Sunday 15 Chaitra, 2071 |
Menu

राजनीति

HUB

शनिबारदेखि कांग्रेसको प्रशिक्षण

(0 votes)
काठमाडौं– नेपाली कांग्रेसले संविधान सभा निर्वाचनलाई केन्द्रीत गरेर शनिबारदेखि राजधानीमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको प्रशिक्षण प्रतिष्ठान विभागको अयोजना शनिबार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने कांग्रेसले जनाएको छ।
२४० निर्वाचन क्षेत्रमा पार्टीको नीति तथा कार्यक्रमका बारेमा जनतालाई सुसूचित गर्नेका लागि प्रशिक्षण कार्यक्रम राखेको उसले जनाएको छ। १४ गतेसम्म चल्ने प्रशिक्षणमा समसामयिक राजनीतिक सबालमा पार्टीको दृष्टिकोण, अन्य दलबीचको सैद्धान्तिक र व्यवहारिक भिन्नताका साथै निर्वाचन तयारी र नयाँ संविधानको विषयवस्तु प्रशिक्षण दिनेछ।
७५ जिल्लाका झण्डै तीन सय नेता तथा कार्यकर्ता सहभागी हुने उसले जनाएको छ। प्रशिक्षण लिगेका नेता तथा कार्यकर्ताले पार्टीले तोकिएको जिल्ला एवं क्षेत्रमा प्रशिक्षण संचालन गर्ने उसले जनाएको छ।

प्रधानमन्त्री कोइराला र नेता ओली भेटवार्ता सहमतिलाई अगाडि बढाउने निर्णय

भक्तपुर- वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच आज भएको भेटवार्तामा सहमतिलाई नै अगाडि बढाउने निर्णय भएको छ ।  

शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप नगर्न सरकारलाई ठाकुरको चेतावनी

राजविराज- तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन्। उनले शान्तिपूर्ण आन्दोलनमा राज्यले हस्तक्षेप गर्न खोजेको आरोप लगाए। उनले हस्तक्षेप गरे त्यसको परिणाम राम्रो नहुने...

तप्लेज नेपालका लागि नयाँ राजदूतमा प्रस्ताव

तप्लेज नेपालका लागि नयाँ राजदूतमा प्रस्ताव

काठमाडौं-अमेरिकी राष्ट्रपति बाराक ओबामाले अलाइना बि तप्लेजलाई नेपालका लागि नयाँ राजदूतमा  प्रस्ताव गरेका छन्। अनुमादनपछि उनले नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लू बोडेलाई विस्थापित गर्नेछिन्।

केसीको मागप्रति नेता भट्टराई र श्रेष्ठको ऐक्यबद्धता

केसीको मागप्रति नेता भट्टराई र श्रेष्ठको ऐक्यबद्धता

काठमाडौं-एमाओवादीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सात दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग भेटघाट गरेका छन्।

राष्ट्रपतिको चीन भ्रमण: नान्सान पार्कमा नेपालमण्डप

राष्ट्रपतिको चीन भ्रमण: नान्सान पार्कमा नेपालमण्डप

हङकङ-राष्ट्रपति रामवरण यादवलाई चीन भ्रमणमा एउटा सुखद संयोग मिलेको छ– साढे चार वर्षअघि सांघाईमा अवलोकन गरेको नेपालमण्डपसँग सान्यामा उनको पुनर्मिलन भएको छ।बिहिबार राती सान्या शहरमा बास बसेका राष्ट्रपति यादवले शुक्रबार...

खनाल प्रगतिशिल मञ्चसहित एमाले फर्किने

काठमाडौं-एमाले छोडेर ६ वर्षअघि एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका पूर्व सभासद तथा अर्थशास्त्री डिल्लीराज खनाल पुन एमालेमै फकर्न भएका छन्। खनाल आफूले नेतृत्व गरेको राष्ट्रिय प्रगतिशील एकता मञ्चलाई एमालेमा विलय...

सर्वोच्चले माग्यो बारसँग भ्रष्टाचारको प्रमाण

काठमाडौं-सर्वोच्च अदालतले नेपाल बार एशोसियसनको चितवन राष्ट्रिय सम्मेलनमा पारित 'न्यायालयमा भ्रष्टाचार रहेको' घोषणापत्रको प्रस्तावप्रति ध्यानकर्षण भएको भन्दै ठोस प्रमाण उपलव्ध गराउन वारलाई पत्र पठाएको छ।

भिआइपी सवारीमा नागरिकलाई असुविधा नपार्न निर्देशन

काठमाडौँ-सरकारले राजधानीको ट्राफिक समस्यालाई ध्यानमा राखेर विशिष्ट व्यक्तिको भ्रमणका क्रममा नागरिकको सुविधामा असर नपर्ने गरी ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिएको छ। मन्त्रिपरिषद्को आजको बैठकले विशिष्ट व्यक्तिको भ्रमणका क्रममा नागरिकलाई असर...