Monday 18 Falgun, 2071 |
Menu

राजनीति

HUB

वैद्य माओवादी बारे भारतीय प्रधानमन्त्री मनमोहन सिंहको चासो

(0 votes)

काठमाडौं— भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग नयाँ दिल्लीमा भेट गरेका छन्। भेटका अवसरमा कोइराला र प्रधानमन्त्री सिंहबीच नेपालको चुनावलाई लिएर छलफल भएको छ।

चुनावकै प्रसंगमा उनले संविधान सभा चुनावलाई जुनसुकै हालतमा असफल पार्ने बताउँदै आएको वैद्य नेतृत्वको माओवादी बारे प्रश्न गरेका थिए। 'मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी निर्वाचन आउने अवस्था छ कि छैन ?'  सिंहको जिज्ञासा राखेका थिए। प्रतिउत्तरमा कोइरालाले असन्तुष्ट पक्षलाई समेटेरै चुनावमा जान प्रयास भइरहेको बताएका थिए।

लोकतान्त्रिक शक्तिहरुको एकतामा जोड दिँदै भारतीय प्रधानमन्त्री सिंहले लोकतान्त्रिक व्यवस्था संस्थागत भएपछि मात्र राजनीतिक स्थायित्व हुने र त्यसपछि आर्थिक सम्वृद्धिकोको दिशामा मुलुक अघि बढ्ने बताएको नयाँ दिल्लीबाट पत्रकार ऋषि धमलाले जनाएका छन्।

कोइरालासँगको भेटमा प्रधानमन्त्री सिंहले निर्वाचन मंसिर ४ गर्न के कस्ता कठिनाइ छन् भन्ने बारे बुझेका थिए। 'चुनावका लागि भारत सरकार नेपाललाई जुनसुकै किसिमको सहयोग गर्न तयार छ', सिंहको भनाइ उदृत गर्दै बैठकमा सहभागी नेपाली नेताले भने। यद्यपि उनले नेपालमा निर्वाचन गर्ने नेपालका राजनीतिक दलहरुकै सहमतिमा हुनुपर्ने र भारतको त्यसमा सहयोग र सद्भाव मात्र रहने बताए।

भेटमा सभापति कोइराला, महामन्त्री द्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र भारतकालागि कार्यबाहक नेपाली राजदुत खगनाथ अधिकारी सहभागी थिए। भारतको तर्फबाट प्रधानमन्त्री सिंह, विदेश सचिव सुजाता सिंह र नेपालका लागि भारतीय राजदुत जयन्त प्रसाद सहभागी थिए।

आजै सभापति कोइराला नेतृत्वको टोलीले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहका सुरक्षा सल्लाहकार शिवसंकर मेननसँग भेट गरेका छन्। मेननले नेपालमा स्थायित्व र समृद्धि नहुँदा भारतमाथिको सुरक्षा खतरा कायमै रहने भन्दै त्यसतर्फ गम्भीर ध्यानआर्कषित गराएका थिए।

कोइरालाले भारतको सुरक्षा चासोलाई नेपालले गम्भीरतापूर्वक लिएको र आफूहरु नेपालको भूमि भएर हुने छिमेकीविरुद्धको गतिविधि हुन नदिनेतर्फ सचेत रहेको बताएका थिए।

मैनाली र सुब्बा केन्द्रीय सदस्य

काठमाडौं– नेकपा एमालेले राधाकृष्ण मैनाली र विजय सुब्बालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। स्थायी कमिटीको बैठकले आइतबार मैनाली र सुब्बालाई केन्द्रीय कमिटीमा मनोनयन गरेको हो। नेकपा मालेको संस्थापक नेतामध्येका मैनाली...

संविधान सभा असफल हुन दिन्नौ : देउवा

नेपालगन्ज-नेपाली काग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान सभालाई असफल हुन नदिने बताएका छन्। सहमति नभएपनि प्रक्रियाको माध्यमबाट संविधान सभाले संविधान बनाएरै छाड्ने उनको भनाई छ।

मुम्बईमा भट्टराईले भने: युद्धको पक्षमा छैनौ

मुम्बईमा भट्टराईले भने: युद्धको पक्षमा छैनौ

काठमाडौं-एकीकृत नेकपा (माओवादी)का बरिष्ठ नेता बाबुराम भट्टराईले आफूहरु युद्धको पक्षमा नभए पनि जनताको हक–अधिकार खोसिएको टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन्। भारतको मुम्बईमा अखिल भारत नेपाली एकता मञ्चको एकताको सातौं...

वार्तामा बस्न तयार छौं : दाहाल

वार्तामा बस्न तयार छौं : दाहाल

काठमाडौं–एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले शनिबार राजधानीमा ३० दलीय मोर्चाले निकालेको र्यामलीका क्रममा झडपमा परी घाइते भएका नेता तथा कार्यकर्तासँग आज अस्पताल पुगी भेट गरेका छन्।

भट्टराईले भारतीय राष्ट्रपति मुखर्जीलाई भेट्ने

भट्टराईले भारतीय राष्ट्रपति मुखर्जीलाई भेट्ने

काठमाडौं—एमाओवादी वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ६ दिने भारत बसाईको क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई भेट्ने भएका छन्। एमाओवादी अन्तरार्ष्ट्रिय विभाग सदस्य युवराज चौलागाईंका अनुसार उनले भारतीय सुरक्षा...

समयमै काम नसक्नेलाई कारबाही

मकवानपुर-डिभिजन सडक कार्यालय, हेटौंडाले विभिन्न सडक तथा पुल निर्माण योजनामा सम्झौताअनुसार काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही थालेको छ। १ सय २५ वटा निर्माण कम्पनीमध्ये केहीलाई पेस्की रकम फिर्ता गर्न लगाइएको...

‘सहमति बने मात्रै संवाद समितिमा'

काठमाडौं– सत्तारूढ दलहरूले संविधानका अन्तर्वस्तुमा सहमति बने मात्रै संविधान निर्माण प्रक्रिया संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा फर्किने बताएका छन्।

विपक्षी मोर्चाको शक्ति प्रदर्शन: जोरजबर्जस्ती गरिए हिंसात्मक विद्रोहको चेतावनी

विपक्षी मोर्चाको शक्ति प्रदर्शन: जोरजबर्जस्ती गरिए हिंसात्मक विद्रोहको चेतावनी

काठमाडौं-एकीकृत नेकपा माओवादी नेतृत्वको विपक्षी गठबन्धनले राजधानीमा शनिबार र्यारली र सभा गरी सहमतिमार्फत नयाँ संविधान जारी गर्न दबाब दिएको छ। संविधानका अन्तर्वस्तुमा सहमति नजुटेपछि संविधानसभामा दुई तिहाइ उपस्थिति रहेका सत्तारुढ...