Friday 13 Chaitra, 2071 |
Menu

राजनीति

HUB

पूर्व राजपरिवारले प्रशासन रोहोवरमा राहत वितरण गर्ने

  • शुक्रबार ११ श्रावण, २०७०
  • दिलबहादुर छत्याल
  • DISQUS_COMMENTS
(0 votes)
धनगढी - पूर्व राजा ज्ञानेन्द्र शाह तथा हिमानी कोषले बाढीपीडितलाई जिल्ला प्रशासनको रोहबरमा राहात वितरण गर्ने भएका छन्। प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले राहत आफैँ वितरण नगर्न निर्देशन दिएपछि उनीहरुले जिल्ला प्रशासनको रोहोवरमा राहात वितरण गर्ने भएका हुन्। राहात वितरणका लागि पूर्व राजा धनगढीबाट टीकापुर गइसकेका छन् भने जिल्ला प्रशासनबाट प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे गएका छन्।
'पूर्वराजालाई आफैँ राहात वितरण नगर्नुहोस, हामीलाई राहत सामाग्री दिनुहोस। भर्पाइ बनाइदिन्छौं भनेका छौं,' प्रमुख जिल्ला अधिकारी लेखकले भने, ' राहत वितरण गर्ने बेला उनीहरुको कुनै एक जना उपस्थित हुन दिने भनिएको छ।'
पूर्वराजाका सचिवसँग कुरा भएको र उनीले आफैँ राहत वितरण नगर्ने, जिल्ला प्रशासनका प्रतिनिधी मार्फत राहत वितरण गर्नेमा सहमति जनाएको प्रजिअ लेखकले बताए।
प्रमुख जिल्ला अधिकारी लेखकका अनुसार जिल्ला प्रशासनका घिमिरेले राहत वितरण गर्ने छन् भने पूर्व राजपरिवारका एक जना सहभागी हुने छन्।
पूर्वराजाका सचिव फणेन्द्र पाठकले जिल्ला प्रशासनसँग समन्वय गरेर बाढीपीडितलाई राहत वितरण गरिने बताए।
'राहात वितरणका लागी पूर्व राजा टीकापुर सवारी भएको छ। जिल्ला प्रशासनसँग समन्वय गरेर राहत वितरण गरिन्छ,' उनले भने।
यसअघि बुधवार दार्चुलामा पूर्वराजाको सहभागितामा हिमानी शाहले आफैँ राहत वितरण गरेकी थिइन्।
निर्वाचन आचारसंहिता लागु भइसकेकाले जिल्ला प्रशासन मार्फत मात्र राहात वितरण गर्न निर्देशन आएपछि आज जिल्ला प्रशासनको रहोवरमा राहत वितरण गर्न थालिएको हो।
यस अघि पत्रकार सम्मेलन गरि हिमानी कोषका पदाधिकारीले आचारसंहिता विपरित नहुने भन्दै आफैँ राहत वितरण गर्ने जनाएका थिए।

अनुमानयोग्य सरुवा पद्धतिको विकास हुन्छ: मन्त्री पण्डित

बर्दिया-सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राजनीतिक दबाब र प्रभावमा कर्मचारीको सरुवा गर्ने प्रवृत्ति निरुत्साहन गर्दै अनुमानयोग्य सरुवा पद्धतिको विकास गरिने बताएका छन्।

जिशिअसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

नेपालगन्ज-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेका तत्कालिन जिल्ला शिक्षा अधिकारी भक्तबहादुर ढकालसहित तीन कर्मचारी र ६ जना शिक्षकविरुद्ध विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर गरेको छ।

‘अनलाइन भिसामा मात्र जान लागेका हौं'

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले अध्यागमन र भिसा प्रक्रिया निजी क्षेत्रलाई जिम्मा दिने तयारी नभएको बताएका छन्। अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) ले अध्यागनबारे पटकपटक प्रश्न उठाएकाले भिसा सिस्टम...

मुद्दा सत्यनिरूपणलाई दिन सकिन्न : मानअधिकार आयोग

काठमाडौं-राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगमा रहेका मुद्दा सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगलाई सुम्पन नसकिने बताएका छन्।

एमाले दबाबमा सम्बन्धन खोलेँ : प्रधानमन्त्री

एमाले दबाबमा सम्बन्धन खोलेँ : प्रधानमन्त्री

काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले सत्तासाझेदार नेकपा एमालेको दबाबमा आफूले मेडिकल कलेज सम्बन्धन खोल्नुपरेको जनाउँदै त्यसबारे एक्लै निर्णय गर्नै नसक्ने बताएका छन्।बालुवाटारमा बिहीबार आफूलाई भेट्न आएका मानवअधिकारकर्मी तथा चिकित्सकले डा. गोविन्द केसीका...

विमानस्थल अध्यागमन प्रकरण: भारतीयसँग ‘अन्तिम डिल' को तयारी

विमानस्थल अध्यागमन प्रकरण: भारतीयसँग ‘अन्तिम डिल' को तयारी

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सञ्चालन तथा व्यवस्थापन जिम्मा निजी क्षेत्रलाई दिँदा देशको सुरक्षामा असर पर्ने भन्दै विज्ञहरूले आपत्ति जनाए पनि सरकारले भने आफ्नो तयारीलाई थप तीव्रता दिएको छ।

प्रधानसेनापति राणा अमेरिका प्रस्थान

काठमाडौं – प्रधानसेनापति गौरव शम्शेर जबरा संयुक्त राष्ट्रसंघको मुख्यालयमा संचालन हुने शान्ति सैनिक पठाउने राष्ट्रका सैनिक प्रमुखको सम्मेलनमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। अमेरिकाको न्यूयोर्कमा राष्ट्रसंघको शान्ति मिसनमा सैनिक...

एमाओवादी रौतहट जिल्ला अध्यक्ष निलम्बित

रौतहट–एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष विन्देश्वर प्रसाद यादवलाई पार्टीको आचरण विपरित कार्य गरेर बदनाम गर्दै हिडेको आरोपमा निलम्बन गरेको छ।