Monday 16 Bhadra, 2071 |
Menu

राजनीति

चार वैदेशिक रोजगार व्यवसायी पक्राउ

  • आइतबार ९ भाद्र, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौँ)– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार र अध्यागमन विभागका कर्मचारीलाई पक्राउ गरेको एक दिन नबित्दै शनिबार उनीहरूलाई सहयोग गर्ने वैदेशिक रोजगार व्यवसायीहरूलाई पक्राउ गरेको छ।

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार वैदेशिक रोजागार विभागका कर्मचारीसँगको मिलेमतोमा गैरकानुनी काम गर्ने व्यवसायीहरूलाई नियन्त्रणमा लिइएको हो।
 यसरी पक्राउ पर्नेमा एडभान्स रिक्रुटमेन्ट सभिर्स प्रालिका सञ्चालकहरू चित्रगुप्त  साँवा र हर्कबहादुर लिम्बू, सान इन्टरनेशनल रिक्रुटमेन्ट सर्भिसका सञ्चालक मोहम्मद मुस्ताक मियाँ र प्रोग्ा्रेसिभ प्लेसमेन्ट सर्भिस प्रालिका श्यामप्रसाद श्रेष्ठ छन्।
 वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूकोे अन्तिम स्वीकृति प्रदान गर्ने, विभागमा प्रवेशाज्ञालगायत विषयमा झुठा विवरण तयार गर्ने काममा सघाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

अघिल्लो संविधान सभाका अधिकांश विषयमा सहमति

काठमाडौं- संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले अघिल्लो संविधान सभाको अधिकांश विषयवस्तुमा सहमति गरेको छ। सोमबार सिंहदवारमा बसेको बैठकले संविधान सभाले संविधान जारी गरिसकेपछि संसदको अर्को चुनाव नभएसम्म यही संसद्ले...

१३ एसएसपी डीआइजीमा सिफारिस

काठमाडौं- बढुवा सिफारिस समितिले १३ जना एसएसपीलाई डीआइजीमा सिफारिस गरेको छ। समितिको आइतबार मध्यरात बसेको बैठकले रामकुमार खनाल, मनोहरप्रसाद रिमाल, पूर्णसिंह खड्का, पुशपति उपाध्याय, देवेन्द्र सुवेदी, विजयलाला कायस्थ, मधुप्रासद पुडासैनी,...

पाँचै क्षेत्रमा विशेष अदालत खोल्न अध्ययन

काठमाडौं- न्यायपरिषदले पाँचै विकास क्षेत्रमा विशेष अदालत स्थापना गर्ने विषयमा अध्ययन गरी सरकारलाई राय दिने भएको छ। भ्रष्टाचार, लागुऔषध, नक्कली प्रमाणपत्रलगायत विशेष मुद्दाका लागि मात्रै स्थापना गरिएको पुनरावेदन तहको विशेष...

एकता टरेपछि संगठन निर्माणमा मधेसी दल

काठमाडौं- एकीकरण प्रयास असफल भएपछि मधेसकेन्द्रित राजनीतिक दलहरू संगठन सुदृढीकरण र विचार निर्माणमा आ–आफ्नै ढंगले क्रियाशील हुन थालेका छन्। दोस्रो संविधानसभा निर्वाचनलगत्तै तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), मधेसी जनअधिकार फोरम नेपाल...

'संविधानसभामै पठाऊँ विमत्ति'

काठमाडौं- संविधानसभाअन्तर्गत समितिका सभापतिहरूले कार्यतालिका संशोधन गर्दा समस्या उत्पन्न हुने जनाउँदै विवादका विषयलाई जस्ताको त्यस्तै संविधानसभा पठाउन सुझाव दिएका छन्।संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभाअन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका सभापतिसँग आइतबार...

अख्तियारले उठायो चार गाडी कागजात

अख्तियारले उठायो चार गाडी कागजात

काठमाडौं- कार्यालय समय भर्खर सुरु भएको थियो। मूल गेटबाट कर्मचारी छिर्ने क्रम टुंगिएको थिएन।अचानक सुन्धारास्थित काठमाडौं महानगरपालिका कार्यालयमा खैलाबैला मच्चियो। तीन जिप र एउटा जम्बो ह्यास गाडी लिएर अख्तियार दुरुपयोग...

संविधान बेलैमा बन्छ, ढुक्क हुनुस्: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले समयमै संविधान जारी हुनेमा ढुक्क हुन आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान नेपाल ट्रस्टको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कोइरालाले नेपाल नयाँ चरणमा प्रवेश गरिसकेकाले...

नेपाल महिला संघको महाधिवेशन मंसिरमा

काठमाडौं– नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघको महाविधेशन आगामी मंसिरको १३ देखि १५ गतेसम्म हुने भएको छ। संघ केन्द्रीय समितिको आइतबार बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो। संघको...