17 Shrawn, 2071 |
Menu

राजनीति

'सत्ताको लागि आत्मसमर्पण गर्दा मधेसका मुद्धा बिर्से'

  • ८ भाद्र, २०७०
  • मदन ठाकुर
  • DISQUS_COMMENTS
(0 votes)
रौतहट - तराई-मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले मधेसवादी दलका नेताहरुको कारण मधेसको समस्या समाधान हुन नसकेको आरोप लगाएका छन्। 
रौतहटको सदरमुकाम गौरमा आयोजित साक्षत्कार कार्यक्रममा नेता गुप्ताले मधेसवादी दलहरुले एमाले, कांग्रेस र एमाओवादी अगाडि सत्ताको लागि आत्मसमर्पण गर्दा मधेसका मुद्धा बिर्सेको आरोप लगाए।
दोस्रो संविधानसभाको निर्वाचनबाट पनि मधेसीको हकमा संविधान नबन्ने गुप्ताले ठोकुवा गरे।
नेता गुप्ताले आफूलाई देशमा भएको चारवटा चुनावमा भागलिएर आफनो क्षेत्रबाट चुनाव जितेको सम्झदै अब हुने दोस्रो संविधानसभामा प्रतिनिधित्व नहोस भनेर ठूला चार दलले आफूमाथि षडयन्त्र गरेको आरोप लगाए । उनले आफूले मधेसको सवालमा जुनसुकै बेला मधेसी जनताको संदेशबाहकको रुपमा काम गर्ने अठोट व्यक्त गरे।

दोस्रोपटकको संविधानसभाको चुनाव अगाडि मधेस लगायत देशका अन्य विषयमा अगाडि नै निकासको खाका बनाएपछि मात्रै संविधानसभाको चुनाव गराउनु पर्ने गुप्ताले बताए ।

संघीयता,स्वशासन,समान्ता,सम्मान र न्यायपूर्ण संविधान बन्ने जसबाट युगान्तकारी परिर्वतन हुने कुरा आशा गरेका छन्।
देशको निकास हुन नपाउँदै मधेसवादी दलहरु संविधानसभाको चुनाव रटिरहेको बताए । उनले मधेसी दलहरु फर्सी भएको र एमाले , कांग्रेस र एमाओवादी चुलेसी भएको बताए। फर्सीलाई चुलेसीले काटनु या फर्सी आफैँ चुलेसीमा पर्नु जस्तै मधेसी जनता चार दलको चंगुलमा फसेको बताए ।

एमालेका माधव नेपाल र एमाओवादी अध्यक्ष प्रचण्डले धोती र गम्छा लगाएर मधेसबाट चुनाव लड्छु र मधेसको समस्या समाधान गर्छु भन्नु रहस्यमय भएकोले मधेसी जनतालाई उनले सचेत रहन आग्रह गरे।
मोदी भ्रमणमा चार एम्बुलेन्स र चिकित्सकसँगै

मोदी भ्रमणमा चार एम्बुलेन्स र चिकित्सकसँगै

काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण क्रममा अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले दुईवटा अस्पतालमा विशेष तयारी गरेको छ।

सचिव बढुवामा मन्त्रीहरूबीच खिचातानी

काठमाडौं-सत्ता साझेदार दल र मन्त्रीहरूबीच कुरा नमिल्दा सचिव बढुवा अनिर्णित बनेको छ। विभिन्न मन्त्रालय र निकायमा २० सचिव पद रिक्त भए पनि सातमा बढुवा र बाँकीमा कामु दिने विषयमा मन्त्रीहरूले...

‘छिमेकीलाई शंकाले नहेरौं'

‘छिमेकीलाई शंकाले नहेरौं'

काठमाडौं-विभिन्न राजनीतिक दलका नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा नेपालले सक्दो लाभ लिन सक्नुपर्ने बताउँदै विद्युत व्यापार सम्झौता गर्न सुझाव दिएका छन्।

मुख्य न्यायाधीश नियुक्ति प्रक्रिया सुरु

काठमाडौं– न्याय परिषदले पन्ध्रवटै पुनरावेदन अदालतमा मुख्य न्यायाधीशको नियुक्ति प्रक्रिया अगाडि बढाएको छ।

माथिल्लो कर्णालीको पिडिएमा सहमति

काठमाडौं– नेपाल लगानी बोर्ड र भारतीय कम्पनी जिएमआरबीच ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पिडिए) मा हस्ताक्षर गर्ने सहमति भएको छ।

मोदीसँग मन्त्रीहरू नआउने

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ७५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार बिहान नेपाल आउँदै छन्। मोदीको भ्रमणटोलीमा एकजना पनि मन्त्री सहभागी हुने छैनन्।

‘पिटिएमा हस्ताक्षर हुन्छ'

‘पिटिएमा हस्ताक्षर हुन्छ'

काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आइतबार सुरु हुने नेपाल भ्रमण क्रममा दुई देशबीच ‘विद्युत व्यापार सम्झौता' (पिटिए) हुने पक्कापक्की भएको छ।

भारतीय अनुदानमा अरुण तेस्रो बनाउँ : मधेसवादी दल

काठमाडौं– तराई–मधेसकेन्द्रित ६ राजनीतिक दलले भारतसँगको वार्तामा हुलाकी मार्ग, अरुण तेस्रो, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, चुरे संरक्षणसम्बन्धी एजेन्डालाई प्राथमिकतामा राख्नु पर्ने बताएका छन्।