Sunday 11 Magh, 2071 |
Menu

राजनीति

HUB

यथास्थितिमा चुनाव गराउनु घातक हुने चेतावनी

  • मङ्गलबार २२ श्रावण, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
सप्तरी - दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले यथास्थितिमा निर्वाचन भएमा मुलुकका लागि घातक हुने बताए। दलित जनजाति पार्टी सप्तरीले आज बिहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पासवानले भने , 'यथास्थितिमा मङ्सिर ४ गते निर्वाचन भए त्यसपछि संविधानसभामा संविधान निर्माणको बहस सुरु हुन्छ भने अर्कातिर मुलुक विखण्डनको अभियान सुरु हुन्छ।'
अध्यक्ष पासवानले संविधानसभाबाटै संविधान बनाउन एक रुपैयाँ पनि खर्च नगर्ने विद्वान्लाई संविधानसभामा प्रतिनिधित्व गराउनुपर्ने बताए। निर्वाचन बहिस्कारको पक्षमा आफ्नो पार्टी नरहेको बताउँदै उनले निर्वाचनलाई लक्ष्य गरी पार्टीले आगामी भदौ १५ गतेपछि अभियान सुरु गर्ने जानकारी दिए।

प्रस्ताव समिति गठन भएपछि कुन नेताले के भने?

काठमाडौं- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सहमति विपरीत संविधान सभामा प्रश्नावली समिति गठन गर्ने कामलाई महाभूलको सङ्ज्ञा दिएका छन्। संविधान सभाको आइबार बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै...

किन बस्यो विपक्षी मोर्चाको आकस्मिक बैठक?

किन बस्यो विपक्षी मोर्चाको आकस्मिक बैठक?

काठमाडौं–संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति गठन गर्न प्रस्ताव निर्माण समिति गठनको घोषणा गरेपछि आक्रोशित बनेका प्रमुख प्रतिपक्षी दल एमाओवादीसहितका विपक्षी मोर्चाको आकस्मिक बैठक सिंहरवारमा बसिरहेको छ।

अन्तत गठन भएरै छाड्यो प्रस्ताव समिति

अन्तत गठन भएरै छाड्यो प्रस्ताव समिति

काठमाडौं–संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति गठनका लागि प्रस्ताव निर्माण समिति गठन गरेको घोषणा गरेका छन्। विपक्षीको होहल्लाबीच सभाध्यक्ष नेम्वाङले प्रस्ताव गठन भएको घोषणा गरेका हुन्। ७३ सदस्यीय हुने प्रस्ताव...

एमाओवदी नेताले भने- ‘हामीलाई जातीय राज्य चाहिँदैन’

एमाओवदी नेताले भने- ‘हामीलाई जातीय राज्य चाहिँदैन’

अछाम–एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य लेखराज भट्टले जातीय राज्य हुँनै नहुने भन्दै आफू त्यसको कट्टर बिराधी भएको बताएका छन्। आइतबार अछाममा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको अर्न्तक्रिया कार्यक्रममा पूर्व मन्त्रीसमेत...

सभाध्यक्ष आफैंले प्रस्ताव पेश गर्ने

सभाध्यक्ष आफैंले प्रस्ताव पेश गर्ने

काठमाडौं–आजको संविधान सभा बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले नै प्रस्ताव पेश गर्ने गरी कार्यसूची तय गरिएको छ। संविधान सभा सचिवालयले यसअघिको कार्यसूची हटाएर सभाध्यक्ष आफैंले ‘प्रस्ताव निर्माण समिति गठन गरियोस्’ भन्ने...

दाहालले राष्ट्रपतिसँग भने- ‘सहमतिका लागि ५ दिनको समय मिलाइदिनुस्'

दाहालले राष्ट्रपतिसँग भने- ‘सहमतिका लागि ५ दिनको समय मिलाइदिनुस्'

काठमाडौं–राष्ट्रपति डा. रामबरण यादवले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईलाई सहमतिबाट अगाडि बढ्न सुझाव दिएका छन्। आइबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति डा. यादवले...

अवरोध फुकाउन सत्तापक्षको पहल

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रश्नावली प्रस्ताव समिति गठन प्रक्रियामा अवरोध नपुर्यांउन एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्। माओवादी अध्यक्ष दाहाललाई भेट्न शनिबार उनकै निवास लाजिम्पाट पुगेका...

नेम्वाङले नै प्रस्ताव गर्ने

काठमाडौं- संविधानसभाको बैठक स्थगित गर्ने विषयमा प्रमुख दलहरूबीच सहमति नभए सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले नै आइतबार संविधानसभामा प्रश्नावली समितिको प्रस्ताव गर्ने भएका छन्। एकीकृत नेकपा माओवादी नेतृत्वको १९ दलीय मोर्चाले प्रश्नावली...