Monday 21 Ashad, 2072 |
Menu

राजनीति

ist-cc

पूर्व राजाको राहत वितरण बारे बाबुराम भट्टराईको टिप्पणी (पूर्ण पाठ)

(0 votes)

काठमाडौं— एमाओवादी नेता बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्रको राहत वितरण र उनका गतिविधि बारे फेसबुकमार्फत् टिप्पणी सार्वजनिक गरेका छन्। भट्टराईले पूर्व राजाका पछिल्ला गतिविधिलाई 'प्रतिक्रान्तिकारी उद्देश्य सहितको हर्कत' भन्दै ज्ञानेन्द्रले अन्तरिम संविधानका अन्तरवस्तु बारे सार्वजनिक प्रतिबद्धता समेत नजनाएको उल्लेख गरेका छन्।

'पूर्व राजा ज्ञानेन्द्रका प्रतिक्रान्तिकारी उद्देश्य र हर्कतहरुबारे एउटा सचेत र जिम्मेवार नागरिकको हैसियतले बेलैमा खतराको घण्टी बजाउनु मैले आफ्नो कर्तव्य ठानेको हुँ', भट्टराईले भनेका छन्- ज्ञानेन्द्रका समग्र देखिने र नदेखिने प्रतिगमनकारी कामका सन्दर्भमा भनिएका कुरालाई बिर्सिएर एउटा राहत वितरणको प्रसंग मात्र जोड़ेर प्रचार भैदिंदा आम जनमानसमा केही भ्रम उत्पन्न हुनुलाई म अन्यथा मान्दिनँ। बरु म त्यसको कदर नै गर्छु।'

 

अविचलित राजभक्तिको म कदरै गर्छु : भट्टराई (यस्तो छ पूर्ण पाठ)

संस्क्रितमा एउटा चर्चित श्लोक छ:'सत्यम् ब्रुयात् प्रियम् ब्रुयात्, नब्रुयात् सत्यमप्रियम्'। अर्थात् सत्य बोल, प्रिय बोल तर अप्रिय सत्य नबोल। मेरा विचारमा आफ्नो कुनै निजी स्वार्थ नभएको र देश र जनताप्रति प्रतिवध्द व्यक्तिले आवश्यक पर्दा 'अप्रिय सत्य' बोल्न सक्नुपर्दछ। देशको राजनीतिको अन्तर्यमा केही समयदेखि पुत्पुताउँदै गैरहेका कर्महरु र मुख्यत: पूर्व राजा ज्ञानेन्द्रका प्रतिक्रान्तिकारी उद्देश्य र हर्कतहरुबारे एउटा सचेत र जिम्मेवार नागरिकको हैसियतले बेलैमा खतराको घण्टी बजाउनु मैले आफ्नो कर्तव्य ठानेको हुँ ज्ञानेन्द्रका समग्र देखिने र नदेखिने प्रतिगमनकारी कामका सन्दर्भमा भनिएका कुरालाई बिर्सिएर एउटा राहत वितरणको प्रसंग मात्र जोड़ेर प्रचार भैदिंदा आम जनमानसमा केही भ्रम उत्पन्न हुनुलाई म अन्यथा मान्दिनँ। बरु म त्यसको कदर नै गर्छु।


तर ज्ञानेन्द्रलाई अलिकति चिमोट्दा कोकसलाई कति डिग्रीको ज्वरो आउँदो रहेछ र कहाँ कहाँ दुख्दोरहेछ भन्ने ज्ञान चाहिं निकै लाभदायी र रोचक भएको छ। पूर्व राजतन्त्रवादीहरूको अविचलित राजभक्तिको म कदरै गर्छु, भलै म उनीहरूसंग सहमत हुन सक्दिनँ। रगत नचुहाइकन मासु काटेर खान खोज्ने मध्मवर्गीय आदर्शवादीहरुको वर्गनिरपेक्ष शिष्टता र भद्रताको आग्रहलाई पनि म अन्यथा मान्दिनँ। तर आफुलाई गणतन्त्रवादी भएको दावी गर्ने कतिपय व्यक्ति र शक्तिलाई १०४ डिग्रीकै ज्वरो आएको देख्दा चाहीं म निकै दु:खित र चिन्तित भएकोछु। झन् एउटा वामपन्थी पार्टीको साप्ताहिक मुखपत्रले त सम्पादकीय नै लेखेर ज्ञानेन्द्रको खातिरदारी गरेको देख्दा मार्क्सवादको कतिसम्म भ्रष्टीकरण हुन सक्दोरहेछ भनेर लज्जित बनाएकोछ।


ज्ञानेन्द्र व्यक्तिसंग हाम्रो कुनै दुश्मनी छैन। एउटा स्वतन्त्र नागरिकको रुपमा उनको पुजापाठ गर्ने र दानदातव्य गर्ने अधिकारको पनि हामी कदरै गर्छौं। बरु अरबौंको सम्पत्ति हुनेले लाखमा होइन करोडमा दान गर्न सकेको भए बढ़ी राम्रो हुन्थ्यो। तर यहाँ चिन्ताको विषय के हो भने ज्ञानेन्द्रले आजसम्म नेपाली जनताले आफ्ना महान् वलिदानी संघर्षहरुबाट प्राप्त गरेका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी-समानुपातिक लोकतन्त्र जस्ता ऐतिहासिक उपलब्धी र अन्तरिम संविधानका मूल अन्तर्वस्तुबारे आजसम्म कुनै सार्वजनिक प्रतिबध्दता जनाएका छैनन्। बरु उनले उल्टै ती परिवर्तनकारी एजेण्डाबारे असहमति जनाउने गरेकाछन्। उनको आशीर्वाद प्राप्त कमल थापाको पार्टीलै खुलै रुपमा राजतन्त्रको पुनर्स्थापना सहमति वा चुनाव मार्फत नभए 'विद्रोह' मार्फत गर्ने बताइरहेकोछ।


