Tuesday 4 Kartik, 2071 |
Menu

राजनीति

कोइरालाले भारतको पहिलो औपचारिक भ्रमण गर्ने

(0 votes)

काठमाडौं – नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले साउनको तेस्रो साता भारतको औपचारिक भ्रमण गर्ने भएका छन्। २०६७ असोजमा पार्टी सभापति निर्वाचित भएयता कोइरालाले औपचारिक रुपमा भारत भ्रमण गर्न लागेको यो पहिलो पटक हो।

यसअघि २०६८ असार अमेरिकामा उपचार गराएर स्वेदश फर्किने क्रममा कोइरालाले दिल्लीमा भारतीय नेताहरुसँग अनौपचारिक छलफल गरे पनि औपचारिक भ्रमण गरेका थिएनन्।

संविधानसभा निर्वाचन बारे ढुक्क हुने परिस्थिति नबनिरहेको बेला भारतले प्रमुख राजनीतिक दलका शीर्ष नेता पालैपालो भ्रमणको निमन्त्रणा दिइरहेको छ। कोइरालाले भारत सरकारको निमन्त्रणामा साउन २० गतेदेखि भारतको भ्रमण गर्नेछन्।

भ्रमणका क्रममा कोइरालाले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री मनमोहन सिंह, भारतीय राष्ट्रिय कांग्रेस अध्यक्ष सोनियाँ गान्धी, विपक्षी दलका नेताका साथै राजनीतिक दलका उच्च नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। 'भारतका शीर्ष नेतासँग भेट्ने कार्यक्रम तय भएको छ,' कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकालले भने। यसअघि वरिष्ठ नेता शेरबहादुर देउवाले जेठ अन्तिमसाता भारत भ्रमण गरेका थिए।

पछिल्लो पटक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा तथा एमाले नेता माधवकुमार नेपालले भारतको भ्रमण गरेका छन्।

प्रधानमन्त्रीलाई थारु कल्याणकारिणी सभाको ज्ञापन पत्र

काठमाडौं- थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनले पारित गरेको २१ बुँदे घोषणा पत्र ज्ञापन पत्रको रुपमा प्रधानमन्त्री सुशील कोइरालालाई बुझाइएको छ। सभाका नवनिर्वाचित अध्यक्ष धनिराम चौधरीको नेतृत्वमा आज प्रधानमन्त्री निवास बालुवाटारमा...

राष्ट्र बैंकका पियनविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका वरिष्ठ पियन धारी महतोविरुद्ध विशेष अदालतमा भ्रस्ट्राचार मुद्दा दायर गरेको छ। उनको बिहार इन्टरमिडियट एजुकेशन काउन्सिल, पटना भारतबाट इन्टरमिडियट परीक्षा उत्तिर्ण सर्टिफिकेट नक्कली...

आवासीय बैठकका लागि तीन दलका शीर्ष नेता गोकर्ण रिसोर्टमा

काठमाडौं— संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन मुख्य तीन दलका शीर्ष नेताहरु गोकर्ण रिसोर्ट पुगेका छन्। दुई दिने आवासीय बैठक गर्ने संवैधानिक राजनीतिक तथा सम्वाद समितिको योजनाअनुसार उनीहरु आज बिहानै रिसोर्ट पुगेका...

प्रक्रियामा गए संघर्ष : दाहाल

प्रक्रियामा गए संघर्ष : दाहाल

रौतहट-एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाललेे सत्तारूढ दल सहमतिमा नगरी प्रक्रियामार्फत संविधान निर्माणमा गए मधेसवादी दलसँग मिलेर सशक्त संघर्षे गर्ने चेतावनी दिएका छन्।

‘खाद्यअधिकार मौलिक हक'

काठमाडौं-नयाँ संविधानमा जनताको खाद्यअधिकारलाई मौलिक हकका रूपमा राख्न कानुनविदले सरकार र राजनीतिक दललाई सुझाव दिएका छन्।

‘दाहाल नआए दुईतिहाइले संविधान'

‘दाहाल नआए दुईतिहाइले संविधान'

काठमाडौं-संविधानसभामा दोस्रो ठूलो दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एकीकृत माओवादी सहमतिमा नआए प्रक्रियामा गएर नयाँ संविधान जारी गर्ने बताएका छन्।

अबका तीन दिन दलहरुका अग्निपरीक्षा: नेपाल

अबका तीन दिन दलहरुका अग्निपरीक्षा: नेपाल

बीरगन्ज- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अबका तीन दिन दलहरुका लागि अन्निपरीक्षा हुने बताएका छन्। संविधानका विवादित विषयमा तीन दिनभित्र दलहरुबीच सहमति जुटाएर तोकिएको समय माघ ८ मा संविधान...

मानवअधिकार आयोगका पदाधिकारीको सपथ

मानवअधिकार आयोगका पदाधिकारीको सपथ

काठमाडौं – राष्ट्रपति रामवरण यादवले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा अनुपराज शर्मालाई नियुक्त गरेका छन्। अन्तरिम संविधान २०६३ को धारा १३१ को उपधारा ३ बमोजिम राष्ट्रपतिले आयोगका पदाधिकारीहरू नियुक्त गरेका हुन्।