई संसदीय समितिमा मनोनीत गरेर टिकट वितण गर्ने मनस्थितिमा सभापति हुनुहुन्छ।'
विधानमा पार्टी पदाधिकारी, संसदीय दलको नेताका साथै आठजना सदस्य रहेको समिति गठन गर्ने व्यवस्था छ। त्यसले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री र निर्वाचनमा उम्मेदवारको नाम छनोट गर्छ।
'उम्मेदवारको नामलाई अन्तिम रूप दिन समिति चाहिने हो,' प्रवक्ता बडुले भने, 'सभापतिले उपयुक्त समयमा समिति गठन गर्नुहुन्छ।'
त्यस्तै, उपसभापति र महामन्त्री मनोनयनको प्रस्ताव केन्द्रीय समितिबाट पारित गर्नुअघि मनोनीत गर्न बाँकी एक सहमहामन्त्री देउवा पक्षलाई दिने सभापति कोइरालाले आश्वासन दिएका थिए। तर, अहिलेसम्म सहमहामन्त्री मनोनीत हुन सकेको छैन।
सहमहामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, पुष्पा भुषालको दाबी छ। उनीहरू देउवानिकट हुन्।  
सभापति कोइरालाले पटक–पटक गरी १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरे पनि समितिले अझै पूर्णता पाएको छैन। एक सहमहामन्त्रीसँगै चार केन्द्रीय सदस्य मनोनयन गर्न बा“की छ। भीमबहादुर तामाङ र गोपालराज पहाडीको निधनपछि केन्द्रीय समितिमा थप दुई स्थान रिक्त छ।  
बैठक नै बसेन
सभापति कोइरालाले महाधिवेशन भएको साढे दुई वर्षपछि विभागलाई पूर्णता दिए पनि अधिकतरको बैठक बस्न सकेको छैन। विभाग विस्तारप्रति वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष र कोइरालानिकट नेताले असन्तुष्टि जनाएपछि विभागको बैठक अहिलेसम्म बस्न नसकेको हो।
 विभागले पूर्णता पाएको तीन महिना बित्दा आदिवासी जनजाति र बागमती अञ्चल विभागबाहेक अन्यको बैठक बसेेको छैन। सभापति कोइरालाको निर्देशनमै पार्टीको वेबसाइट राखिएको सूची नै हटाइएको छ। 'दोहोरिएका नाम हटाउने, नयाँ व्यक्तिलाई समेट्ने र  सबै विभागमा तीन–तीन जना थपेर पूर्णता दिने सहमति भएको थियो,' एक नेताले भने।

आन्दोलनको धम्कीले संविधान रोकिँदैन : प्रधानमन्त्री

भक्तपुर– प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण प्रक्रियामा कसैको डरधम्कीबाट अवरोध गर्न नसक्ने बताएका छन्।

सार्कलाई सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण नेपाली जुटौँ : परराष्ट्र मन्त्री

काठमाडौँ– परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले दक्षिण एसियाली सहयोग संगठन (सार्क)को आगामी मंसिर १० र ११ गते यहाँ हुने १८औँ शिखर सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण नेपालीलाई जुट्न आह्वान गरेका छन्।

मन्त्रालयहरूको लेटरप्याडमा नेपाल संवत् अङ्कित हुनुपर्छः प्रधानमन्त्री

मन्त्रालयहरूको लेटरप्याडमा नेपाल संवत् अङ्कित हुनुपर्छः प्रधानमन्त्री

काठमाडौं—प्रधानमन्त्री सुशील कोइरालाले संविधानलाई लिएर आन्दोलन, हड्ताल र तोडफोडमा नउत्रन सबैसँग आग्रह गरेका छन्। नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११३५ द्वारा नयाँ वर्षको उपलक्ष्यमा आज वसन्तपुरमा आयोजित समारोहलाई सम्बोधन...

पाकिस्तानी प्रमलाई सार्क शिखरसम्मेलनको निम्तो

काठमाडौँ-परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पाकिस्तानी प्रधानमन्त्री मिया महम्मद नवाज सरिफलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को काठमाडौँमा हुने शिखर सम्मेलनको निम्तोपत्र बिहीबार हस्तान्तरण गरेका छन्।

राष्ट्रपतिको शुभकामनाः संविधानले मात्र शान्ति र आर्थिक समृद्धि

काठमाडौं– राष्ट्रपति रामवरण यादवले तोकिएको समयभित्र नयाँ संविधान जारी गरी मुलुकबासीको चाहना पूरा गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। नेपालीहरूको महान चाड तिहार र नेपाल संवतका अवसरमा बुधबार राष्ट्रपति यादवले...

संघीयतामा फेरि बखेडा

काठमाडौं— संविधान निर्माणको गतिरोध अन्त्य गर्न गोकर्ण रिसोर्टमा बसेको प्रमुख तीन दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । संविधानका विवादित विषयमा दलहरू टसमस नभएपछि कात्तिक ९ र १० गते छलफल गर्ने...

सत्यनिरूपण पदाधिकारीमा ६४ को निवेदन

काठमाडौं— सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि ६४ जनाले आवेदन दिएका छन् । सिफारिस समितिले सार्वजनिक विज्ञापन गरेको एक महिनामा ती आवेदन परेका हुन्।

गाई र आलु अनुसन्धान कार्यालयमा छापा, घुस लिँदै गरेका दुई अधिकृत पक्राउ

चापागाउँ (ललितपुर)– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार खुमलटारस्थित राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमको कार्यालय र राष्ट्रिय आलु अनुसन्धान कार्यक्रमको कार्यालयमा छापा मारेर घुस लिँदै गरेका लेखा अधिकृतद्वय श्रीराम श्रेष्ठ र प्रकाश...