Monday 8 Baishak, 2071 |
Menu

राजनीति

कोइरालालाई नयाँ दिल्लीमा गुलिया मिठाइ (फोटो सहित)

(0 votes)
सभापति कोइराला सहितका नेपाली नेताको सत्कार गुलिया मिठाइ सभापति कोइराला सहितका नेपाली नेताको सत्कार गुलिया मिठाइ
काठमाडौं— भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई भारतीय नेताहरुले गुलियो मिठाइ खुवाएर अतिथि सत्कार गरेका छन्। ६ दिने भारत भ्रमणको तेस्रो दिन आज बिहान उत्तर प्रदेशको सत्तारुढ दल समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह यादवले कोइराला सहितका नेतालाई जनपथस्थित निवासमा रसबरी, लड्डुले सत्कार गरेका हुन्।


भेटमा यादवले नेपालमा तोकिएकै समयमा संविधानसभाको निर्वाचन सम्पन्न गरेर संक्रमणकालको अन्त्य हुन पर्ने भन्दै त्यसको लागि लोकतान्त्रिक शक्तिहरुबीचको एकतामा जोड दिएका थिए।

अध्यक्ष यादवले भेटमा उत्तरप्रदेश र नेपालको सीमामा हुने अपराध, सुरक्षा लगायतका विषयमा पनि छलफल गरेका थिए।

सभापति कोइरालाले नेपालमा निर्वाचनको विकल्प नभएकोले समयमै निर्वाचन हुने जानकारी गराउँदै भारतीय समाजवादी आन्दोलनका अग्रज रामनारायण लोहिया र नेपाली कांग्रेसबीच विशिष्ट सम्बन्ध रहेको स्मरण गराएका थिए।

सभापति कोइरालले आज सत्तारुढ दल कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री सलमान खुर्सिद र प्रतिपक्षी दल भारतीय जनता पार्टीका नेता सुष्मा स्वराजसँग पनि भेटवार्ता गर्दैछन्। कोइरालाले भोली उत्तरप्रदेशका मुख्यमन्त्री अखिलेश यादवसँग भेवार्ता गर्ने कार्यक्रम छ। भेटमा नेपाली पक्षले बाँकेस्थित लक्ष्मणपुर बाँधका कारण नेपाली भूमि डुबानमा पर्ने गरेको विषय उठाउने तयारी गरेको छ।

सभापति कोइरालाले हिजो भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहसँग भेटवार्ता गरेका थिए। भेटमा भारतीय नेताहरुले नेपालका हुन लागेको संविधानसभा निर्वाचनको बिषयमा कुराकानी भएको थियो।

laddu1

लड्डु-रसबरीले स्वागत गर्दै मुलायम सिंह यादव। तस्विर सौजन्यः दिपेश केसी

एक वर्षभित्र लोकतान्त्रिक संविधान : प्रधानमन्त्री कोइराला

भद्रपुर- प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा शान्ति, स्थायित्व र लोकतन्त्रका लागि एक वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण गरिसक्ने बताएका छन्। झापाको शनिश्चरे–८ सिके चोकमा नवनिर्मित सिके चिन्तन प्रतिष्ठान भवनको उद्घारटन गर्दै उनले...

पहिचान संघीयतामा फेरि मोर्चाबन्दी

काठमाडौं-एकीकृत माओवादीले पहिचानसहितको संघीयता पक्षधरबीच फेरि मोर्चाबन्दी सुरु गरेको छ। शनिबार अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आयोजित दिवा भोजसहित बैठकमा केही मधेसवादी दल र संघीय समाजवादी पार्टीले मोर्चामा सहभागी हुन सहमति...

न्यायाधीश सिफारिस प्रक्रिया आजबाट

काठमाडौं-न्याय परिषदले सर्वोच्च अदालतमा लामो सयमदेखि रिक्त न्यायाधीश नियुक्तिका लागि सिफारिस प्रक्रिया आइतबारदेखि अघि बढाउने भएको छ। न्यायाधीश नियुक्ति प्रक्रिया कस्तो हुने, कुन मापदण्डका आधारमा नियुक्ति गर्ने भन्ने विषयमा छलफल...

नेपाल–ओली तीव्र ध्रुवीकरण

काठमाडौं-एमालेको नवौं महाधिवेशन नजिकिँदै जाँदा वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीबीच अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारीले गति लिएको छ।

ट्रेड युनियन कांग्रेसको कार्यसमितिमा ४ जना मनोनित

काडमाडौं-नेपाली कांग्रेस निकट ट्रेड युनियन कांग्रेसको राष्ट्रिय कार्यसमितिमा ४ जना मनोनित भएका छन्। ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलनाथ दाहालले आज विधान अनुसार ४ जनालाई कार्यसमितिमा मनोनित गरेका हुन्।

स्थानीय निर्वानको मिति तोक:अध्यक्ष खनाल

काठमाडौं-नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकारले तुरुन्तै स्थानीय निर्वाचनको मिति घोषणा गर्नु पर्ने बताएका छन्।

कांग्रेसले दोस्रो चरणको 'मेची– महाकाली जागरण अभियान' सुरु गर्ने

काठमाडौं – नेपाली कांग्रेसले आइतबार देखि 'मेची– महाकाली जागरण अभियान' अर्न्तगत दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टी उपसभापति एबं नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा महाकालीबाट सुरु भएको अभियान...

फेरि पनि अशान्ति र द्वन्द्वका कुरा गरेर हुँदैन : प्रधानमन्त्री कोइराला

झापा- फुजेल कान्डका अभियुक्तहरुलाई आदलतले रिहा गरेको घटनालाई प्रधानमन्त्री सुशील कोइरालाले समान्य प्रकृया भएको बताएका छन्। आइतबारबाट झापमा हुने नेपाली कांग्रेसको क्षेत्रीय प्रशिक्षण भेलाको उद्घारटन गर्न आएका प्रधानमन्त्री कोइरालाले अब...