4 Ashwin, 2071 |
Menu

राजनीति

पूर्व अर्थसचिव खनाल प्रत्यक्ष चुनाव लड्ने

  • मङ्गलबार ८ श्रावण, २०७०
  • टेकनारायण भट्टराई
  • DISQUS_COMMENTS
(0 votes)
पाल्पा- नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनाल सक्रिय राजनीतिमा उत्रने तयारीमा जुटेका छन्। गृह जिल्ला पाल्पाबाट आगामी संविधान सभा निर्वाचनमा प्रत्यक्ष उमेद्वारका रुपमा चुनाव लड्ने वातावरण बनाउन खनालले सक्रियता बढाएका छन्।

पाल्पामा पाँचदिन बसेर मंगलबार राजधानी फर्केका खनालले आफू 'चुनावी सर्वेक्षण’ भ्रमणमा जिल्ला आएको बताए। उपयुक्त वातावरण बनाएर राजनीतिमा सक्रिय हुने आफ्नो इच्छा रहेको खनालले स्पष्ट पारेका छन्। नागरिकन्युजसँगको कुराकानीमा खनालले उपयुक्त 'स्पेस’ मिल्यो भने पाल्पाबाटै प्रत्यक्ष चुनावमा उत्रने उनले खुलासा गरे। 'वास्तवमा यो भ्रमण चुनावी सर्वेक्षण भ्रमण नै हो,’ उनले भने, 'तर म अस्वस्थ प्रतिस्पर्धामा उत्रन भने चाहन्न।’ 


उनले कुन दलबाट चुनाव लड्ने भन्ने खुलाउन चाहेनन्। एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबाट आफूलाई प्रस्ताव आएको उनले खुलाए। 'कुन दल भन्ने अहिले नभनौं, अहिले अस्तित्वमै रहेका दलमध्ये कुनै एक हुन्छ,’ खनालले भने, 'कसैलाई गिराएर र छिर्के हानेर चुनाव लड्ने चाहना छैन। स्वस्थ प्रतिष्प्रधाको वातावरण बन्यो भने म चुनाव लड्छु।’ उनले जिल्लामा रहँदा आफ्ना विश्वासका समकक्षी, गुरूहरु र पारिवारिक तहमा यसबारे सुझाव संकलनसमेत गरेका बुझिएको छ।


कहिलेदेखि खुलेर राजनीतिमा लाग्नुहुन्छ? भन्ने प्रश्नरमा उनले छिट्टै निर्णय हुने बताए। 'केही दिनमै निर्णय हुनसक्छ, धेरै समय लाग्दैन,’ उनले भने। खनालले पाल्पामा वातावरण नमिले अन्यत्रबाट भए पनि प्रत्यक्षमै चुनाव लड्ने सम्भावना रहेको बताए। 'यहाँ अनुकूल भएन भने अन्यत्रबाट पनि हुनसक्छ,’ उनले भने। समानुपातिक तर्फबाट चयन हुने चाहना नभएको उनले स्पष्ट पारे। 'टीको लगाएर म काम गर्दिन, चुनावबाटै छानिएर काम गर्दा उच्च मनोबल हुन्छ।’ उनले यसअघि मनोनित भएर काम गर्दा पूर्ण अधिकार नपाएकोले चाहेजस्तो काम गर्न नसकेको गुनासो समेत गरे।


खनालले राष्ट्रको विकासका लागि आफूले राजनीतिमा उत्रने चाहना राखेको बताएका छन्। देशको आर्थिक समृद्धिका लागि पहिले राजनीतिमा प्रयाप्त सुधार आवश्यक रहेको उनले औंल्याए। 'कर्मचारी जीवनबाट मैले राष्ट्रका लागि सक्दो योगदान दिएँ,’ उनले भने, 'बाँकी बँचेको १०–१५ वर्षको सक्रिय जीवन पनि देश निर्माणका लागि खर्चने चाहना छ।’
उत्कृष्ट शिक्षा हासिल गरेका व्यक्तिहरु राजनीतिमा आकर्षित हुन नसक्नु देशको दुर्भाग्य भएको खनालको भनाइ छ। 'राम्रो ज्ञान, सीप हासिल गरेका व्यक्तिहरु व्यक्तिगत र पारिवारिक जीवन राम्रो बनाउनमा मात्रै सिमिति हुनुहुन्न,’ उनले नागरिकसँग भने, 'राष्ट्रिय जीवनमा योगदान पुर्यानउन दक्ष जनशक्ति नै चाहिन्छ, नेपालमा सामान्य व्यक्तिले मात्रै राजनीति गर्ने भन्ने धारणा छ, यो गलत हो।’ क्षमतावान पलायन हुँदा राजनीति सङ्लो हुन नसकेको उनले बताए। 


