Friday 24 Baishak, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

'लोकतन्त्र संस्थागत भएको हेर्ने भारतको चाहना'

(0 votes)
काठमाडौं - ६ दिने भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आज बिहानैबाट राजनीतिक भेटवार्ता सुरु गरेका छन्। यसक्रममा उनले आज समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह यादवसँग भेटवार्ता गरेका छन्। भेटमा यादवले नेपालमा तोकिएकै समयमा संविधानसभाको निर्वाचन सम्पन्न गरेर संक्रमणकालको अन्त्य हुन पर्ने भन्दै त्यसको लागि लोकतान्त्रिक शक्तिहरुबीचको एकतामा जोड दिएका थिए।
nepalipatr-april

उनले नेपालमा निर्वाचन भएर संविधान निर्माण भई लोकतन्त्र संस्थागत भएको हेर्ने भारतको चाहना भएको सुनाउँदै त्यसको लागि सबैखाले सहयोग गर्न सकिने बताए।

भेटमा उत्तरप्रदेश र नेपालको सीमामा हुने अपराध, सुरक्षा लगायतका विषयमा पनि छलफल भएको थियो।

कोइरालाले नेपालमा निर्वाचनको विकल्प नभएकोले समयमै निर्वाचन हुनेमा ढाडस दिँदै त्यसको लागि अहिले वातावरण बन्दै गइरहेको जानकारी दिए। उनले भारतीय समाजवादी आन्दोलनका अग्रज रामनारायण लोहिया र नेपाली कांग्रेसबीच विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै समाजवादी आन्दोलनलाई एकीकृत रुपमा अघि बढाउने विषयमा पनि छलफल भएको थियो।

सभापति कोइरालले आज सत्तारुढ दल कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री सलमान खुर्सिद र प्रतिपक्षी दल भारतीय जनता पार्टीका नेता सुष्मा स्वराजसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

कोइरालाले भोली उत्तरप्रदेशका मुख्यमन्त्री अखिलेश यादवसँग भेवार्ता गर्ने कार्यक्रम छ। भेटमा नेपाली पक्षले बाँकेस्थित लक्ष्मणपुर बाँधका कारण नेपाली भूमि डुबानमा पर्ने गरेको विषय उठाउने तयारी गरेको छ।

सभापति कोइरालाले हिजो भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहसँग भेटवार्ता गरेका थिए। भेटमा भारतीय नेताहरुले नेपालका हुन लागेको संविधानसभा निर्वाचनको बिषयमा कुराकानी भएको थियो

प्रतिक्रिया

तीन महिना भित्रमा दाहाल प्रधानमन्त्री: गच्छदार

इटहरी-मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले अब तीन महिनाभित्रमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण हुने बताएका छन्।

राष्ट्रिय सुरक्षा नीति पारित

काठमाडौँ-लामो समयको प्रयासपछि राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रिय सुरक्षा नीति पारित गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावलले धेरै लामो समयको छलफल, सुझाव, विश्लेषणपछि आज बसेको परिषद्को बैठकले सुरक्षा नीति अनुमोदन...

ओमनको राजदूतमा पराजुली सिफारिस

काठमाडौं-सरकारले ओमनको लागि नेपाली राजदुतमा शर्मिला पराजुलीलाई सिफारिस गरेको छ। मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले ओमनमा रिक्त रहेको राजदुतमा पराजुलीलाई सिफारिस गरेको हो।

पार्टीको शाख गिराएको भन्दै कांग्रेस भित्रैबाट देउवाकाे अालाेचना

काठमाडौं-पार्टीभित्र छलफल नगरी सभापति शेरबहादुर देउवा एकपक्षीय ढङ्गले अघि बढ्न खोजेको भन्दै नेपाली काँग्रेसभित्र असन्तुष्टि बढेको छ। सरकार परिवर्तनको खेलमा लागेर पार्टीको साख गिराएको भन्दै काँग्रेसका प्रभावशाली नेताहरुले सभापति देउवाको पछिल्लो...

नीजि विद्यालयको शुल्कबारे मन्त्रालयले अनुगमन गर्ने

काठमाडौं- निजी विद्यालयहरुले संस्थागत(निजी)विद्यालय शुल्क निर्धारण निर्देशिकालाई अवज्ञा गरि मनोमानी शुल्क लिएको भन्दै विरोधमा उत्रिएका विद्यार्थी संगठनहरु र शिक्षा मन्त्रालयबीच दोस्रो चरणको बार्ता भएको छ।

वैदेशिक अध्ययनसम्बन्धी ऐन बनाउन निर्देशन

काठमाडौं– संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विदेशमा अध्ययन तथा शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्ने सम्बन्धमा छुट्टै कानुन बनाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।

गठबन्धन बैठक तमलोपा र सदभावनाद्धारा बहिस्कार

काठमाडौं- संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई संघीय गठबन्धनको संयोजक बनाए पछि तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टीले बैठक बहिस्कार गरेका छन्।

राष्ट्रपतिकाे भारत भ्रमण राेकियाे

राष्ट्रपतिकाे भारत भ्रमण राेकियाे

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण तत्कालका लागि रोकिएको छ। वैशाख २७ गतेदेखि राष्ट्रपतिको औपचारिक भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयले तयारी गरेको थियो। तर, मन्त्रिपरिषद् बैठकले अनुमोदन नगरेको...