Friday 22 Falgun, 2071 |
Menu

राजनीति

HUB

वैदेशिक शक्ति केन्द्रले गोलमेच हुन दिएनन् : वैद्य

  • ८ भाद्र, २०७०
  • प्रकाश तिमल्सिना
  • DISQUS_COMMENTS
(0 votes)

काठामाडौं - – नेकपा-–माओवादीका अध्यक्ष मोहन वैद्यले वैदेशिक शक्ति केन्द्रले गोलमेच सम्मेलन हुन नदिएको बताएका छन्। उच्चस्तरीय राजनीतिक समितिले वैद्य माओवादी नेतृत्वको ३३ दलीय मोर्चासँग वार्ताको औचित्य सकिएको बताएपछि आज पार्टी कार्यालय बुद्धनगरमा माओवादीले पत्रकार सम्मेलन आयोजना गरेको थियो।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष वैद्यले राजनीतिक समितिले ३३ दलीय मोर्चाले पेश गरेका एजेण्डाहरुमा छलफल गर्न नचाहेको आरोप लगाए। उनले वार्ताको वातावरण अझै पनि नसकिएको बताउँदै उच्चस्तरीय राजनीतिक समितिलाई पुनर्विचार गर्न आग्रह गरे।

उनले राजनीतिक समितिले नै वार्ता भाँडेको आरोप लगाउँदै भने, 'उहाँहरुले हाम्रो लचकतालाई बुझ्न सक्नु भएन'। वैद्यले आफूहरुको चुनाव बहिस्कार अभियान जारी फेरि दोहोर्याए।

'मानवअधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई न्यायको कठघरामा उभ्याइन्छ'

काठमाडौँ-परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मानवअधिकार उल्लङ्घनका गम्भीर घटनामा संलग्न दोषीलाई न्यायको कठघरामा उभ्याइने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को २८ औँ बैठकमा भागलिने सिलसिलामा स्विटजरल्यान्डको जेनेभामा रहनुभएका...

तामाकोशीको सेयर बाँडफाँडको मुद्दाको निर्णय २६ गते

काठमाडौं – माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर बाँडफाड विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा अन्तरिम आदेशका दिने/नदिने विषयमा आगमी २६ गते छलफल हुने भएको छ। गत ११ गते सर्वोच्चका न्यायाधीश गोविन्दकुमार...

कांग्रेस–एमाले बहुमतको खेलमा लाग्दा संविधान आएन : उपाध्यक्ष घर्ती

रोल्पा–संधिवानसभा उपाध्यक्ष ओनसरी घर्तीले कांग्रेस,एमाले बहुमतको खेलमा लागेकाले माघ ८ गते संविधान आउन नसकेको बताएकी छिन्। राजनीतिक पार्टीबीचको ध्रुविकरण बढेकाले तोकिएको समयभित्र संविधान जारी हुन नसकेको उनको भनाइ थियो।

सत्ता पक्षसँग औपचारिक वार्ता थाल्ने मोर्चाको निर्णय

काठमाडौं–एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले सरकारपक्षसँग औपचारिक वार्ताको प्रयास गर्ने निर्णय गरेको हो। सहमतिबाटै संविधान जारी गर्ने र आफूहरुको माग सम्बोधन गर्ने गरी औपचारिक वार्ता गर्ने निर्णय गरेको हो।

राजतन्त्रबारे गिरिजाप्रसाद कहाँ सोध्न जानुस् नत्र मकहाँ आउनुहोस्: नेपाल

राजतन्त्रबारे गिरिजाप्रसाद कहाँ सोध्न जानुस् नत्र मकहाँ आउनुहोस्: नेपाल

चितवन-संविधान निर्माणको ढिलाईले अर्को किसिमको नयाँ ग्राण्ड डिजाईनको खतरा बढेको एमाले स्थायी कमिटी सदस्य माधव कुमार नेपालले बताएका छन्। पशुपति शमशेर , कमलथापा , पूर्व राजा ज्ञानेन्द्र लगायतले राजतन्त्र राख्ने...

यौनहिंसा पीडित संरक्षण गर्ने कानुन बनाउन परमादेश

काठमाडौं-सर्वोच्च अदालतले यौन हिंसामा परेका महिलाको संरक्षण गर्न अलग्गै कानुन बनाउन सरकारलाई आदेश दिएको छ। न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले बुधबार हिंसाबाट पीडितको संरक्षण र दोषीलाई कारबाही...

एमाओवादी वार्तामा आउन तयार

काठमाडौं-लामो समयदेखिको संवादहीनता अन्त्य गर्दै तत्काल औपचारिक वार्ता सुरु गर्न एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल तयार भएका छन्। प्रधानमन्त्री सुशील कोइराला, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेकपा एमाले...

महाधिवशेन प्रतिनिधिलाई प्रशिक्षण

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका १२ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिलाई आइतबारदेखि प्रशिक्षण दिने भएको छ। कांग्रेस उपसभापति रामचन्द्र पौडेल नेतृत्वको नीति तथा प्रशिक्षण प्रतिष्ठानले बुधाबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन...