6 Baishak, 2071 |
Menu

राजनीति

असन्तुष्टको एजेन्डा– 'निर्वाचन सार्नुपर्छ'

(0 votes)
काठमाडौं– सरकार गठन प्रक्रियाप्रति असन्तुष्ट नेकपा–माओवादीसहित २५ दलको मोर्चाले वार्तामा दोस्रो संविधानसभा निर्वाचन सार्नुपर्ने विषयलाई प्रमुखतासाथ उठाउने भएको छ।
अन्तरिम चुनावी सरकार र चारदलीय उच्च राजनीतिक समितिको पत्रलाई सकारात्मक रूपमा लिँदै वार्तामा बस्न तयार मोर्चाको सोमबार बसेको बैठकले चुनाव सार्नेलगायत पुराना एजेन्डा दोहोर्‍याएको हो। ११ बुँदे राजनीतिक सहमति, २५ बुँदे बाधाअडकाउ फुकाऊ र खिलराज रेग्मी सरकारको राजीनामा प्रमुख मुद्दा भएको माओवादी नेता देव गुरुङले बताए।
'११ बुँदे राजनीतिक सहमति र २५ बुँदे बाधाअड्काउ फुकाऊ खारेज हुनुपर्छ। त्यससँगै प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले राजीनामा दिनुपर्छ,' बैठकपछि गुरुङले पत्रकारहरूसँग भने, 'सरकार दलीय नेतृत्वमा हुनुपर्छ भन्ने हो।'
यी सबै प्रक्रिया पूरा गर्दा मंसिर ४ मा चुनाव सम्भव नहुने भएकाले मिति सार्नुपर्ने उनले बताए। चार दलको उच्चस्तरीय राजनीतिक समिति र असन्तुष्ट दलहरूबीच मंगलबार प्रारम्भिक वार्ता हुँदैछ। नेकपा–माओवादीले उठाउँदै आएको सर्वपक्षीय राजनीतिक सम्मेलनबाट दलीय नेतृत्वको सरकार गठन गर्नुपर्ने मागलाई पनि मोर्चाले अघि सारेको छ।
समितिसँग मंगलबार १ बजे वार्तामा बस्नुअघि भाषा मिलाएर एजेन्डालाई अन्तिम रूप दिने मोर्चाले जनाएको छ। बैठकमा सबै दलले आ–आफ्नो पार्टीका धारणालाई एजेन्डामा समावेश गर्न सुझाव दिएका थिए। 'भोलि बिहान कार्यदल बसेर ऐजेन्डा तय गर्नेछ। यसका लागि सबैले राय दिएका छन्,' नेकपा एकीकृतका नेता रामसिंह श्रीसले भने, 'मंगलबार वार्तामा जान्छौं।'
चार दल भने मंसिर ४ को चुनावबाट पछि नहट्ने अडानमा छन्। संविधानसभा चुनाव मंसिर ४ मै हुनुपर्ने र प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले नै चुनाव गराउने अडान राख्दै आएका चार दलले मोर्चासँग अन्तिमपटक वार्ता प्रयास गर्ने निर्णय यसअघि गरेको थियो।
मोर्चामा नेकपा–माओवादी, मातृका यादव नेतृत्र्वको माओवादी, परि थापा नेतृत्र्वको नेकपा (एकीकृत), मणि थापा नेतृत्र्वको कम्युनिस्ट क्रान्तिकारीबाहेक अन्य दलको नाम सुनिएको छैन। ३३ दलीय मोर्चा भनिए पनि अझै दल र नेतृत्र्वको नाम मोर्चाले सार्वजनिक गर्न सकेको छैन।

'रणनीतिक मोर्चा' बनाउन एमाओवादी, मधेसवादी र समाजवादीको छलफल

काठमाडौं- एनेकपा माओवादी, मधेसवादी दल र संघीय समाजवादीबीच 'रणनीतिक मोर्चा' बनाउनेबारे छलफल भएको छ।'

एमाले केन्द्रीय कमिटी बैठक ५ दिन स्थगित

काठमाडौं– महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन तयार नहुँदा एमालेको नवौं महाधिवेशन कार्यतालिका प्रभावित हुने देखिएको छ।

बहुराष्ट्रिय कर्मचारीले देश बिगारेःमन्त्री पण्डित

भैरहवा—सामान्य प्रशासनमन्त्री लालबाबु पाण्डीतले नेपाली जनताको करबाट तलब खाएर बिदेशका सपना देख्ने र विदेश पलायन हुन खोज्ने बहुराष्ट्रिय कर्मचारीका कारण देश पछाडी परेको बताएका छन्।

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं– नवौं महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवदेनमाथि छलफल गर्न एमाले केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय बल्खुमा सुरु भएको छ। बैठकमा अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रतिवेदन पेश गर्दैछन्।

सत्यनिरुपण विधेयक संसदमा

काठमाडौं-सरकारले द्वन्द्वकालका घटना अनुसन्धान गरी सत्यनिरुपण गर्न एवं बेपत्ता व्यक्तिबारे छानबिन गर्न दुई छुट्टाछुट्टै आयोग गठनसम्बन्धी विधेयक शुक्रबार संसदमा पेस गरेको  छ।

राजदूतका तलब थरीथरी

काठमाडौं- राजदूतहरूको पद, जिम्मेवारी र नियुक्ति प्रक्रिया एउटै भए पनि उनीहरूले पाउने तलबसुविधामा साढे १० हजार रुपैयाँसम्मको भिन्नता पाइएको छ।

न्यायाधीश सिफारिस साताभित्रै

काठमाडौं-न्याय परिषदले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशका लागि एक साताभित्र सिफारिस गर्न तयारी थालेको छ। परिषद् सदस्य तथा प्रवक्ता खेमनारायण ढुंगानाका अनुसार परिषदको बिहीबार बसेको बैठकले सातादिनभित्र न्यायाधीश सिफारिस गर्ने निर्णय...

संसद चलाउन एमाओवादी सहमत

काठमाडौं-प्रमुख तीन दलबीच दुई दिनदेखि अवरुद्ध व्यवस्थापिका संसद बैठक शुक्रबारबाट खुलाउने सहमति भएको छ।चितवन जिल्ला अदालतले कृष्णप्रसाद अधिकारी हत्या आरोपमा पक्राउ परेका दुई कार्यकर्तालाई बिहीबार धरौटीमा रिहा गरेपछि एकीकृत माओवादी...