'उत्कृष्ट अंकसहित उच्च शिक्षा हासिल गरेका युवाले डाक्टर, इन्जिनियर बन्ने र विकसित मुलुकमा काम गर्न गएर व्यक्तिगत वा पारिवारिक समृद्धि त हासिल गर्लान् तर मुलुक समृद्ध नभइ व्यक्तिगत समृद्धिले कुनै माने राख्दैन।’ खनालले भने, 'त्यसले कुनै गर्व सिर्जना गर्दैन, मुलुकको समृद्धिका लागि त्यस्ता प्राविधिक दक्षतायुक्त युवा राजनीतिमा आउन आवश्यक छ,’ उनले अगाडी थपे, 'त्यहि प्रेरणाका लागि पनि बाँकी जीवनको एउटा हिस्सा राजनीतिमा सुम्पने निर्णयमा पुगेको हुँ।’


अन्तर्राष्ट्रिय तहमा सिर उठाएर कुरा गर्नसक्ने हैसियतमा नेपालीलाई पुर्या उन सकिने भन्दै त्यसका लागि पहिले राजनीतिक अस्थिरताको अन्त्य हुनुपर्नेमा उनले जोड दिए।

बिडब्लुजीको कार्यादेश तय

काठमाडौं– नेपाल–भारत सीमा कार्य समूह (बिडब्लुजी) को पहिलो बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। बैठकले बिडब्लुजीको कार्यादेश तोक्नुका साथै आगामी बैठकको मिति तय गरेको छ। बैठकले तीन वर्षका लागि कार्यक्रमसमेत बनाएको...

सार्क गृहमन्त्रीस्तरीय बैठक सम्पन्न

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को गृहमन्त्रीस्तरीय छैटौं बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। सार्क अध्यागमन अधिकारी र गृह सचिवस्तरीय बैठकपछि शुक्रबार गृहमन्त्री तहको बैठक भएको हो।

युएन महासभाका लागि प्रधानमन्त्री न्युयोर्क प्रस्थान

युएन महासभाका लागि प्रधानमन्त्री न्युयोर्क प्रस्थान

काठमाडौं– प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा भाग लिन २२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिउसो अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्।

राउत थप दुई दिन थुनामा

काठमाडौं– मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने अभियान चलाएको आरोपमा पक्राउ परेका सिके राउतलाई विशेष अदालतले थप दुई दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ।

म्याद थप गर्न राउतलाई विशेष अदालत लगियो

काठमाडौं-'मधेसलाई नेपालबाट अलग गर्ने' भन्दै अभियान चलाएको आरोपमा पक्राउ परेका सिके राउतलाई म्याद थपको लागि विशेष अदालत पेश गरिएको छ।

संविधान लेखनमा भित्रकै शक्तिको समस्या: विष्ट

गुल्मी-नेकपा एमालेका सचिव गोकर्ण बिष्टले संविधान लेखनमा संबिधानसभा भित्रै रहेका दलहरूले अप्ठ्यारोमा पारेको बताएका छन्। उनले संविधानसभामा रहेका दलहरूले नै माघ ८ मा संविधान लेख्ने काममा बाधा पुर्यापएको बताए।

प्रधानमन्त्री आज अपरान्ह ४:५० मा न्यूयोर्क प्रस्थान गर्दै

काठमाण्डौं-प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा संबोधन गर्न नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज अपरान्ह ४:५० मा न्यूयोर्कका लागि प्रस्थान गर्ने भएका छन्।

सिके राउतलाई सर्वोच्च लगियो

काठमाडौं-'मधेसलाई नेपालबाट अलग गर्ने' भन्दै अभियान चलाएको आरोपमा पक्राउ परेका सिके राउतलाई आज सर्वोच्च अदालतमा पेश गरिएको छ।