Friday 6 Bhadra, 2071 |
Menu

राजनीति

शरदसिंहकी उपाध्यक्ष महतोको पार्टीमा

  • ८ भाद्र, २०७०
  • प्रकाश तिमल्सिना
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - राष्ट्रिय मधेस समाजवादी पार्टीकी उपाध्यक्ष अमृता अग्रहरी राजेन्द्र महतो नेतृत्व सद्भावाना पार्टीमा प्रवेश गरेकी छिन्। जनकपुरमा आयोजित एक कार्यक्रममा नेतृ अग्रहरीलाई अध्यक्ष महतोले पार्टी प्रवेश गराएका हुन्।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपाध्यक्ष अग्रहरीले राष्ट्रिय मधेस समाजवादी पार्टी मधेस मुद्धा तथा सबालहरुमा उदासिन रहेको र पार्टी अध्यक्ष शरदसिंह भण्डारी मात्र महोत्तरी जिल्लामा केन्द्रित भएकोले पार्टी परित्याग गर्नु परेको बताउँदै अग्रहरी सद्भावना पार्टीमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। पार्टी प्रवेश गरेका अग्रहरी लगायत अन्य दर्जनौंलाई अध्यक्ष महतोले पार्टी सदस्यता प्रदान गरेका छन्।

आइसोलेसन वार्ड बनाउन अस्पताललाई निर्देशन

काठमाडौं-सरकारले इबोला भाइरसको सम्भावित जोखिमको पूर्व तयारी गर्न देशभरका अस्पताललाई सरुवा रोगका बिरामी छुट्टै राखेर उपचार गर्न मिल्ने (आइसोलेसन) सुविधायुक्त वार्डको व्यवस्था गर्न निर्देशन दिएको छ।

‘प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणाली'

काठमाडौं-संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिलाई युवा नेताले प्रतिनिधिसभामा प्रत्यक्ष र राष्ट्रियसभामा समानुपातिक निर्वाचन प्रणाली लागु गर्न सुझाव दिएका छन्।

सातबुँदे ‘नाघेकोमा' ओलीको आपत्ति

काठमाडौं-नेकपा (एमाले ) अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनअघि कांग्रेस–एमालेबीच भएको सातबुँदे सहमतिबाट पछि नहट्न प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन्।

‘राष्ट्रि हितविपरीत सम्झौता हुँदैन'

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले भारतसँग राष्ट्रिय हितविपरीत कुनै पनि खालको सम्झौता नगरिने बताएका छन्।

एमालेमा पुनःसंरचनाबारे छलफल

काठमाडौं– राज्य पुनःसंरचनासहित संविधानका अन्तर्वस्तुमा धारणा बनाउन नेकपा (एमाले) मा छलफल सुरु भएको छ।

विद्यार्थी संगठन कारण देखाउँदै क्याम्पसप्रमुखको राजीनामा

महेन्द्रनगर– विद्यार्थी संगठनहरूले 'अचाक्ली' गर्न थालेको भन्दै सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सिद्धनाथ बहुमुखीका प्रमुख मुकुन्द कलौनीले राजीनामा दिएका छन्।

भारतीय राजदूत र एमाले नेता नेपालबीच भेटवार्ता

भारतीय राजदूत र एमाले नेता नेपालबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत रञ्जित रेबीच पछिल्लो राजनीतिक अवस्था र नेपाल–भारत सम्बन्धका विषयमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री कोइराला र ओलीबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक स्थितिका बारेमा कुराकानी...