Friday 14 Kartik, 2071 |
Menu

राजनीति

३३ दलीय मोर्चासँग अब वार्ता नहुने

  • ८ भाद्र, २०७०
  • प्रशान्त लामिछाने
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - उच्चस्तरीय राजनीतिक समिति र नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबीच आज भएको वार्तामा सहमति जुट्न सकेन। राजनीतिक समितिले ३३ दलीय मोर्चासँग अब वार्ता नगर्ने बताएको छ। नयाँ बानेश्वरस्थति समितिको कार्यालयमा भएको वार्तामा वैद्य माओवादी निर्वाचन प्रति गम्भीर हुन नसकेको राजनीतिक समितिको बुझाइ छ।

३३ दलीय मोर्चाले नयाँ राष्ट्रिय सहमतिका आधारमा अधिकार सम्पन्न गोलमेच सम्मेलनद्वारा समस्याको समाधान गर्नु पर्ने र गोलमेचको निर्णयको आधारमा अन्य निर्णय गर्नु पर्ने माग गरेको थियो । मोर्चाले वार्तामा गोलमेच सम्मेलनमा विघटित संविधानसभामा प्रतिनिधित्व गरेका दलहरु, आन्दोलनमा संलग्न राजनीतिक दलहरु र विभिन्न क्षेत्रलाई समेटेर पर्यवेक्षक बताउनु पर्ने माग गरेको थियो। उसले निर्वाचनको मिति, सरकार गठन, नयाँ संविधानको अन्तर्वस्तु, संविधान बनाउने प्रक्रिया र पद्दति, शान्ति प्रक्रियाका बाँकी विषय र १८ बुँदे मागका बाँकी विषयहरुलाई मुख्य केन्द्रमा राखेर आफ्ना कुरा राखेको बताइएको छ । उसले गोलमेचको विधि र प्रक्रिया सहमतिको आधारमा तय गर्ने प्रस्ताव बैठकमा पेश गरेको थियो।

मोर्चा वार्तामा निर्वाचनमा नजाने गरी प्रस्तुत भएको एमाओवादी नेता नारायणकाजी श्रेष्ठले बताए। 'निर्वाचनको मिति सार्नु पर्ने, सरकार परिवर्तन गर्नु पर्ने माग निर्वाचन नहोस् भन्ने हुन्,' श्रेष्ठले भने, 'उहाँहरु तोकिएकै समयमा निर्वाचनमा सहभागी हुने कुरामा प्रतिवद्ध देखिनु भएन।'

यता मोर्चाले भने आफ्ना माग राजनीतिक समितिले वेवास्ता गरेर गम्भीर भुल गरेको बताएको छ। यसअगाडि आज बिहान एनेकपा (माओवादी) र नेकपा–माओवादीबीच छलफल भएको थियो। छलफलको क्रममा माओवादीले मंसिर ४ गतेको निर्वाचनमा सहभागी नहुने बताएको स्रोतले बताएको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा भएको दुवै माओवादीबीच भएको भेटवार्तामा नाम मात्रको गोलमेच सम्मेलन गरेर अहिलेकै प्रक्रियामा निर्वाचनमा सहभागी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई माओवादी अध्यक्ष मोहन वैद्यले बताएका थिए। हिजो बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले वैद्य माओवादी निर्वाचनमा आउने भए मात्र गोलमेच सम्मेलनको विधि र प्रक्रियामा जान सकिने निर्णय गरेको थियो।

संवाद समितिको बैठक सुरु

संवैधानिक- राजनीतिक संवाद तथा सहमति समितिको बैठक सिंहदरवारमा सुरु भएको छ। बैठकमा एमालेका शीर्ष नेता भने उपस्थित छैनन्।

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक, कार्यविभाजन र १ वर्षे रणनीति मुख्य एजेन्डा

काठमाडौं- पोलिटब्यूरो, स्थायी कमिटी गठन, पदाधिकारीको कार्य विभाजन र केन्द्रीय कमिटीलाई पूर्णता दिने एजेन्डासहित आज (शुक्रबार)देखि एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ।एमाले केन्द्रीय कार्यालय बल्खुमा बस्ने बैठक कसरी सञ्चालन गर्ने...

‘अदालतको फैसला त्रुटिपूर्ण'

काठमाडौं-सेतो हेरोइन कारोबारमा सक्रिय अन्तर्राष्ट्रिय गिरोहमा संलग्न देखिएकी पाकिस्तानी नागरिक साहिदा प्रविनलाई सफाइ दिने जिल्ला अदालतको फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै सरकारी वकिलको कार्यालय काठमाडौंले पुनरावेदन गर्ने भएको छ।

एमालेमा मन्त्रालयअनुसार विभाग बन्ने

काठमाडौं-केन्द्रीय सरकारको झल्को दिने गरी नेकपा एमालेले पार्टीको केन्द्रीय संगठन र विभाग गठन गर्ने भएको छ। एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्न तयार पारिएको प्रस्तावमा मन्त्रालयको कार्यक्षेत्रअनुसार कार्य विभाजन गरी...

तीन दल टसमसै भएनन्

काठमाडौं-संविधानका अन्तर्वस्तुमा साझा सहमति जुटाउन बिहीबार भएको प्रमुख तीन राजनीतिक दलको बैठक निष्कर्षहीन भएको छ। बिहीबार साँझ प्रधानमन्त्री निवास, बालुवाटारमा भएको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष...

विदेशी सहयोगमा अनुमति अनिवार्य

काठमाडौं– सरकारले विदेशी दातृ निकायको सहयोगमा संघीयतासम्बन्धी कार्यक्रम सञ्चालन गर्दा अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।

कांग्रेस–एमालेद्वारा सात प्रदेशको खाका

काठमाडौं-नयाँ संविधानमार्फत राज्य पुनःसंरचनामा १० प्रदेशको अडान राख्दै आएको एकीकृत नेकपा माओवादी त्यसबाट तल नझरे प्रक्रियाबाट सातभन्दा कम प्रदेश बनाउने गरी सत्ताघटक नेपाली कांग्रेस र नेकपा एमालेले साझा सहमति बनाएका...

राजनीतिक भागबन्डाले सहमति जटिल : भट्टराई

कठमाडौं– संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका अध्यक्ष बाबुराम भट्टराईले संविधानका विवादित विषयमा सहमतिमा पुग्ने कार्य केही नेता र पार्टीको सत्ताप्रतिको चासोले गर्दा जटिल भएको बताएका छन्। कुनै पार्टीको नाम नलिई...