Sunday 9 Kartik, 2071 |
Menu

राजनीति

नेम्वाङ नेतृत्वको टोली चीनतिर

(0 votes)
काठमाडौँ - वरिष्ठ अधिवक्ता एवम् पूर्वसभामुख सुवास नेम्वाङ नेतृत्वको सात सदस्यीय नेपाली टोली चीनको अध्ययन भ्रमणका लागि आज ल्हासातर्फ प्रस्थान गर्‍यो।

चिनियाँ अन्तर्राष्ट्रिय मैत्रीसम्बन्ध सङ्घको निमन्त्रणामा साताव्यापी भ्रमणका लागि गएको सो टोलीले ल्हासा, बेइजिङ र छेन्चुको भ्रमण गरी चिनियाँ कानुन व्यवसायीसँग भेटवार्ता गर्ने टोलीका सदस्य एवम् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बताए। टोलीमा राष्ट्रपतिका कानुनी सल्लाहाकार सूर्य ढुङ्गेल र सोही कार्यालयमा परराष्ट्र मामला हेर्ने उपसचिव नेत्रबहादुर टण्डन, पूर्वसभासद् राधेश्याम अधिकारी, संवैधानिक कानुनका जानकार विपीन अधिकारी र  त्रिवि कानुन सङ्कायका डिन विद्याकिशोर राय छन्। -रासस

प्रधानमन्त्रीले भट्‍टराईलाई भने- सहमति छिटो गर्नोस्

काठमाडौं—संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले तिहारमा पनि राजनीतिक भेटवार्तालाई तीब्र पारेका छन्। संविधानका अन्तरबस्तुका विवादमा सहमति जुटाउन भट्टराईले आज बिहान प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गरेका छन्।

आन्दोलनको धम्कीले संविधान रोकिँदैन : प्रधानमन्त्री

भक्तपुर– प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण प्रक्रियामा कसैको डरधम्कीबाट अवरोध गर्न नसक्ने बताएका छन्।

सार्कलाई सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण नेपाली जुटौँ : परराष्ट्र मन्त्री

काठमाडौँ– परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले दक्षिण एसियाली सहयोग संगठन (सार्क)को आगामी मंसिर १० र ११ गते यहाँ हुने १८औँ शिखर सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण नेपालीलाई जुट्न आह्वान गरेका छन्।

मन्त्रालयहरूको लेटरप्याडमा नेपाल संवत् अङ्कित हुनुपर्छः प्रधानमन्त्री

मन्त्रालयहरूको लेटरप्याडमा नेपाल संवत् अङ्कित हुनुपर्छः प्रधानमन्त्री

काठमाडौं—प्रधानमन्त्री सुशील कोइरालाले संविधानलाई लिएर आन्दोलन, हड्ताल र तोडफोडमा नउत्रन सबैसँग आग्रह गरेका छन्। नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११३५ द्वारा नयाँ वर्षको उपलक्ष्यमा आज वसन्तपुरमा आयोजित समारोहलाई सम्बोधन...

भट्टराई–ओलीबीच गौशालामा वार्ता

काठमाडौं—संविधान सभाको राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका छन्। तिहारको देउसी र भैली चलिरहँदा भट्टराईले गौशालाको एक घरमा अध्यक्ष ओलीसँग भेट गरेका...

पाकिस्तानी प्रमलाई सार्क शिखरसम्मेलनको निम्तो

काठमाडौँ-परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पाकिस्तानी प्रधानमन्त्री मिया महम्मद नवाज सरिफलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को काठमाडौँमा हुने शिखर सम्मेलनको निम्तोपत्र बिहीबार हस्तान्तरण गरेका छन्।

राष्ट्रपतिको शुभकामनाः संविधानले मात्र शान्ति र आर्थिक समृद्धि

काठमाडौं– राष्ट्रपति रामवरण यादवले तोकिएको समयभित्र नयाँ संविधान जारी गरी मुलुकबासीको चाहना पूरा गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। नेपालीहरूको महान चाड तिहार र नेपाल संवतका अवसरमा बुधबार राष्ट्रपति यादवले...

संघीयतामा फेरि बखेडा

काठमाडौं— संविधान निर्माणको गतिरोध अन्त्य गर्न गोकर्ण रिसोर्टमा बसेको प्रमुख तीन दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । संविधानका विवादित विषयमा दलहरू टसमस नभएपछि कात्तिक ९ र १० गते छलफल गर्ने...