यो स्थितिमा विभिन्न वहानामा ज्ञानेन्द्रको देशदौडाहा केको निम्ति होला भनेर बुझ्न कुनै आइतवार पर्खिरहनुपर्ला र? उनका नजिकका दूतहरुले पटकपटक विदेशी शक्तिकेन्द्र धाएर केके सौदावाजी गर्न खोजेका होलान् भन्ने जानकारी आजको अतिविकसित संचारप्रविधिको दुनियाँमा पाउनै नसकिने होला र? विभिन्न वहानामा आगामी मंसिर ४ को सं. स. निर्वाचन भाँड्ने र त्यसपछिको संवैधानिक संकटको स्थितिमा २०४७ को संविधान ब्युँताएर प्रतिगमनको एजेण्डा पूरा गर्ने षड्यन्त्र भएकैछैन वा हुनै सक्दैन भन्ने ग्यरेण्टी के ? अनि आजसम्मको विश्व इतिहासमा जनताको आन्दोलनबाट पदच्यूत भएका राजालाई यसरी देशभित्र छाडा छोडेर राखेको उदाहरण नेपाल बाहेक अन्यत्र कहाँ छ ?

त्यसैले आवेगात्मक हैन विवेकसंगत ढंगले सबैले सोचौं । भोलि कसैले बेलैमा सचेत गराएन भन्ने स्थिति नआओस् ।

विदेशीले पनि एमालेको सरकार चाहेको छ : ओली

विराटनगर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सरकारको नेतृत्व एमालेले गर्नुपर्नेमा बिदेशीलेसमेत इच्छा राखेको बताएका छन्। उनले सिंहदरवारमा प्रधानमन्त्रीको अर्को एउटा फोटो झुण्ड्याउन एमाले सरकारमा जान नचाहेको समेत बताए।

काठमाडाैंलाई नाकाबन्दीसहित दानापानी बन्द गर्ने महतोको धम्की

काठमाडौं–सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानको अन्तिम मस्यौदामा मधेसको माग नसमेटिए दानापानी रोक्ने गरी काठमाडौलाई नाकाबन्दी आन्दोलन गर्ने चेतावनी दिएका छन।

संविधानसभालाई रबर स्ट्याम्प बनाएको भन्दै खेद व्यक्त

काठमाडौं–केही समिति राजनीतिक दलले संविधानसभालाई रबर स्ट्याम्पको रुपमा प्रयोग गरेको भन्दै राप्रपा नेपालले खेद व्यक्त गरेको छ। असार १८ बाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकले संविधानका अर्न्तवस्तुमा प्रयाप्त छलफल गर्न...

काँग्रेस संसदीय दलको बैठकमा 'बहुलवाद'को पक्षमा उभिन सुझाव

काठमाडैं-नेपाली काँग्रेस संसदीय दल र केन्द्रीय कार्यसमितिको आइतबार बसेको संयुक्त बैठकमा बोल्ने अधिकांश सदस्यहरुले लोकतन्त्रको मूल्य मान्यतालाई संस्थागत गर्न बहुलवादको पक्षमा पार्टी स्पष्ट ढङ्गले उभिनुपर्ने सुझाव दिएका छन्।

आठ प्रदेशको खाका अनुचितः पौडेल

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेले आठ प्रदेशको संघीयताको खाका आफूलाई उचित नलागेको बताएका छन्। मस्यौदामामाथिको छलफलमा आइतबार भाग लिँदै उपसभापति पौडेलले नेपालको अवस्थाका लागि ६ प्रदेश उचित हुने जिकिर...

साउनको दोस्रो सातासम्ममा संविधान जारी हुन्छ: अध्यक्ष ओली

विराटनगर-नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले साउनको दोस्रो सातासम्ममा संविधान जारी हुने विश्वास व्यक्त गरेका छन्।विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले संविधानको प्रारम्भिक मस्यौदा संविधानसभाबाट पास भएपछि जनताको...

असन्तुष्ट मधेसी दलद्वारा संविधानसभा बहिष्कार

काठमाडौं–प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिको विरोधमा रहेका चार मधेस केन्द्रितले दलले आइतबार बसेको संविधानसभाको बैठक बहिष्कार गरेका छन्।

यस्तो छ गृहमन्त्री–आइजिपी सम्बन्ध

काठमाडौं-डेढ वर्षअघि गृहमन्त्रीमा एमाले उपाध्यक्ष वामदेव गौतमको नाम आउँदा प्रहरी अधिकारीहरू सशंकित भएका थिए। दुईचोटि गृह मन्त्रालय सम्हालिसकेका गौतमको हस्पक्षेपकारी कार्यशैली र संगठन प्रमुखसँगको तितो सम्बन्धसँग उनीहरू जानकार थिए।